"बिष्ट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
|related=[[पाण्डे]], [[थापा]], [[बस्नेत]], [[कुँवर]]
}}
'''बिष्ट''' नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीहरूको थर हो । बिष्ट थर बिटकर उठाउने पदबाट सिर्जित थर हो । काम , स्थान, पद, निगाहा जस्ता विभिन्न अवस्थाबाट नेपालीहरुका थर बनेका छन् । यस्तै गरी बनेको एक थर बिष्ट पनि हो । नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य]] तथा [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर]] पश्चिम तथा भारतको [[हिमाञ्चल प्रदेश|हिमाचल प्रदेश]] तथा [[उत्तराखण्ड]] , उत्तर प्रदेश तथा पश्चिम बङ्गालमा विशेष गरेर बिष्ट थर लेख्नेहरूको बसोवास रहेको छ । बिष्ट थर लेख्ने सबै एकै होइनन ।
सांन्डील्य गोत्रीय पुजापाठ गर्ने ब्राहमण बिष्ट दार्चुलामा ,कश्यप गोत्रीय जैसी ब्राहमण बिष्ट डोटीमा , आफुलाई भारद्वाज गोत्रीय ठकुरी बताउने बिष्ट डोटी गड्सेरामा भेटिन्छन । यस्तै गौतम गोत्रीय गोरा बिष्ट र कश्यप गोत्रीय काला बिष्ट बैतडी पुर्चुड़ी क्षेत्रमा भेटिन्छन । सल्यान तथा रुकुममा आतस्य गोत्रका बिष्ट क्षेत्रीहरु भेटिन्छन । छिमेकी देश भारतमा भारद्वाज गोत्रीय बिष्ट राजपुत छन् । नेपालको हिमाली जिल्ला मुस्ताङ्गमा भारद्वाज गोत्रका भनिने जिन्बेसिंग प्रवर बिष्ट राजा अहिलेपनि छन् । यी मात्र नभएर नेपालमा ''ऐडी बिष्ट'', ''खबतरी बिष्ट'', ''खुलाल बिष्ट'', ''पुँवर बिष्ट'', आदि बिष्टका विभिन्न प्रकारहरू हुन् ।
 
"https://ne.wikipedia.org/wiki/बिष्ट" बाट अनुप्रेषित