"सोडारी" का संशोधनहरू बिचको अन्तर

→‎सन्दर्भ सूचीहरू: सन्तोष सोडारी
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २०:
[[गौतम गोत्र|गौतम]] गोत्री [[चन्द]]हरूको शासन रहेको [[कन्नौज जिल्ला|कन्नौज]]मा १० औँ सताब्दीको अन्त्यतिर [[मुसलमान]]हरूले आक्रमणगरी चन्द वंशको शासन अन्त्य गरेपछि धर्म तथा संस्कृति बचाउन कन्नौजबाट उत्तर पश्चिमको [[कत्युर]] राज्यमा प्रवेस गर्ने सोम चन्दले तत्कालिन कत्यौर (कालीकुमाउँ, गढवाल, चम्पावत) मा आफ्नो बलियो सामाजिक अस्तित्व बनाए । त्यसपछि कत्युरी राज्यलाई चलाखीपूर्ण ढङ्गले सोम चन्द्रले कब्जा गरेर चन्द वंशको शासन व्यवस्था स्थापना गरे । ११ औँ सताब्दीमा स्थापना भएको चन्द वंशले [[कुमाउँ]], [[गढवाल]], चम्पावत, काँगडा तथा पूर्व [[महाकाली नदी|महाकाली]], [[डोटी राज्य|डोटी]] हुँदै [[कर्णाली नदी|कर्णाली]] नदीसम्म शासन स्थापना गरेको देखिन्छ ।<ref name= "गौतम गोत्र">गौतम गोत्र एकता समाज नेपाल द्वारा प्रकाशित पुस्तक '''गौतम गोत्र''' वंश परिचय पहिलो संस्करण लेखक राजेश कुमार बटाला</ref>
यसरी सोम चन्दले ११ औँ सताब्दीमा स्थापना गरेको चन्दवंश त्यस क्षेत्रमा १९ औँ सताब्दीसम्म अर्थात करिब ८०० वर्षसम्म चलेको देखिन्छ । यही क्रममा करिब १४ औँ सताब्दीमा कुमाउँ गढवाल क्षेत्रबाट [[बैतडी जिल्ला|बैतडी]] आउने रणधौला चन्द र गणधौला चन्दका सन्तति रानादेउ, उदयदेउ, भानादेउ र जसुदेउ बैतडीका विभिन्न क्षेत्रमा बसेको इतिहास छ । यस बारेमा [[चन्द]] वंशको इतिहास हेरे बढी प्रष्ट हुन्छ । यसरी कुमाउ गढवालबाट बैतडी आएको चार भाइ मध्य माइला उदयदेउ चन्द बैतडीको [[स्वराड]] क्षेत्रमा बसे भने जेठा रानादेउ मध्य-बैतडी क्षेत्रमा बसे । त्यस्तै साइला भानादेउ बैतडीको पूर्वतिर लागे तर कान्छा जसु देउ चाहीं बैतडी ठिक लागेन भन्दै पुनः कुमाउ तिर फर्केका थिए । <ref name= "गौतम गोत्र"/>
यसरी बैतडीको स्वराडमा बस्ने माईला भाइ उदयदेउका सन्तानहरू स्वराड क्षेत्रमा फैलिए । तिनै उदयदेउका सन्तति मध्यका एक हरी चन्द आजभन्दा करिब तीनसय वर्ष पहिले बैतडीको [[तल्लो स्वराड|तल्लो]] स्वराडबाट [[अछाम जिल्ला|अछाम]] जिल्लाको सदमुकान [[मङ्गलसेन|मंगलसेन]] देखि उत्तर पश्चिममा पर्ने [[कालागाउँ]]मा आई बसोवास गरिरहेका छन् । यसमा पनि विभिन्न जनश्रुतीको आधारमा फरक फरक मत देखिन्छन् । कसैले भन्छन् कि बैतडीको [[पाटन नगरपालिका|पाटन]] सोराडबाट चन्दहरूका तीन भाईहरू आएर कालागाउँको वडपिपल स्थित द्यानलाको गडोमा बसोवास गर्दै आएका हुन् भन्ने भनाई छ भने कसैले चन्द [[ठकुरी]]का तीन भाईहरू बैतडीबाट अछाम हुँदै [[दैलेख जिल्ला|दैलेख]] जिल्लाको [[दुल्लु नगरपालिका|दुल्लु]] सरेका त्यहाँबाट पनि दैलेखकै [[सिंगौडी गा.वि.स.|सिंगौडी]]को निमायलमा बसोवास गरेका र केही समयपछि त्यहाँबाट फेरी अछामको कालागाउँ स्थित वडपिपल बजारभन्दा तल द्यानलाको गडोमा आइ बसोवास गरेका हुन् भन्ने भनाई छ । पुर्खाहरूले बसोवास गरेको गरेको गडोलाई अझ पनि द्यानलाको गडो भनिन्छ ।<ref name= "गौतम गोत्र"/>
यसै ठाउँमा बसोवास गरी जिवीकोपार्जन गर्ने सिलसिलामा सोराडीका पुर्खाहरूले विभिन्न चुनौतीहरू खेप्नु परेको बताइन्छ । चन्द ठकुरीका ३ भाईहरू [[पादुकास्थान|पादुका]] तिर्थ जाने क्रममा [[विनायक]] भएर पादुका गई फर्केर आउने बेलामा विनायकका तत्कालिन शासकसँग झगडा हुँदा ३ भाइ मध्य एक भाइ काटिएका थिए भन्ने भनाइ छ । तीन भाइ मध्य एक भाइ काटिए भन्नेमा अझैं विवादमा छ । कसैले जेठा भाइ काटिएका हुन् भन्छन् भने कसैले माइला भाइ काटिएका हुन् भन्ने मत राख्दछ्न । <ref name= "गौतम गोत्र"/>
जे होस् बैतडीको [[तल्लो स्वराड|तल्लो सोराड]] पाटन भन्ने ठाउँबाट विभिन्न कारणको सिलसिलामा गौतम [[गोत्र]], मध्यायनी [[शाखा]], तीन [[प्रवर]] भएका सोराडी चन्द ठकुरीहरू तत्कालिन जुम्ला राज्य [[सिंजा]] राज्य अन्तर्गत हालको अछामको कालागाउँ भन्ने ठाउँमा बसोवास गर्दै आइरहेका छन् ।<ref name= "गौतम गोत्र"/>
"https://ne.wikipedia.org/wiki/सोडारी" बाट अनुप्रेषित