"त्रिभुवन वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५०:
=== दिल्ली सम्झौता ===
{{मुख्य|दिल्ली सम्झौता}}
देशभर क्रान्तिको दावानल दन्किन थाल्यो। राणाहरूको उपस्थिति काठमाडौँमा मात्र सीमित रहन पुग्यो। स्थिति भयावह र प्रतिकूल भएपछि मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न अनुरोध गरे। वार्ताका लागि आफ्ना छोरा [[विजय शमशेर]]लाई दिल्ली पठाए। तात्कालीन भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]]को मध्यस्थतामा राणा, नेपाली काङ्ग्रेस र राजा त्रिभुवनबिच १२ फेब्रुवरी १९५१ (१ फागुन २००७) मा त्रिपक्षीय [[दिल्ली सम्झौता]] भयो। त्यसबेला भारतबाट [[गोविन्द नारायण]] उनका सल्लाहकार तथा सचिव भएर आए।
 
=== दिल्ली सम्झौताका मुख्य सर्तहरू ===
पङ्क्ति ६६:
 
=== मातृकाप्रसाद कोइराला प्रधानमन्त्रीकाल ===
वि.सं. २००८ सालमा [[मोहन शमशेर जङ्गबहादुर राणा|मोहनशमशेर]]को राजीनामासँगै भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरू|जवाहरलाल नेहरु]]को सल्लाहमा राजा त्रिभुवनले २००७ सालको क्रान्तिको सरगमबाट भर्खरै बाहिर आएको ठूलो दल कांग्रेसका तत्कालीन सभापति मातृकाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरे । मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि नेपाली कांग्रेसमा घरझगडा सुरु भयो । [[नेपाली कांग्रेस]]भित्र प्रधानमन्त्री ठूलो कि पार्टी सभापति ठूलो भन्ने बहसले निकै व्यापकता पायो । कांग्रेसको कलह घरझगडा अन्तत: पार्टी फुटमा नै पुग्यो। <ref>[[मातृकालाई नेहरूको पत्रhttp://bit.ly/2FD5ZJg|मातृकालाई नेहरूको पत्र]] [[मातृकालाई नेहरूको पत्रhttp://bit.ly/2FD5ZJg|http://bit.ly/2FD5ZJg]]</ref> २६ साउन २००९ मा मातृकाले प्रधानमन्त्रीबाट राजीनामा दिए। २ असार २०१० मा फेरि मातृकाप्रसादकै प्रधानमन्त्रीत्वमा ५ सदस्यीय मन्त्रिमण्डल गठन भयो।<ref>[http://rajpatra.dop.gov.np/welcome/book/?ref=437 शाही घोषणा]</ref> त्यो सरकार राष्ट्रिय प्रजा पार्टीको थियो। १९ फागुन २०११ मा युवराजाधिराजको हैसियतमा तत्कालीन प्रमुख राज-प्रतिनिधि महेन्द्रले मातृकाप्रसादको सरकार विघटन गरे।<ref>[http://rajpatra.dop.gov.np/welcome/book/?ref=2522 महेन्द्र बिरबिक्रम शाहदेवबाट बक्सेको शाहि घोषणा]</ref>
 
=== डा. के आइ सिंहको सिंहदरबार विद्रोह ===