"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४२:
 
=== नाति जर्नेलको हत्या ===
जगतजङ्ग राणाका छोरा द.क.ज. युद्धप्रतापजंग राणा बहादुर (नाति जर्नेल) आफ्नो थापाथलीस्थित दरबार (हाल थापाथली नेपाल राष्ट्र बैङ्क सिंह महल)बाट विद्रोहको सूचना पाई ‘ब्रिटिस रेजिडेन्सी–लैन’ (लैनचौर ) मा शरण लिन पुगिसकेका थिए । त्यहाँ अरू शरण लिन पुगेका काकाहरू पद्मजंग, रणवीरजंग, केदार नरसिंह, ध्वजनरसिंह, भूपेन्द्रजंग, डम्बरजंग, ललितजंग, हरूले खाली हात आएपछि केले जीविका चलाउने भनेकाले फेरि आफ्नो थापाथली दरबार फर्के। त्यहाँबाट डोकोमा आफ्नो भएको चल सम्पत्ति (रुपैयाँ, जवाहरात, सुन) इत्यादि राखी छोप–छाप पारी नाम्लो लगाई सो डोको बोकी, सुरुवाल फुकाली पटुका बेरी, भोटोमाथि इस्टकोट मात्र लगाई भरियाझैँ नचिनिने बनी फेरि ब्रिटिस–रेजिडेन्सीतर्फ जान लाग्दा (हाल थापाथली माइतीघरबाट आर्मी हेडक्वार्टरतर्फ जाने बाटोको मोडमै ‘टुकुचाको पुल’ जो हाल पनि छँदै छ) सो काठको पुल पुग्नुअगावै युद्धप्रतापजंगले हाल–आर्मी हेडक्वार्टरतर्फबाट गारत आएको देखी उनी सो पुलमुनि लुक्न पुगे।
 
गारतका जवानहरूले युद्धप्रतापजंग लुकेको देखी पक्रे। पहिले त युद्धप्रतापजंगलाई गारतले चिन्न सकेनछ, तर भरियाझैँ भई गएका उत्तरतर्फका कमान्डिङ जनरल स्व. [[सुरेन्द्र विक्रम शाह|श्री ५ महाराजाधिराज सुरेन्द्र]]की जेठी शाहज्यादी तर्फका नाति, स्व. [[जङ्गबहादुर राणा|श्री ३ महाराज जंगबहादुर]]का छोरा मुखिया जर्नेल (जंगीलाठ) जगतजंग कुँवर राणाजीका जेठा छोरा, जो जन्मनासाथै मेजर जनरलको पद पाएकाले नाङ्गै खुट्टा हिँड्न सकेनन्, तसर्थ खुट्टामा मोजा र चाँदीको खिपवाल–बेलायती ‘ब्यारेट कम्पनी’को जुत्ता लगाएकाले गारतले चिनेर निजको त्यहीँ हत्या गरी धन–सम्पत्ति तत्कालीन कमान्डर मेजर ललितमानसिंह बस्नेतले हत्याए। यसरी बाबु–छोराहरूको सोही रात हत्या गरियो।
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित