"जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३६:
 
=== श्री ३ महाराज लालमोहर ===
तत्कालीन राजा सुरेन्द्रबाट वि.सं. १९१३ श्रावण २२ का दिन जङ्गबहादुरलाई [[कास्की राज्य|कास्की]] र [[लमजुङ राज्य|लमजुङ]]को महाराज घोषित गरिएको थियो। उक्त घोषणाको आधारमा जङ्गबहादुर र उनको परिवारमा त्यहाँको महाराजको उपाधि, दुई जिल्लाहरू लगायत देशको पश्चिममा रहेको [[महाकाली अञ्चल|काली]] र पूर्वमा [[मेची अञ्चल|मेची]]सम्मको राज्य सञ्चालनको सम्पूर्ण अधिकार प्रयोग गर्न सम्पत्तिको भोग चलन हस्तान्तरण हुने भनिएको थियो। यस बाहेक उनलाई जीवन र मृत्युको अधिकार, सरकारका सबै टहकातहका कर्मचारीहरूलाई नियुक्त र बर्खास्त गर्नसक्ने अधिकार, कुनै पनि विदेशी राष्ट्रसँग सन्धिपत्रमा हस्ताक्षर गर्ने अधिकार, [[युद्ध]]को घोषणा र शान्ति सम्झौता गर्नसक्ने अधिकार, दोषीमाथि दण्ड सजाय तोक्न सक्ने अधिकार, नयाँ कानुनको निर्माण र पुरानो कानुन (देवानी, फौजदारी र सैनिक अधिकार) खारेज गर्नसक्ने अधिकार दिइएको थियो।
 
माथि उल्लेख गरिएका सम्पूर्ण अधिकार जङ्गबहादुरको मृत्यु पश्चात उनका भाइ र उनका छोराहरूमा हस्तान्तरण हुँदै जाने पनि घोषणापत्रमा राखिएको थियो। यससँगै राजाबाट समेत राज्य सञ्चालन गर्दा हुनसक्ने आन्तरिक वा बाह्य मामिलामा गल्ती वा अपराधलाई निसर्ग गर्ने अधिकार समेत जङ्गबहादुरलाई दिइएको थियो।<ref>जङ्गबहादुरको जीवन यात्रा लेखक: पद्मजङ्ग राणा अनुवादक :रामबहादुर पहाडी</ref>