"पिरामिड प्रयोगशाला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३६:
पिरामिड उच्च विज्ञान तथा अनुसन्धान केन्द्रमा शुद्ध सौर्य शक्तिको मात्र प्रयोग गर्दछ। त्यसो त हाइड्रो पावर (Hydro Power) र वायु शक्ति (wind power) जडान नगरिएको होईन तर यो भरपर्दो नभएकोले पिरामिडको पूर्वी र दक्षिण मोहडामा जडित Solar array हुँदै जमीनमुनी राखिएको ९८ व्याट्रीहरूवाट विधुत वितरण गरिएको छ। त्यहि सञ्चित विजुलीवाट पिरामिडको सम्पूर्ण उपकरण लगायत ल्यावको दक्षिण दिशामा बनाएको अतिथि गृहमा प्रयोग हुने steambath,Hotshower,kitchen लगायत कोठा न्यानो बनाउनकालागि लागि प्रयोग गरिन्छ। प्रत्येक कोठामा न्यूज च्यानल सहित ३०० भन्दा बढी ल्भधक न्यूज च्यानल जोडिएको यो अतिथि गृह यूरोपको पहाडी ईलाकामा रहेको अतिथि गृह वरावर छ। एक पटकमा २५ जना सम्म अनुसन्धान कर्ता,प्राविधिक र अन्य सहयोगी कर्मचारीको आवास र खानपिनको आवश्यक्ता थेग्न सक्ने यो सुविधा सम्पन्न प्रयोगशालामा अध्ययन अनुसन्धान कार्य गर्ने गराउनको लागि कुनै पनि वैज्ञानिक संस्थाले EVK२ CNR(ITALY) र NAST technical committee(Nepal) वाट अनुमति लिनु पर्छ। यसरी अनुमति पश्चात पिरामिड व्यवस्थापकको सहयोगमा आफ्नो अध्ययन तथा अनुसन्धान कार्य सम्पन्न गर्न सकिन्छ।
 
== उपकरणहरू ==
 
ABC- PYRAMID(NCO-P)
 
Atmospheric brown cloud laboratory or Nepal Climate Observatory-Pyramid
 
भू-विज्ञान,चिकित्सा,मानव शास्त्र र जीव विज्ञान जस्ता उच्च स्तरको अनुसन्धानको क्रमसँगै सन् २०००को शुरु देखिनै वातावरण विज्ञानले ठूलो हिस्सा लियो। द्रुत गतिमा भइरहेको जलवायु परिवर्तन र नकरात्मक असर नै यसको प्रमुख कारण थियो। यसै कुरालाई मध्यनजर गरी संयुक्त राष्ट्र सङ्घिय वातावरणिय प्रोजेक्ट संयुक्त राष्ट्र सङ्घिय वातावरणिय प्रोजेक्ट (UNEP) र EVK२CNRको संयुक्त प्रयासमा project (ABC-p) Atmospheric brown cloud निर्माण गरियो। यसलाई { (NCO-P) Nepal climate Obeservatory –p भन्ने अन्तर्राष्ट्रिय नाम दिइयो। पिरामिड अनुसन्धान केन्द्र भन्दा ०.३ किमी टाढा ५०७३ मिटर उचाइमा बनाइएको ABC-pyramid अथवा NCO-p प्रयोगशालामा चौवीसै घण्टा प्रदुषणकारी तत्त्व pollutants and aerosolको अनुसन्धान गरिरहेको हुन्छ। विश्वकै अत्याधुनिक वातावरण विज्ञानको अनुसन्धान गर्ने उपकरण जोडिएको यो स्टेसनवाट अत्याधिक सानो (१५ nm to ३२ m)तर अति संवेदनशील तत्वहरू नजीकवाट नियालीरहेको हुन्छ। ११२ वटा सौर्य पट्टीका (Solar Panel) हुँदै १२० वटा ब्याट्रीवाट सञ्चालित यस प्रयोगशाला भित्र
 
● Aerosol number & size distribution((१५ nm to Um) DMPS/SMPS
 
● OPC GRIMM (Environmental dust monitor)
 
● Black carbon concentration.MAAP
 
● Total &Back scattering coefficient integrating Nephelometer TSI-३५६३
 
● Aerosol Optical Depth CIMEL
 
● Surface Ozone Concentration TEI ४९C
 
● Green house gasses concentration (CFC HFC, HCFC)
 
● Chemical Mass closure of aerosol .Filter sampling
 
● Solar Irridance (२००-३६० nm) pyranometer CMP २१
 
● Meteorological parameter (VIASALA WXT -५१०)
 
जस्ता वायुमण्डल अनुसन्धानको उपकरण जोडिएका छन्। यि उपकरणहरू वाहिरी वातावरणसँग सिधा सम्पर्क हुने गरी छानामा ४ वटा प्वाल वनाई त्यसवाट उपकरणहरूको टाउको वाहिर निकालिएको छ। EVK२ CNR समिति तथा pyramidको उच्च प्राविधिक औजारहरू अन्तराष्ट्रिय वैज्ञानिक समुदायका लागि महत्त्वपूर्ण स्रोतस्थल सावित भएको छ। कार्यस्थलहरू (station)को सञ्जाल (SHARE Asia ,Stations at high Altitude for research on the Environment)को आयोजनामा ४ स्टेसनहरू संलग्न छन्। हिमालय तथा काराकोरम क्षेत्रमा जलवायु तथा भौगोलिक स्थितिको अनुगमन अहिलेसम्म भएका व्यवस्था मध्ये यो उत्तम व्यवस्था हो। विश्वमा जम्मा १३ वटा मात्र यी स्टेसनहरू रहेको छन्। ज्यादै कठिन अवश्थामा पनि काम गर्न सक्ने यि स्टेसनहरूले छिट्टै जर्जिया देखि पाकिस्थान, नेपाल र भुटान सम्मका सूचना सङ्कलन गर्छ।
SHARE –asia Stationsको मुटु भनेको ABC PYRAMID हो। संसारको सवै भन्दा उच्च भागमा रहेको यस विश्व वातावरणिय प्रदुषण अनुगमन स्टेसनलाई औपचारिक रूपमा नै संयुक्त राष्ट्रसंघिय वातावरण योजना (United Nations Environment Program-UNEP)को शाखा कार्यस्थल, Project Atmospheric Brown Clouds (ABC) का रूपमा मान्यता प्राप्त भए पछि यो स्टेसन हिमालयमा गरिने इटालियन अनुसन्धानको अर्को महत्त्वपूर्ण उपलव्धिको रूपमा लिइन्छ। ABC-Pyramidको सफल सञ्चालनको कारण पृथ्वीको उच्च भागमा रहेको वातावरणिय योगहरूको गहिरो विश्लेषण गर्न र प्रदुषणकारी तत्वहरूका संवाहन र त्यसले मनसुनि चक्रमा हुने उतार चढाव जस्ता महत्त्वपूर्ण पक्षहरू र यिनिहरूले वातावरणमा रहेको पानी र उर्जा वीचको सन्तुलन जस्ता विषयहरूमाथि अनुसन्धान गर्न सम्भव भएको छ। SHARE – Asia Networkको अति महत्त्वपूर्ण पूझ्जी भन्नु नै स्वचालित मौसमी केन्द्रहरू हुन्।
 
यि स्टेसनहरू निम्न ठाउँमा रहेका छन्—-
 
• चौंरीखर्क स्वचालित मौसम केन्द्र (Chauri kharka AWS and CEOP)
 
• नाम्चे स्वचालित मौसम केन्द्र (Namche Automatic weather station)
 
• फेरिचे स्वचालित मौसम केन्द्र (Pheriche Automatic weather station,४२००m)
 
• पिरामिड स्वचालित मौसम (Pyramid AWS& CEOP ५०००m)
 
• कालापथ्थर स्वचालित मौसम केन्द्र (Kalapatthar Automatic weather station,५६००m)
 
• छ्याडरी नुप स्वचालित मौसम केन्द्र (Changri Nup Automatic weather station,५७००m)
 
• साउथकोल स्वचालित मौसम केन्द्र (South Col Automatic weather station ८०००m)
 
यिनिहरूले सकंलन गरेका तथ्याकंको विश्लेषण गरी तयार गरिएको जलवायु तथा वातावरण सम्वन्धि मान्यताहरूले अन्तराष्ट्रिय कार्यक्रम coordinated enhanced observing period (Ceop) लाई ठूलो योगदान पुर्‍याएको छ। SHARE-Asiaले आफ्नै किसिमका भौगर्भिक तथ्याकंहरू पिरामिडको GPS Master Station वाट प्राप्त गर्दछ। French National Center for Space Slides(CNES)को रेडियो स्टेसनको रूपमा रहेको Doppler orbitography and radio postioning Integrated by satellite (DORIS) पृथ्वीको परिधिसगं सम्वन्धित अत्यन्त महत्त्वपूर्ण तथ्याकं सकंलन गर्दछ। पिरामिडले सकंलन गरेका विभिन्न सूचनाहरूबाट नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज र पाकिस्थानको के टु क्षेत्रमा रहेका हिमताल सम्वन्धि महत्त्वपूर्ण वैज्ञानिक उपलव्धिहरू प्राप्त भएका छन्। यूरोपेली परिषदको सहयोगमा सञ्चालित दीर्घकालिन वातावरण अनुसन्धान (Long Term ecological Research –LTER)ले पिरामिड क्षेत्रमा सङ्कलन गरेका तालहरूको जल रसायन र जीव विज्ञान सम्वन्धि तत्याकंवाट पनि महत्त्वपूर्ण उपलव्धिहरू प्राप्त भएका छन्।
 
SHARE – Asiaको महत्त्वपूर्ण पक्ष स्थानिय सङ्गठनहरू, विज्ञहरू, राष्ट्रिय निकुञ्ज व्यवस्थापन, जलवायु विज्ञान विभागको प्रत्यक्ष संलग्नता गर्नु हो। विकासोन्मुख देशमा वातावरणीय दृष्टिवाट सफा प्रविधि र वातावरण संरक्षण र विकासमा महत्त्वपूर्ण प्रयास थालनी गरेको छ। उच्च हिमाली क्षेत्रमा फोहोरमैलाको वातावरणीय व्यवस्थापन सम्वन्धि कार्यहरू संस्थागत हुन पुगेका छन्। औषधि र hypoxia थेग्न सक्ने गरी चिकित्सकिय विज्ञानको क्षेत्रमा गरिएका नविनतम अनुसन्धानले हिमाली क्षेत्र र ककेसस क्षेत्रमा वसोवास गर्ने जातीहरूमा गरिएको अनुसन्धानले विश्व स्वास्थ्य संघको मात्रै ध्यानाकर्षण नगरि औषधि उत्पादनको क्षेत्रमा (pharmaceutical sector) हुन सक्ने सहकार्य समेतका सम्भावनाको ढोकाहरू खोलिदिएका छन्।
 
==सन्दर्भ सामग्री==