"जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १७७:
 
==जङ्गबहादुरको हत्या प्रयासहरु==
# १९०३ को [[भण्डारखाल पर्व]]<br>
रानी लक्ष्मीदेवीले जंगबहादुर र उनका भाइहरूलाई भण्डारखालको बगैंचामा भोजको आयोजना गरि जंगबहादुरलाई बीष मिसाइएको खाना खान दिई हत्या गर्ने योजना बनाएकी थिइन्। पण्डित विजयराजले सो षड्यन्त्रको पोल खोलेपछि उनले रानीलाई देशनिकाला गराए।
# १९०५ बैशाखमा जङबहादुर बागमती नुहाउन जाँदा मकैबारीमा दुई जना लुकेका मानिस पक्रिए। ती पक्रिएपछी बुझ्दा चौतारिया गुरुप्रसाद शाहले हतियार र पत्र सहित पठाएका हत्यारा रहेछन् ।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ २३८</ref>
# वि.सं. १९०७ फागुन ६ गते बेलायत भ्रमण गरी फर्केपछि जङ्गबहादुरको हत्या गर्ने षड्यन्त्र बनेको थियो। सो षड्यन्त्रमा [[बमबहादुर राणा|बमबहादुर]], [[बद्री नरसिंह राणा|बद्री नरसिंह]], जयबहादुर, करवीर खत्री, माहिला साहेबज्यू उपेन्द्रविक्रम सहभागी थिए। बमबहादुरले सो षड्यन्त्रको भण्डाफोर गरे। त्यो कुरा प्रमाणित भएकोले भारत [[इलाहाबाद|इलाहावाद]]को जेल-चलान गरी तीन जनालाई सजाय गरियो।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२३८-२३९|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>