"दिपायल सिलगढी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६५:
}}
 
'''दिपायल सिलगढी नगरपालिका''' [[नेपाल]]को [[सुदूरपश्चिम प्रदेश]]को [[डोटी जिल्ला]]मा अवस्थित एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। दिपालयल सिलगढी [[सेती नदी]]को किनारमा रहेको छ। सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेका छन्। दिपायल सिलगढी वि.सं. २०३९ मा नगरपालिका घोषणा भएको हो। यसका पहिलो नगरप्रमुख शिवशङ्कर भट्ट थिए भने पछिल्ला नगरप्रमुख पूर्णराज जोशी थिए। यस नगरको जनसङ्ख्या २३,४१६ रहेको छ। वि.सं. २०३८ सालमा रमणिय पौराणिक तथा ऐतिहासिक डोटी जिल्लाको केन्द्र भागमा नगरपालिकाको स्थापना गर्ने क्रममा कोट भैरव र सिलगढीका गाउँ पञ्चायतका सबै वडाहरूका साथै तिखा र रनागाउँ गाउँ पञ्चायतका केही भूभागहरूलाई दिपायल नगर पञ्चायत बनाइएको थियो। आरम्भमा दिपायल नगर पञ्चायत नाम राखिएको यस नगरपालिकालाई वि.सं. २०४७ सालमा बबर डाँडा र तिखा गाविसहरूको सम्पूर्ण भूभागलाई यो नगरपालिकामा समावेस गरेर १४ वटा [[वडा]] बनाइनुका साथै यसलाई दिपायल सिलगढी नगरपालिका भनेर नामाकरण गरिएको थियो। त्यस पछि लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै [[नेपालको संविधान २०७२]]को घोषणा पश्चात् [[सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (नेपाल)|स्थानीय विकास मन्त्रालय]]को निर्णय अनुसार राज्यको पुनर्संरचना गर्ने र नेपाललाई ७४४ वटा [[स्थानीय तह]]हरूमा विभाजन गर्ने क्रममा यस नगरपालिकामा पनि विस्तार भइ साविकका [[कलेना]], [[लडागडा]] गाविसको सम्पूर्ण भूभागका साथै [[बगलेक]] र [[खतिवडा गाविस|खतिवडा]] गाविसका केही वडाहरूलाई यस नगरपालिकामा समावेस गरिएको हो। यस नगरलाई ऐतिहासिक र धार्मिक नगरको रूपमामा पनि लिइन्छ। भगवान [[श्रीराम अवतार|राम]]का पुर्खा राजा दिलिपले तपस्या गरि स्थापना गरेको दिल्पेश्वर मठ र [[स्कन्द पुराण]]को मानस खण्डमा वर्णित चन्दनगिरी पर्वत हालको [[सिलगढी]] नगरमा रहेको छ। यसैगरी सुदूरपश्चिमकी नौ भगवती मध्य [[शैलेश्वरी मन्दिर|शैलेश्वरी]] देवीको मन्दिर यसै नगरमा रहेको छ।<ref name="दिपायल सिलगढी">{{cite web|url=http://dipayalsilgadhimun.gov.np/content/%E0%A4%B8%E0%A4%82%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BF%E0%A4%AA%E0%A5%8D%E0%A4%A4-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%9A%E0%A4%AF|publisher= दिपायल सिलगढी नगरपालिका|title= संक्षिप्त परिचय}}</ref>