"दिव्योपदेश" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
नाम सुधार (By FindAndReplace)
पङ्क्ति ८:
दिव्योपदेशको पाण्डुलिपि [[अभिमान सिंह बस्न्यात|अभिमानसिंह]]का सन्तति इतिहासविद् बखत्मानसिंह बस्न्यात (श्यामकाजी) को घरमा सुरक्षित रहेको पनि योगीले चर्चा गर्नुभएको छ । बखत्मानसिंहको जन्म [[अभिमान सिंह बस्न्यात|अभिमानसिंह]]द्वारा निर्मित [[असन, काठमाडौं|असन]] बालकुमारीस्थित तिलङ्गा घर (सिपाहीको फौजको चित्र लेखिएको घर) मा भएको थियो । अभिमानसिंहले आफूले टिपोट गरी तयार गरेका उक्त पाण्डुलिपि आफ्नै साथमा विशेष जतनका साथ राखेका र पछि उनका विभिन्न पुस्ताले पनि जतनले नै राखेका थिए । राणा शासनको अवस्थामा पृथ्वीनारायणको दिव्योपदेश जस्तो अमूल्य निधिलाई जतनसाथ लुकाएर राख्नु बाहेक बस्न्यात परिवारसँग अरू विकल्प थिएन ।
 
जर्मनीका कुनै एक अन्वेषकले बखतमानसिंहसँग दिव्योपदेशको पाण्डुलिपि छ भन्ने कतैबाट थाहा पाएपछि सो आफूलाई बेच्नका लागि निकै दबाब दिएको तर उनले राष्ट्रको सम्पत्ति विदेश पठाउनु हुँदैन भनी विदेशीलाई नबेची वि.सं. २०२४ मा तत्कालीन [[महेन्द्र वीर विक्रम शाह|राजा श्री ५ महेन्द्र]]समक्ष जाहेर गरेका थिए । राजा महेन्द्रको आदेशानुसार [[पुरातत्व विभाग (नेपाल)]]ले दिव्योपदेशको पाण्डुलिपि जिम्मा लिई २०२५ साल पुस २७ गते पृथ्वी जयन्तीको उपलक्ष्यमा दिव्योपदेशको पहिलो संस्करण प्रकाशित गर्‍यो । ‘दिव्यउपदेश’ नाम दिइएको ४१ पृष्ठको पुस्तिका पहिलो पटक तीन हजार प्रति छापी निःशुल्क वितरण गरिएको थियो । यसमा प्रयुक्त कतिपय शब्द प्रचलनबाट हटिसकेका हुनाले पाठक वर्गलाई बुझ्न सहज होस् भनी त्यस्ता शब्दका सही अर्थ खुलाई पादटिप्पणीसमेत पुस्तिकामा दिइएको छ । पादटिप्पणी तयार गर्ने महत्त्वपूर्ण कार्य योगी नरहरिनाथबाट भएको थियो ।
 
योगीले आफ्नो पुस्तिकामा वर्णन गरे अनुसार उक्त ऐतिहासिक पाण्डुलिपि बलियो नुवाकोटी कागजमा कालो पाको मसीले लेखिएको छ । करिब ११ इञ्च लम्बाइ, साढे आठ इञ्च चौडाइको १० पृष्ठ रहेको छ । तल्लो भागमा सानो भाग मुसाले काटेको भए पनि अक्षरमा क्षति पुगेको छैन । [[देवनागरी लिपि]]को पुरानो लेखन शैली नागराक्षरमा लेखिएको दिव्योपदेशमा पूर्णविरामका लागि अङ्ग्रेजीको जस्तो विन्दु प्रयोग भएका छन् । उक्त पाण्डुलिपि हाल [[पुरातत्व विभाग (नेपाल)]]मा विशेष सुरक्षाकासाथ राखिएको छ ।
 
दिव्योपदेशको पाण्डुलिपि विदेशीलाई नबेची राष्ट्रलाई नै सुम्पिएको कदर स्वरूप बखतमानसिंहलाई २०२५ सालदेखि २०३८ सालसम्म प्रत्येक वर्ष पृथ्वी जयन्तीको औपचारिक समारोहमा राष्ट्र निर्माताको पूर्णकदको तस्वीर राखिएको [[नेपाली सेना]]को बग्गीमा नै ससम्मान राखी नगर परिक्रमामा सरिक गराइन्थ्यो । दिव्योपदेशको प्रथम संस्करणमा पनि सरकारका तर्फबाट उहाँप्रति धन्यवाद व्यक्त गरिएको छ । राष्ट्रिय सङ्ग्रहालय छाउनीमा ४४ वर्षसम्म सेवा गर्नुभएका इतिहासविद् बखतमानसिंहको ७४ वर्षको आयुमा २०३९ सालमा बालाजु हाइटस्थित आफ्नै निवासमा निधन भयो । <ref>[http://www.gorkhapatraonline.com/news/64628 दिव्योपदेशको इतिहास:'''श्रीरामसिंह बस्नेत''']</ref>
"https://ne.wikipedia.org/wiki/दिव्योपदेश" बाट अनुप्रेषित