"देव शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २४:
 
==प्राइममिनिस्टर ==
१९५७ फागुनमा वीर शमशेरको मृत्यु भएपछि देव शमशेर प्राइममिनिस्टर एन्ड कमान्डर इनचिफ बने। [[देव शमशेर जङ्गबहादुर राणा|श्री ३ देव]]ले गुप्तचर विभागको प्रमुखमा वीरका जेठा छोरा गेहेन्द्रशमशेरलाई नियुक्त गरेका थिए।<ref>[[राजाराम सुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २४८ ।</ref>
 
===कार्य तथा सुधारहरू===
* श्री ३ देवले प्रशासनिक सुधार गरी कर्मचारीलाई सुबिधा प्रदान गर्ने कार्यक्रम हरू बनाए । उनीहरूको सेवा, सुबिधा, समय र विभाग तोकिदिए ।<ref name="राजाराम सुवेदी">{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२४९|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref> राजकीय कर्मचारीले हरेक दिन बिहानदेखि बेलुकीसम्म बाह्रै महिना काम गर्दै आइरहेकामा उनले कार्यालय समय बिहान १० बजे देखि बेलुकी पाँच बजेसम्म निर्धारण गरिदिनुका साथै पाक्षिक एकादशी बिदा तथा अन्य नियमित बिदाको व्यवस्था पनि मिलाइदिएका थिए।