"बागलुङ नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७८:
[[विक्रम सम्वत्|वि.सं.]] २०७३ मा [[नेपालका स्थानीय तहहरू|७४४ स्थानीय तह]] लागू हुँदा [[बागलुङ जिल्ला]]मा साविकको बागलुङ नगरपालिका र साविकका [[मालिका, बागलुङ|मालिका]], [[पाला]] गाविसको वडा नं. ६ देखि ९ सम्म, [[सिँगाना]] गाविसका वडा नं. १ देखि ५ र ७ देखि ९ सम्म, [[तित्याङ]], [[भकुण्डे]], [[रायडाँडा]], [[अमलाचौर]], [[पैयुँपाटा]] र [[नारायणस्थान, बागलुङ|नारायणस्थान]] गाउँ विकास समितिहरूलाई समेटेर '''बागलुङ नगरपालिका''' बनाइएको हो ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref> यस नगरपालिकाको कूल जनसङ्ख्या ५७,८२३ रहेको छ । यसको क्षेत्रफल ९८.०१ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकाको केन्द्र साविकको बागलुङ नगरपालिकाको कार्यालयमा राखिएको छ । यस नगरपालिकालाई १४ [[वडा]]मा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा [[पर्वत जिल्ला]], पश्चिममा [[काठेखोला गाउँपालिका]], उत्तरमा [[म्याग्दी जिल्ला]] तथा दक्षिणमा [[जैमिनी नगरपालिका]]सम्म फैलिएको छ ।<ref name="गाउँपालिका वा नगरपालिका">{{cite web|title=हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?|url=http://setopati.com/raajneeti/64651/|publisher=[[सेतोपाटी]]|accessdate=फाल्गुन २०७३|ref=http://setopati.com/raajneeti/64651/}}</ref><ref>{{cite web|title=स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण|url=http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७३ फाल्गुण २७}}</ref>
 
[[पर्वत जिल्ला|पर्वत]] र [[म्याग्दी जिल्ला]]सँग जोडिएको बागलुङ नगरपालिकामा [[बागलुङ कालिका मन्दिर]], [[जङ्गेश्वर महादेव मन्दिर]], निरायघाट, आदि यहाँका प्रमुख धार्मिक स्थल हुन् । कारीकोट मुख्य पर्यर्टकीय स्थल हो । बागलुङ बजारको अवलोकन गर्न हालै बागलुङ भ्यु टावर निर्माण गरिएको छ । भौगोलिक दृष्टिकोणले झण्डै मध्य नेपालमा पर्ने र प्रशासनिक दृष्टिकोणले [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिामाञ्चल]]मा पर्ने पहाडी जिल्ला बागलुङको पुर्वी इलाकामा प्रसिद्ध [[कालीगण्डकी नदी|कालीगण्डकी]] र काँठेखोलाको संगम इलाकामा अवस्थित छ बागलुङ नगरपालिका । यो नगरपालिका समुन्द्री सतहबाट ८०५ मिटरदेखि करिव २,१५० मिटर सम्मको उचाईमा अवस्थित छ । बागलुङ नगरमा ऐतिहासिक महत्त्वका ताराजलकोट, कारिकोट, माझकोट, राँयकोट, संसारकोट, आदि कोटहरू रहेका छन् । त्यस्तैगरी धार्मिक तथा पर्यटकीय महत्त्वका कालिका भगवती मन्दिर क्षेत्र, मालिका भगवती मन्दिर क्षेत्र, निराघाट क्षेत्र र कैलाम पोखरी क्षेत्र रहेका छन् । यस क्षेत्रको प्रसिद्ध कालिका भवगती मन्दिरमा प्रत्येक वर्ष आश्विन शुक्ल पक्ष र चैत्र शुक्लपक्षको नवदुर्गा अवधिमा भक्तजनहरूको ठुलो घुँइचो लाग्दछ भने चैत्र शुक्लपक्षमा कालिका मन्दिर परिसरमा चैते दशैं मेला लाग्दछ । नगरपालिकामा [[ब्राह्मण]], [[क्षेत्री जाति|क्षेत्री]], [[नेवार जाति|नेवार]], [[मगर जाति|मगर]], [[सुनार]], [[कामीविश्वकर्मा जाति|कामी]], [[सार्की जाति|सार्की]], [[दमाई जाति|दमाई]], [[माझी जाति|माझी]] लगायतका जातजातिका मानिसहरूको बसोबास छ । बागलुङ नगरपालिका [[कालीगण्डकी नदी]] र किनारमा पाइने [[शालिग्राम शिला|शालीग्राम]]ले पनि प्रसिद्ध छ । [[धौलागिरि हिमाल|धौलागिरी हिमाल]]को काखमा रहेको बागलुङ बजार धौलागिरी अञ्चलको अञ्चल [[सदरमुकाम]] हो । विभिन्न ठाउँबाट यहाँ व्यापार व्यवसाय सञ्चालन गर्न आउने मानिसको संख्या धेरै छ ।
 
==सन्दर्भ सामग्रीहरू==