"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा
[[फ्रान्स]]मा धेरै पहिलेदेखि निरंकुस शासन चलेको थियो। फ्रान्समा [[लुई चौधौँ]] योग्य भए पनि उनका छोरा लुई पन्धौं योग्य थिएनन्। लुई चौधौँको मृत्युपछि सन् १७१५ मा ५ वर्षको उमेरमा लुई पन्धौं गद्दिमा बसेका थिए। उनी अयोग्य, विलासी र अदुरदर्शी थिए। सन् १७७४ मा उनको मृत्यु भएपछी उनका छोरा [[लुई सोह्रौँ|लुई सोह्रौ]] २० वर्षको उमेरमा गद्दिमा बसे। यी सबै राजाहरु निरंकुस भएकाले जनताहरु राजनीतिक, सामाजिक, आर्थिक आदि रूपमा शोषित थिए ।
 
क्रान्तिको पूर्व सन्ध्यामा लुई १६ औँ (१७७४-९३)को शासन थियो। उनी एक अकर्मण्य र अयोग्य शासक थिए। उनले पनि स्वेच्छाचारित र निरंकुशताको गरे प्रदर्शन गरे। उनको भनाइ थियो कि "यो चीज यसकारण कानूनी हो किनभने म नै यो चाहन्छु।" आफ्नो एक मन्त्रीले राजिनामा दिदा उनले भनेका थिए कि-सायद! म पनि राजीनामा दिन पाए। उनी माथी उसकी पत्नी मेरी एन्टोनिएट को अत्यधिक प्रभाव थियो। रानी फिजूलखर्ची थिइन्। उनलाई सर्वसाधारण जनताको समस्याको कुनै ज्ञान थिएन। एक पटक जब मानिसहरूको जुलूस रोटीको माग गरिरहेका थिए तब उनले सल्लाह दिएका थिए कि-" यदि रोटी उपलब्ध छैन भने केक किन खादैनौ?" {{sfn|खरेल|२०६४।pp=15}}
 
सन् १७८९ मा फ्रान्समा निरंकुस शासन व्यबस्थालाई समाप्त गर्न ठुलो क्रान्ति भयो। उक्त क्रान्तिलाई '''फ्रान्सेली राज्यक्रान्ति''' भनिन्छ ।
=== सामाजिक कारण ===
[[चित्र:Troisordres.jpg|thumb|साधारण वर्ग; कुलीन वर्ग र उच्च पादरी वर्गको चित्रण]]
फ्रान्सको समाज मूलतः सुबिधा प्राप्त वर्ग र सुबिधा अप्राप्त वर्गमा विभाजित थियो । सुविधा प्राप्त वर्गमा कुलीन तथा पादरीहरु र सुबिधा अप्राप्त वर्गमा मध्यमवर्ग, बौद्दिक वर्ग कालिगढ, व्यापारी, किसान तथा मजदुरवर्ग पर्दथे । पादरी तथा कुलीन वर्ग सबै किसिमका सुविधाबाट नजिक थिए। उनीहरूको सामाजिक स्तर उच्च ठानिन्थ्यो। भने अन्य वर्गलाई तल्लो स्तरको ठानेर उनीहरूलाई कुनै पदमा नियुक्ति गरिदैनथ्यो।{{sfn|खरेल|२०६४।pp=15}}
 
पादरी तथा कुलीन वर्ग विशेष सुबिधा उपयोग गर्दथे भने सर्वसाधारणमध्ये किसान तथा मजदूरको अवस्था एकदमै गुज्रेको थियो । स्वतन्त्र किसानको जग्गा जमिन हुन्थ्यो। यी किसानले अनेकानेक कर तिर्नु पर्दथ्यो भने अर्धदासले जागिरदारको खेतमा काम गर्नु पर्थ्यो भने स्वतन्त्र किसानले नगद तिर्नु पर्थ्यो। पादरी र कुलीन वर्ग [[कर]]बाट मुक्त थिए ।{{sfn|खरेल|२०६४।pp=15}}
 
* '''प्रथम स्टेट''': पादरी वर्ग प्रथम स्टेट सदस्य भनिन्थे । चर्चको आफ्नो बेग्लै सरकार थियो । यसको आफ्नै सङ्गठन, न्यायलय थियो र आफ्नै आर्थिक स्रोत थियो। चर्चको उच्च पदमा कुलीन वंशको व्यक्ती नियुक्त हुन्थे र आम्दानी भोगविलास जीवन बिताउथे। साधारण पादरी दोश्रो श्रेणीका थिए। यिनीहरू इमानदार हुन्थे तर यिनीहरूको अवस्था भने एकदमै नाजुक थियो। यिनीहरूको अवस्था साधारण वर्गको जस्तो थियो। उच्च पादरीको भोग विलासपूर्ण जीवन देखेर यिनीहरू रिसले आगो हुन्थे। यिनीहरू सुधारवादी र आन्दोलनप्रती समेत जागरुक थिए। फ्रान्समा क्रान्ति हुँदा यिनीहरू अग्रमोर्चामा देखा परे।{{sfn|खरेल|२०६४।pp=15}}
 
* '''द्वितीय वर्ग''': कुलीनवर्ग जो विशेषाधिकार सम्पन्न थियो, यसलाई फ्रान्समा दोश्रो स्टेट भनिन्थ्यो। यिनीहरूलाई '''मेरा मालिक''' (My Lord) र '''अन्न दाता''' (Your Grace) भनेर सम्बोधन गरिन्थ्यो। राजदरबारमा यिनीहरू भेला भैरहन्थे र राज्यको प्रमुख ठाँउमा यिनीहरूको नै पहुँच थियो । इङ्ल्याण्डको जस्तो जेठो छोराले मात्र कुलीन पद पाउने नभएर फ्रान्समा कुलीनका सबै सन्तान कुलीन हुन्थे। यो वर्गले आफ्नो सम्पत्ति जाँड-रक्सी, जुवा तास र भोगविलासमा सकेको थियो र धेरै कुलीन गरीब भएका थिए तर बित्थाको अधिकार प्राप्त गरेको हुनाले साधारण वर्ग यिनीहरू देखि सन्तुष्ट थिएनन्। फ्रान्समा क्रान्ति हुँदा यिनीहरू प्रती कसैले सहानुभूति देखाएनन्।{{sfn|खरेल|२०६४।pp=15}}
 
* '''तृतीय स्टेट''' : तृतीय स्टेटमा जनसाधारण वर्गसँग संबद्ध थिए जसलाई कुनै विशेषाधिकार प्राप्त थिए। यसमा मध्यम वर्ग किसान, मजदूर, शिल्पी, व्यापारी र बुद्धिजीवी मानिस थिए। यस वर्गमा पनि भारी असमानता थियो। यी सबै वर्गको आ आफ्नो समस्याहरू थिए। किसानको संख्या सर्वाधिक थियो र यीनको अवस्था निम्न र दयनीय थियो। किसानले राज्य, चर्च तथा अन्य जमीदारहरूलाई अनेक प्रकारको कर दिनु पर्थ्यो। र सामन्ती अत्याचारीलाई सहनु बाहेक अर्को बाटो थिएन। एक दृष्टिबाट किसानको असन्तोषको मुख्य कारण सामन्तद्वारा दिइने कष्ट एवं असुविधा थिए र राजतन् यसमा चुप्पी साधे हुए था। यस प्रकार किसान यति दुःखी थिए कि उनीहरू स्वयं नै एक क्रान्तिकारी तत्वको रूपमा परिणत भए र उनीहरूले क्रान्ति गर्नको लागि मात्र एक झिल्को को आवश्यकता थियो।{{sfn|खरेल|२०६४।pp=15}}
 
मध्यम वर्ग ([[बुर्जुवा|बुर्जुआ]])मा साहुकार व्यापारी, शिक्षक, वकील, डॉक्टर, लेखक, कलाकार, कर्मचारी आदि सम्मिलित थिए। उनकी आर्थिक अवस्था अवश्य ठीक थियो तर पनि उनीहरू तत्कालीन राजनीतिक, सामाजिक र आर्थिक परिस्थिति प्रति आक्रोशित थिए। यस वर्गलाई कुनै राजनीतिक अधिकार प्राप्त थिएन र पादरी र कुलीन वर्गको व्यवहार उनीहरू प्रति राम्रो थिएन। यस कारण मध्यमवर्ग कुलीन को सामाजिक श्रेष्ठतालाई घृणा गर्थे र राजनीतिक व्यवस्थामा परिवर्तन गरेर आफ्नो अधिकार प्राप्त गर्न इच्छुक थिए। यही कारण फ्रान्सको क्रान्ति मा उनीहरूको मुख्य योगदान रह्यो र यसै वर्गले क्रान्तिको नेतृत्व गर्यो। मध्यवर्गको केहि आर्थिक उजुरी पनि थिए। पूर्वको वाणिज्य व्यापारको कारण यस वर्गले धनसम्पत्ति अर्जिन गरेका थिए तर सामन्ती वातावरण मा उनीहरूको व्यापारमा धेरै प्रकारको प्रतिबन्ध लागेको थियो र ठाउँ ठाँउ चुंगी कर/ घुस दिनु पर्थ्यो। उनीहरू आफ्नो व्यापार व्यवसायको लागि उन्मुक्त वातावरण चाहन्थे। यसको लागि उनीहरूले क्रान्तिको नेतृत्व गरे।{{sfn|खरेल|२०६४।pp=15}}
 
मध्यम वर्ग ([[बुर्जुवा|बुर्जुआ]])मा साहुकार व्यापारी, शिक्षक, वकील, डॉक्टर, लेखक, कलाकार, कर्मचारी आदि सम्मिलित थिए। उनकी आर्थिक अवस्था अवश्य ठीक थियो तर पनि उनीहरू तत्कालीन राजनीतिक, सामाजिक र आर्थिक परिस्थिति प्रति आक्रोशित थिए। यस वर्गलाई कुनै राजनीतिक अधिकार प्राप्त थिएन र पादरी र कुलीन वर्गको व्यवहार उनीहरू प्रति राम्रो थिएन। यस कारण मध्यमवर्ग कुलीन को सामाजिक श्रेष्ठतालाई घृणा गर्थे र राजनीतिक व्यवस्थामा परिवर्तन गरेर आफ्नो अधिकार प्राप्त गर्न इच्छुक थिए। यही कारण फ्रान्सको क्रान्ति मा उनीहरूको मुख्य योगदान रह्यो र यसै वर्गले क्रान्तिको नेतृत्व गर्यो। मध्यवर्गको केहि आर्थिक उजुरी पनि थिए। पूर्वको वाणिज्य व्यापारको कारण यस वर्गले धनसम्पत्ति अर्जिन गरेका थिए तर सामन्ती वातावरण मा उनीहरूको व्यापारमा धेरै प्रकारको प्रतिबन्ध लागेको थियो र ठाउँ ठाँउ चुंगी कर/ घुस दिनु पर्थ्यो। उनीहरू आफ्नो व्यापार व्यवसायको लागि उन्मुक्त वातावरण चाहन्थे। यसको लागि उनीहरूले क्रान्तिको नेतृत्व गरे।
 
 
 
=== आर्थिक कारण ===
सन् १७७४ मा लुइ १६ औँ आर्थिक सङ्कटको माझ फ्रान्सको गद्दी सम्हाले। राज्यमा चरम घाटाको बजेट थियो र टाट पल्टने अवस्थामा पुगेको थियो। <ref>Frey, p. 3</ref> यसको कारण भनेको फ्रान्सको [[सात वर्षे युद्ध|सप्तवर्षीय युद्ध]] र पछि [[अमेरिकी क्रान्तिकारी युद्ध|अमेरिकी स्वतन्त्रता सङ्ग्राम]] मा सहभागी हुनु थियो जुन फ्रान्सलाई निकै महङ्गो पर्न गयो।<ref>{{cite web|url=http://www.sparknotes.com/history/european/frenchrev/section1.html|title=France's Financial Crisis: 1783–1788|accessdate=26 October 2008}}</ref> वस्तुतः फ्रान्सको राजपरिवारको फजुलखर्च र लुइस १४औं को लगातार युद्धमा सामेल हुने नीतिको कारणले शाही कोष खाली भएको थियो। उनको मृत्यु पछि लुइस १५औं ले अष्ट्रियाको उत्तराधिकार युद्ध एवं सप्तवर्षीय युद्धमा भाग लिए जसबाट राज्यकोष माथिको बोझ झनै बढ्यो र लुइस १६औं ले अमेरिकी स्वतन्त्रता युद्धमा भाग लिएपछि फ्रान्सको आर्थिक अवस्था झनै जर्जर बन्यो।{{sfn|खरेल|२०६४।pp=15}}
 
सम्राट, साम्राज्ञी र उनका परिवारमाथि राज्यको अत्यधिक धनराशी खर्च गरिन्थ्यो। भर्साइल राजदरबार राजकोषको लुटपाटको साधन बनिरहेको थियो। अर्को तर्फ कर प्रणाली असन्तोषजनक थियो। विशेषाधिकारको कारण सम्पन्न वर्ग करबाट मुक्त थुए भने गरिब किसान जो आर्थिक दृष्टिले विपन्न थिए, एकमात्र करदाता उनीहरू थिए। यसप्रकार राजकोषको स्थिति अत्यन्त दयनीय भएको थियो। सरकार फ्रान्समा आय अनुसार व्याव निश्चित गर्नुको साटो व्यवको अनुसार आय निर्धारण गर्थ्यो। मे १७७६ मा, अर्थमन्त्री टुर्गोटलाई हटाइयो, र नेकरलाई, विदेशी,लाई आर्थिक जनरल बनाइयो। उनलाई आधिकारिक मन्त्री बनाउन मिल्दैनथ्यो किनभने उनी एक प्रोटेस्टेन्ट थिए।<ref name="Hib35">Hibbert, pp. 35, 36</ref>
 
 
फ्रान्सेली राज्यक्रान्ती हुनुमा फ्रान्सको जर्जर हुँदै गइरहेको आर्थिक कारण पनि थियो । मुलुक ऋणको भारले थिचिएको थियो । प्रत्येक वर्षको बजेट कैयौँ करोड घाटा भइ रहेको थियो । यो घाटा पूर्तिको लागि केवल दुईवटा उपाय थिए, नयाँ ऋण लिने या जनतामाथी थप कर लगाउने । सरकारलाई ॠण दिन जनताले पत्याउन छोडिसकेका थिए भने जनताहरू पहिला नै करको बोझले यसरी थिचिएका थिए कि नयाँ कर तिर्ने उनीहरूमा कुनै शक्ति थिएन ।{{sfn|खरेल|२०६४।pp=15}}
 
फ्रान्सको राज्य क्रान्ति हुनु अघि केही अर्थमन्त्रीले फ्रान्सको अर्थतन्त्र सुधारको विभिन्न प्रयास गरेका थिए, जस्तो टुर्गोट, नेकर, केलोन आदि । टुर्गोटले भू-स्वामीलाई पनि समान करको दायरामा ल्याउन चाहे तर सामन्तले यिनको विरोध गरेर रानीसँग यिनलाई हटाउन विन्ती गरे । राजा लुई सोर्हौं रानीको कुरा टाल्न सक्दैनथे परिणाम टुर्गोटलाई राजाले पदबाट हटाए । यिनी पछि नेकर नयाँ अर्थमन्त्री बने । यिनको जोड खर्च कम गर्ने कुरामा थियो । यिनले देशको आर्थिक अवस्था जनतामा प्रस्तुत गरे जसले गर्दा देशको आर्थिक अवस्था कती बिध्न नाजुक रहेछ भनेर पहिलो पटक जनताले थाहा पाए । यिनका खर्च कम गर्ने नीतिबाट खर्चालु र विलासी [[मेरी एन्टोइनेट|रानी एन्टोनिएट]] प्रसन्न भइनन् । राजालाई दबाब दिएर नेकरलाई पदबाट हटाउन लगाइन् ।{{sfn|खरेल|२०६४।pp=15}}
 
== दार्शनिकको भूमिका ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/1039048" बाट अनुप्रेषित