"थामी जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''थामी''' नेपालमा बसोबास गर्ने एक [[किराँत जाति|किरात]] जाति हो। थामी समुदायका मानिसहरूले आफूलाई "थाङ्‍मी" भन्न रुचाउँछन् । यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू [[वोन या किराँत]] भन्ने गर्छन्। थामी समुदायका मानिसहरू आफ्नै भाषा '''थाङ्‍मी खाम''' बोल्ने गर्दछन् । यो भोटबर्मेली परिवारमा पर्दछ ।
 
थामी जातिको बसोबास धेरैजसो [[दोलखा जिल्ला|दोलखा]] र [[सिन्धुपाल्चोक जिल्ला]]मा रहेको पाइन्छ। तर छिटपुट रूपमा नेपालको ७३ जिल्लामा थामीहरू रहेका छन् भन्ने तथ्याङ्क छ। थामी जाति एउटा अलग प्रकारको रितिरिवाज र स‌ंस्कार बोकेको जाति हो। आफ्नै अलग धर्म भएका थामी जातिले कुलदेवताको रूपमा भुमे(भुम्या )को पूजा गर्दछन् र सबै कर्मकान्ड संस्कारहरू आफ्नै थामी गुरुद्वारा मौखिकरूपमा गर्ने गर्दछन्। यिनीहरूको मुख्य पेसा कृषि हो भने केहि थामीहरू काठसम्बन्धी (सिकर्मी), ढुङ्गासम्बन्धी (डकर्मी) र बाँस/चोयाका सामानहरू बनाउने कार्यमा पनि लागेको पाइन्छ ।
"https://ne.wikipedia.org/wiki/थामी_जाति" बाट अनुप्रेषित