"सात गाउँले जात्रा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
शीघ्र मेटाउन अनुरोध गरिँदै (शीमे ले१)। (ट्विङ्कल)
पङ्क्ति १:
{{db-nocontext}}
{{Orphan|date=जुन २०११}}
काठमाडौँको दक्षिण पश्चिम क्षेत्र अवस्थित चन्द्रागिरि नगरपालिका र कीर्तिपुर नगरपालिका क्षेत्र भित्रका केहि गाउँमा प्रत्येक वर्ष न्हय्‌गां जात्रा मनाईन्छ । यस जात्रालाई पुरानो नाम अनुसार बखुमल: तथा बखुमद: जात्रा भनिन्छ । पछिल्लो समय यसलाई नेपाली नामाकरण गरि सात गाउँले जात्रा पनि भन्ने गरेको पाईन्छ । 'सात गाउँ' नेपाल भाषा शब्द 'न्हय्‌गां' बाट आएको हो, नेपालभाषामा 'न्हय्‌गां' भन्नाले सात गाउँ भनेर बुझिन्छ । एकै समय, एउटै जात्रा सात गाउँमा मनाईने भएकाले यसलाई न्हय्‌गां जात्रा भनिएको हो । काठमाडौंको दक्षिण पश्चिममा कीर्तिपुर, पाँगा, नगाउँ, ल्होँखा: (ल्ह्वःकोट), बोसीगाउँ, सतुङ्गल र मच्छेगाउँमा बस्नेहरूलाई सात गाउँले भन्दछन् |उक्त जात्रा नगरपालिका क्षेत्रका सात स्थानमा पटकपटक गरी मनाइन्छ। पछिल्लो ३ दशक यता नैकाप पनि यस जात्रामा सहभागि भएको छ । बखु (विष्णुदेवी मन्दिर परिसर)मा सबै गाउँको देवी देवता ल्याई हर्षोल्लासका साथ यो जात्रा मनाईन्छ । बखुको विष्णु देवीलाई आमा मानिन्छ भने त्यहाँ ल्याईने बोसीगाउँ, ल्होँखा:, सतुङ्गल र मच्छेगाउँको देवी देवतालाई उस्को सन्तानकोरुपमा लिईन्छ । मल्लकालदेखि नै नगरक्षेत्रमा सात गाउँले जात्रा 'लाखेपा' मनाउने गरिन्छ। मल्लकालमा एक राजकुमार कीर्तिपुरमा बास बस्न आउँदा लाखेपा नामको दैत्यसँग झगडा गरी राजकुमारले उक्त क्षेत्रबाट हटाएपछि स्थानीय जनताले खुसियाली मनाएको किम्वदन्ती छ।मङ्सिर शुक्ल चतुर्थीका दिनदेखि लाग्ने यो जात्रा कीर्तिपुर र यस आसपासका सात गाउँमा सात दिन सम्म लाग्छ|