"नेपाली साहित्यको इतिहास" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १९४:
'''समाजिक यथार्थवादी धारा'''को प्रारम्भ विक्रम सम्वत१९९२ देखि भएको हो । यस धारामा रहेर कथा लेखनको प्रारम्भ गर्ने पहिलो कथाकार [[गुरूप्रसाद मैनाली| गुरूप्रसाद मैनाली]] हुन् । उनको [[नासो (कथा)|नासो]] (१९९२) कथाबाट यस धाराको प्रारम्भ भएको पाइन्छ । आदर्शोन्मुख भएर नेपाली समाजको चित्रण गर्नु, सामाजिक मूल्य र मान्यताको यथावत् चित्रण गर्नु, समाजमा रहेका कुप्रथा, सङ्कीर्ण रुढि तथा अन्धविश्वासको विरोध गर्नु, नारीवर्गको दयनीय जीवन र प्रताडनामा बाँच्नु पर्ने विवश कथाव्यथाको चित्रण गर्नु, सामाजिक विकृति र विसङ्गतिको चित्रण गर्नु जस्ता कुराहरू यस धाराको मूल प्रवृत्तिका रूपमा रहेका छन् ।
 
गुरुप्रसाद मैनालीको नासो कथासङ्ग्रह यस धाराको महत्त्वपूर्ण कोशे ढुङगो हो । यस धारा अन्तर्गत अन्य थुप्रै कथा लेखिएका छन् । तिनमध्ये [[पुष्कर शमशेर]] र उनका '''परिबन्द''', '''स्वार्थत्यार''', '''लोग्ने''', '''मनको पटल''' जस्ता कथाहरू '''पुष्कर शमशेरका कथा''' (२०४४) नामक कथासंग्रहमा सङ्कलित छन् भने [[शिवकुमार राई]], [[देवकुमारी थापा]], [[दौलत विक्रम विष्ट|दौलतविक्रम विष्ट]], वदरीनाथ भट्टराई, माया ठकुरी, अच्छा राई रसिक, [[भीमनिधि तिवारी]], [[चक्रपाणि चालिसे]], रूपनारायण सिंह, श्यामदास वैष्णव, हृदयचन्द्र सिंह प्रधान, परशु प्रधान, [[अगमसिंह गिरी]], कुमार ज्ञवाली, श्रीधर खनाल, जस्ता कथाकारहरूका कथाहरू महत्त्वपूर्ण मानिन्छन् ।
 
२. '''मनोवैज्ञानिक यथार्थवादी धारा'''
पङ्क्ति २५८:
:३. '''समाजिक यथार्थवादी धारा'''
 
जनजीवनका संस्कार, रहनसहन, आचरण, व्यवहार आदिको इमान्दारीसाथ यथातथ्य वर्णन गर्नु '''समाजिक यथार्थवादी धारा'''को प्रमुख विशेषता हो । आधुनिक लेपाली उपन्यास परम्परामा [[लैनसिंह बाङ्देल]]को '''मुलुकबाहिर''' (२००४) को प्रकाशनसंगै समाजिक यथार्थवादी उपन्यास परम्पराको प्रारम्भ भएको पाइन्छ । २०१० सालसम्म यो प्रमुख धाराका रूपमा देखिएको छ भने त्यसपछि अन्तर्धाराका रूपमा प्रवाहित भएको छ । मुलुकबाहिर पछि उनकै '''माइत घर''' (२००५), '''लङ्गडाको साथी''' (२००८), '''रेम्ब्रान्ट''' (२०२३) पनि यसै धारा अन्तर्गतका उपन्यास हुन् । यीबाहेक [[लीलबहादुर क्षेत्री]]का बसाइँ (२०१४), अतृप्त (२०२६) र ब्रह्मपुत्रको छेउछाउ (२०४३), लीलाध्वज थापाको मन (२०१५), [[दौलत विक्रम विष्ट|दौलतविक्रम विष्ट]]को मञ्जरी (२०१६), [[शङ्कर कोइराला]]को '''खैरेनी घाट''' (२०१८), तुलसीराम कुँवरका '''रने''' (२०१८) र '''उज्यालो तिर''' (२०२३), [[भवानी भिक्षु]] को '''आगत''' (२०२३), ध.च. गोतामेका '''घामका पाइलाहरू''' (२०३५) र '''यहाँदेखि त्यहाँसम्म''' (२०४२), केशवराज पिंडालीको '''बाच्ने एउटा जिन्दगी''' (२०४३), राजेश्वर देवकोटाको '''आवर्तन''' (२०४१), [[गोविन्दराज भट्टराई]]को '''मुगलान''' (२०३१) र '''मणिपुरको चिठी''' (२०३४) जस्ता उपन्यासहरू यसै धाराका उल्लेख्य कृति हुन् ।
 
:४. '''ऐतिहासिक यथार्थवादी धारा'''
 
इतिहासका वास्तविक पात्र तथा घटनाको चित्रण गरी लेखिएका उपन्यासहरू ऐतिहासिक यथार्थवादी उपन्यास हुन् । [[डायमनसम्शेर राणा|डायमन समशेर राणा]]का '''वसन्ती''' (२००६), '''सेतो बाघ''' (२०३०), '''प्रतिवद्ध''' (२०३४), केशवराज पिंडालीको '''एकादेशकी महारानी''' (२०२६), सुन्दरप्रसाद शाहको '''प्रतिवाद''' (२०४०) र '''त्रिफट्''' (२०४२), श्रीकृष्ण श्रेष्ठको '''जङ्गबहादुर''' (२०५१), [[दौलत विक्रम विष्ट|दौलतविक्रम विष्ट]]को '''फाँसीको फन्दा''' (२०५३) जस्ता उपन्यासहरू '''ऐतिहासिक यथार्थवादी धारा''' अन्तर्गत पर्दछन् ।
 
:५. '''अति यथार्थवादी धारा'''