"औद्योगिक क्रान्ति" का संशोधनहरू बिचको अन्तर

→‎आलोचना: सुधार
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(→‎आलोचना: सुधार)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
== आलोचना ==
औद्योगिक क्रान्तिका आलोचकहरु यस क्रान्तिमार्फत अर्थशास्त्री हार्टवेयलले भनेका र धेरैले स्वीकार गरेको ‘आर्थिक दरिद्रताको सिद्धान्त’को विकास भएको ठान्छन् । आचार्यले ती आलोचकले अनियन्त्रित पुँजीले धनी झन् धनी र गरिब थप गरिब हुन पुगेको तर्क राख्ने गरेको समेत बताए । तर, पुँजीलाई स्वतन्त्र रुपमै आवत जावत गर्न नदिए उचित लगानी पूर्ण रूपले नहुने र लगानीकर्तामा आफूसँग भएको पुँजीलाई संकुचित गराइराख्न सक्ने सम्भावना अधिक रहने आचार्यको बुझाइ छ । औद्योगिक क्रान्तिमा मजदुरको तलब निकै कम थियो तर काममा धेरै घण्टा जोतिनु पर्थ्यो । महिला तथा बाल कामदारको अवस्था पनि दयनीय । बाल मजदुर लगायत कलकारखानामा काम गर्दा घाइते भएकाहरूको संख्या निकै वृद्धि भयो, उनीहरूले पाउने सुविधा केही थिएन । जागिर गुमाएर गरिबीमा पिल्सनुबाहेक उनीहरूसंग अरु उपाय थिएन । यसै समयमा धेरै मानिस रातारात धनी भएपछि बहालमा बसेका वा भूमिहीन मानिसलाई आफ्नो घर जग्गाबाट निकालेर त्यहाँ उद्योग कलकारखाना खोल्ने क्रम बेलायतमा तीव्र बन्यो । यस कारणले घर जग्गा नहुनेहरु सहर छिर्न बाध्य भए । फलस्वरुप बेलायती सहरहरूमा जनसङ्ख्या निकै वृद्धि भएको जानकारी आचार्यले दिए ।
 
बेलायतमा गरिबीको खाडल बढ्दै गएपछि सन् १८३४ मा गरिबी निवारण कानुन (पोअर ल) लागू गरियो जसले केही हदसम्म मजदुर र मध्यम वर्गीय मानिसका समस्या सम्बोधन गर्ने प्रयत्न गर्‍यो । औद्योगिक क्रान्तिले [[पूँजीवाद|पुँजीवाद]]को पक्ष वा विपक्षमा धेरै वादविवाद सुरु गरायो । औद्योगिक क्रान्तिको समयमा भएको गरिबी र काम गर्ने उचित वातावरण नभएकाले सरकारले सामाजिक आर्थिक विषयमा हस्तक्षेप गर्नुपरेको दृष्टान्त पनि छ । अर्थविद् आचार्यले बेलायतमा सन् १८७० देखि १९०० को अवधिमा प्रतिव्यक्ति आर्थिक उत्पादन करिब ५०० गुणा बढेको जानकारी दिए । औद्योगिक क्रान्ति चरणमा रेल्वे विस्तारसँगै आधुनिक बजारशास्त्र सुरु भइ वितरण र उत्पादनको नयाँ युग सुरु भएको थियो । मानिसको जीवनस्तर बढ्नुका साथै बेलायत संसारकै पहिलो औद्योगिक देश बन्न पुगेको थियो । स्मरणीय के छ भने औद्योगिक क्रान्तिको समयमा नयाँ वैज्ञानिक आविष्कार गर्ने प्राय:सबै व्यक्ति सम्भ्रान्त परिवारका थिए जस कारणले आफूले आविष्कार गरेको प्रविधिको विकास गर्न पुँजीले सहयोग गरेको थियो । नेपालका राजनीतिज्ञहरूले सही नीति अबलम्वन गरी पुँजी तथा प्रविधि व्यवस्थापनमा उचित ध्यान दिन जरुरी हुने कुरा बेलायतबाट सिक्न आवश्यक छ ।
 
दुई ठूला देश भारत र चीन बीचमा अवस्थित नेपालको पुँजी पलायन अवस्थालाई मध्यनजर राखी लगानी मैत्री वातावरणको विकास गर्नु नितान्त जरुरी छ । ‘[[विश्वव्यापीकरण|ग्लोवलाइजेसन]]’युगको प्रतिस्पर्धामा उचित जनशक्ति र पूर्वाधार विकासमा ध्यान दिन पनि उत्तिकै खाँचो छ । सरकारी स्वामित्वका उद्योगलाई व्यापारिक हिसाबले व्यवस्थापन विज्ञहरूलाई जिम्मा लगाई बेलायतले अपनाए जस्तो स्वतन्त्र तवरले उद्योग चलाइनु पर्छ । यसमा राजनीतिक हस्तक्षेप पनि बन्द गरिनुपर्छ । सधैं घाटामा जाने र अर्थतन्त्रलाई भार पर्ने उद्योगहरु निष्पक्ष तवरले [[निजीकरण]] गर्नुपर्छ भन्ने शिक्षा बेलायतले सन् १९८० देखि अपनाएको नीतिबाट बुझ्न सकिन्छ ।
 
राजनीतिक स्थायित्व तथा उचित संस्कार, नियम कानुन पालना, क्रेडिट स्कोर र मुद्रा विनिमय प्रणाली आदिमा उचित परिमार्जन गरी उद्यमशीलताको विकास गर्न सके चाहेको जस्तो आर्थिक विकास नेपालले गर्न सक्ने पाठ बेलायतबाट सिक्न सकिन्छ ।<ref>https://www.kantipurdaily.com/diaspora/2017/04/26/20170426171525.html</ref>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1042870" बाट अनुप्रेषित