"दौलतविक्रम विष्ट" का संशोधनहरू बिचको अन्तर

सुधार आवश्यक (By FindAndReplace)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २५:
== शिक्षा र पेशागत जीवन ==
 
दौलत विक्रम विष्टले पाँच वर्ष उमेरमा अक्षरारम्भ गरेका थिए तर विष्टका पिताको जागिर सरुवा भएका कारण एकै स्थानमा स्थिर भएर पढ्ने अवसर उनलाई उपलब्ध थिएन।<ref name=साहित्य>{{वेब स्रोत|लेखक=|शीर्षक=दौलत विक्रम विष्ट र उनको साहित्यकारिताको आकलन|युआरएल=https://www.samakalinsahitya.com/sahitya/details/3870|कार्य=|प्रकाशक=समकालीन साहित्य |वेबसाइट=|भाषा=नेपाली)|अभिलेखमिति=|अभिलेखयुआरएल=|मिति=|पहुँचमिति=२५ अगस्ट २०२१}}</ref> विष्टले प्राथमिक शिक्षा काठमाडौँ, झापा र सल्यानका केही विद्यालयबाट हासिल गरेका थिए। [[दरबार हाई स्कुल|दरबार हाइस्कुल]]मा पढ्न लागेपछि विष्टको शिक्षा नियमित हुन थालेको थियो विष्टले वि.स २००४ सालमा निजामती मध्यमा (प्रवेशिका सरह प्रथम श्रेणीमा) र वि.सं २०१२ सालमा आदर्श विद्यापीठ हाइस्कुल [[काठमाडौँ]]बाट तृतीय श्रेणीमा प्रवेशिका उत्तीर्ण गरेका थिए। यसपछि उनले [[त्रिभुवन विश्वविद्यालय]]मा कला र शिक्षा सङ्कायमा अध्ययन गरेका थिए भने त्यसपछि विष्टले [[भारत]]को अलिगढ विश्वविद्यालयबाट भने साहित्यरत्न तहको अध्ययन प्रथम श्रेणीमा पुरा गरेका थिए। विष्टको [[नेपाली भाषा|नेपाली]], [[हिन्दी भाषा|हिन्दी]] र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]] भाषामा राम्रै पहुँच थियो भने उनले [[मैथिली भाषा|मैथिली]], राजवंशी, ताजपुरी र [[भोजपुरी भाषा|भोजपुरी]] भाषाको पनि सामान्य प्रयोग गर्न सक्षम थिए।<ref name=साहित्य/>
 
विष्टले वि.स २००८ सालबाट जागिरे जीवन सुरु गरेका थिए। सुरुमा उनले वन उपमन्त्रीका निजी सचिव भएर ८ महिना काम गरेका थिए भने उनले पछि भन्सार तथा अन्तशुल्क विभागमा वरिष्ठ अधिकृतको पदमा रहेर वि.सं २०१८ सालसम्म सेवा गरेका थिए। उनले वि.सं २०२२ सालमा [[पञ्चायती व्यवस्था]]को गृह मन्त्रालयको मुस्ताङ उत्तरी प्रशासन हेर्ने सहयोगी बनेर काम गरेका थिए। त्यसपछि वि.सं २०२३ सालमा पोखरा नगर पञ्चायतमा प्रधान अधिकृत भएर दुई महिना, २०२३ साल फागुनदेखि २०३६ साल फागुनसम्म [[रेडियो नेपाल]]मा (२०३५–०३६ मा राजपत्राङ्कित द्वितीय श्रेणी, उपनिर्देशक), २०३६ चैतदेखि केही समय जलविद्युत् तथा सिञ्चाइ मन्त्रालय अन्तर्गत साना जलविद्युत् विकास समितिको प्रशासकीय अधिकृतमा र पछि शिक्षा मन्त्रालय अन्तर्गत रहेर जिल्ला शिक्षा अधिकारीका रूपमा [[स्याङ्जा जिल्ला|स्याङ्जा]] र [[नेपालगञ्ज उपमहानगरपालिका|नेपालगञ्ज]]मा काम गरेका थिए।<ref name=साहित्य/>
 
== साहित्य यात्रा ==
 
विष्टको साहित्यिक यात्राको औपचारिक थालनी कविता विधाबाट भएको थियो। विष्टले मात्र दश वर्षको उमेरमा झापाको गौरीगञ्जमा स्थानीय भाषामा गीत लेखेर सुनाएका थिए। "आँँखा" नामक पत्रिकामा साहित्यकार [[कृष्णचन्द्रसिंह प्रधान]] प्रमुख सम्पादकको रूपमा रहेको बेलामा उनले आँखा नाम राखेर वि.सं २००४ मा, कविता प्रकाशित गराएका थिए जसलाई उनको प्रथम पटक प्रकाशित साहित्यिक कृतिको रूपमा लिन सकिन्छ। वि.सं १९९८ मा [[हिन्दी|हिन्दी भाषा]]मा राधेश्याम बरेलीद्वारा लिखित ‘वाल्मीकि नाटक’को अनुवाद र "लैला मजनु" गीति नाटकका आधारमा "चाँद चकोरी" नाटक लेखी इन्द्रजात्रा र [[सापारु|गाईजात्रा]]मा मञ्चन पनि गरेका थिए। यस्तै रुसी साहित्यकार [[आन्तोन चेखब|चेखभ]]को ‘नर्तकी’ कथालाई एकाङ्कीका रूपमा परिवर्तन गरी [[गोरखापत्र]]मा छपाएका थिए। [[दरबार हाई स्कुल]]मा पढ्दा समको "[[मुकुन्द-इन्दिरा|मुकुन्द इन्दिरा]]" नाटकमा अभिनय गरेका हुँदा नाटक सिर्जनाबाट उनी प्रेरित बनेका थिए। कवितापछि विष्टको औपचारिक लेखन कथाबाट भएको थियो। सुरुवातमा पस्वच्छन्दतावादी कथा लेखेता पनि उक्त लेखनहरू प्रकाशन गर्न योग्य नभएकोले उनले समसामयिक वास्तविकतामा आधारित कथा लेखन थालेको थिए। <ref>शाखा अधिकृत प्रारम्भिक परिक्षा बृहत् कोष</ref> कथा र उपन्यास विधा बाहेक विष्टले वि.सं २००७ सालमा शारदा मासिक पत्रिकामा नेपाली नारीहरूको वैवाहिक स्थिति, सुकुम्बासीहरूको समस्या र विदेश सेनामा नेपाली लगायतका लेखहरू प्रकाशित गराएका थिए। [[रेडियो नेपाल]]ले सञ्चालन गरेको झङ्कार नामक पत्रिकामा उनले नेपाली साहित्यमा कथाको विकास क्रम (वि.सं २०१७), आत्म निर्भरता (वि.सं २०२८) लगायतका प्रवन्धहरू पनि प्रकाशित गरेका थिए।<ref name=साहित्य/> उनको पहिलो नाट्य कृति क्रान्तिलाई मानिन्छ।<ref>(शर्मा, २०३८: २७) </ref> [[सात सालको क्रान्ति]]लाई विषयवस्तु बनाई उक्त नाटक रचना गरिएको थियो। नेपाली नाटक र एकाङ्कीको क्षेत्रमा उनले ३० वटा पूर्णाङ्की र त्यही ३०-४० वटा एकाङ्की नाटक लेखन गरेका थिए। पछि उनका केही नाटक र एकाङ्की मञ्चन गरिएको थियो भने केहीलाई रेडियोबाट प्रसारण गरिएको थियो।<ref>(विष्ट, २०५२ख: १४–१५) </ref>
 
वि.सं २००५ सालमा शारदा मासिक पत्रिकामा प्रकाशित 'ऊ गयो' कथा विष्टको पहिलो प्रकाशित कथा हो। कथा लेखन आरम्भ गरेपछि [[सिद्धिचरण श्रेष्ठ]], [[गोविन्द बहादुर मल्ल|गोविन्दबहादुर मल्ल]] गोठाले लगायताका साहित्यकारहरूले उनको कथाको प्रशंसा गरेका थिए।<ref>पौडेल, विष्णु प्रसाद (२०५६), “चरित्रविधानका कोणबाट दौलत विक्रम विष्टका उपन्यासहरूको अध्ययन”, काठमाडौँ: त्रि. वि., मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय, लघु अनुसन्धान–पत्र।</ref> उनका कविता, निबन्ध, कथा, नाटक, संस्मरण एवम् उपन्यास रचनाका क्षेत्र हुन्। विभिन्न विधामा कलम चलाएपनि उनको सफलता भने कथा र उपन्यास लेखनमै रहेको थियो। मञ्जरी (१०१६), एक पालुवा अनेकौँ याम (२०२६), [[चपाइएका अनुहार (उपन्यास)|चपाइएका अनुहार]] (२०३०), विग्रिएको बाटो (२०३३), थाकेको आकाश (२०३४), भोक र भित्ताहरू (२०३८), [[ज्योति ज्योति महाज्योति]] (२०४५), हिमाल र मान्छे (२०४५), [[फाँसीको फन्दामा]] (२०५३) जस्ता उपन्यासहरू प्रकाशित छन्।<ref name=कथा>नेपाली कथा र उपन्यास: सिद्धान्त र समीक्षा</ref> उनका प्रदर्शनी (२०३३), गालाको लाली (२०२५), छायाँ (२०३१), घाउका सत्र चक्का (२०३५), नौलो कथा (२०४९) र [[आँसु त्यसै त्यसै छचल्किन्छ]] जस्ता कथा सङ्ग्रहहरू पनि प्रकाशित छन्।<ref>जैन, रवीन्द्र कुमार (सन् १९९०), साहित्यालोचन के सिद्धान्त, दिल्ली: नेसनल पब्लिसिंग हाउस।</ref> उनका सात कथा सङ्ग्रहहरू प्रकाशित छन्। नेपाली साहित्य समाज र संस्कृतिलाई टेवा पुर्‍याए बापत उनलाई विभिन्न पुरस्कारद्वारा सम्मानित गरिएको थियो। दुर्गम सेवा पदक (२०१८), महेन्द्र प्रज्ञा पुरस्कार (२०३२), [[मदन पुरस्कार]] (२०४५), [[साझा पुरस्कार]] (२०४९), गङ्की वसुन्धरा पुरस्कार (२०५३), भूपालमान सिंह पुरस्कार (२०५५), वसुन्धरा श्री पुरस्कार (२०५८) जस्ता थुप्रै पुरस्कार र सम्मानहरू प्राप्त गरेका थिए। <ref>शाखा अधिकृत प्रारम्भिक परिक्षा बृहत् कोष</ref>
 
=== साहित्यिक विशेषता ===