"माघे सङ्क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा +सन्दर्भ
पङ्क्ति २४:
}}
 
'''माघे सङ्क्रान्ति''', '''मकर सङ्क्रान्ति,''' तथा '''माघी'''<ref>{{Cite web |url=https://ekantipur.com/ampnews/2016-01-15/20160115080603.html |title=Kantipur-मगरहरूको माघे संक्रान्ति |website=कान्तिपुर |language=नेपाली |accessdate=2022-01-16}}</ref> नामले चिनिने नेपालको[[नेपाल]]को एक प्रमुख चाड हो।<ref>{{Cite web |url=https://www.hamropatro.com/posts/articles-events/articles-events-maghe-sankranti |title=माघे संक्रान्ति, माघि पर्व, घ्यु चाकु खाने दिन, राष्ट्रिय योग दिवस, उत्तरायण आरम्भ |website=हाम्रो पात्रो |language=नेपाली |accessdate=2022-01-16}}</ref> यो माघ महिनाको पहिलो दिन पर्दछ। ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई 'मकर सङ्क्रान्ति' पनि भनिएको हो।<ref>{{Cite web |url=https://www.onlinekhabar.com/2019/01/733378 |title=माघे संक्रान्ति किन र कसरी मनाउने ? |website=अनलाइन खबर |language=नेपाली |accessdate=2022-01-16}}</ref> सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मानिन्छ।<ref>{{Cite web |url=https://nepalpatra.com/religion-culture/79229/ |title=माघे संक्रान्ति र यसको धार्मिक महत्व |website=नेपालपत्र |language=नेपाली |accessdate=2022-01-16}}</ref> यो दिनदेखि सूर्य [[दक्षिणी गोलार्ध]]बाट उत्तरी गोलार्ध तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ।<ref>{{Cite web |url=https://nagariknews.nagariknetwork.com/blog/137064-1516001880.html |title=मगर जातिले मनाउने माघे सङ्क्रान्ति |last=मगर |first=डा मीन श्रीस |website=नागरिक न्युज |language=नेपाली |accessdate=2022-01-16}}</ref><ref>{{Cite web |url=https://pahilopost.com/content/-1882.html |title=​माघे सङ्क्रान्ति : आजदेखि दिन लामो र रात छोटो |website=पहिलो पोस्ट |language=नेपाली |accessdate=2022-01-16}}</ref>
 
माघे सङ्क्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र [[नदी]] तथा त्रिवेणीमा स्नान गरि मन्दिरमा पूजाआजाका साथै [[घिउ]], [[चाकु]], तिलको लड्डु र [[तरुल]] खाएर मनाइन्छ। यस पर्वमा [[देवघाट गाउँपालिका|देवघाट]], [[बराहक्षेत्र]], [[रिडी]], [[पनौती नगरपालिका|पनौती]], [[दोलालघाट]], [[कन्काई नदी|कन्काई]] तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ।<ref name="माघ">{{Cite web |url=https://kharibot.com/news-details/27294/2019-01-15 |title=आज माघे सङ्क्रान्ति, यस्तो छ पौराणिक मान्यता |website=खरिबोट |language=नेपाली |accessdate=2022-01-16}}</ref> [[भविष्य पुराण]], विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरि [[घिउ]], [[चाकु]], तिलको लड्डु, सागपात, [[तरुल]], वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ।<ref>{{Cite web |url=https://www.onlinekhabar.com/2020/01/828713 |title=देवघाटमा माघे सङ्क्रान्तिको रौनक |website=अनलाइन खबर |language=नेपाली |accessdate=2022-01-16}}</ref> मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने-भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ-आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई [[घिउ]], [[चाकु]], [[तरुल]], लड्डुसहितको सिदा दान गर्छन्। [[शिशिर ऋतु]]मा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी [[घिउ]], [[चाकु]] र [[तिल]] तथा [[खिचडी]] खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घुस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ। [[महाभारत]]का अनुसार [[भीष्म]]ले यहि दिन मृत्यु रोजेका थिए भने भगिरथले सोहि दिन [[गङ्गा नदी]]लाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए त्यसैले माघे सङ्क्रान्तिका दिन प्रयाग र गङ्गासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ।
[[File:Maghe.jpg|thumb|माघे सङ्क्रान्तिमा बनाइने परिकार]]
 
==नेपालमा माघे सङ्क्रान्ति==