"फ्रान्सेली राज्यक्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७४:
 
=== भोल्टेयर ===
भोल्टेयर ( १६९४ - १७७८ ई .) ले आफ्नो पुस्तक, "लेटर्स अन द इंगलिश" आदि, को माध्यमबाट ब्रिटेनमा प्रचलित उदार राजनीति, धर्म र विचारको स्वतन्त्रताको चित्रण गरे तथा पुरातन फ्रान्सेली व्यवस्थासँग तुलना गरे र फ्रान्समा व्याप्त बिकृती एवं कमजोरीको उल्लेख गरे ।गरे। प्रतिबन्धित हुनुको बाबजुद यो पुस्तक बहुत लोकप्रिय भएको थियो । भोल्टेयरले चर्चको भ्रष्ट अचारण, असहिष्णुता, अन्याय, दमन र अत्याचारको विरोधमा लेखे । चर्चको भ्रष्टता माथी औंला उठाउदै उनले लेखे "अब कोही पनि ईसाइलाई बचाउन सकिदैन किनकी एक मात्र ईसाई थिए र उसलाई पनि सुलीमा चढाइयो।" उनले थप लेखे "कुख्यात एवं बदनाम चीजलाई खुट्टाले धसिदियौँ।" यो स्पष्ट रूपमा फ्रान्सको निरंकुश राजतन्त्र एवं चर्चको अत्याचारमाथि प्रहार थियो। भोल्टेयर इंग्ल्याण्डको [[संवैधानिक राजतन्त्र]]को अनुरूप फ्रान्समा पनि त्यसै अनुसारको शासन स्थापित गर्न चाहन्थे। उनले भनेका थिए "म सयौँ मुसाको स्थानमा एक सिंहको शासन मन पराउँछु ।" भोल्टेयरले क्रान्तिको कुरा गरेनन् तर वैचारिक स्वतन्त्रताको पृष्ठभूमि तयार गरेगरे। उनले उच्च पादरीको विलासी जीवनको सक्दो विरोध र निन्दा गर्‍। अन्याय, शोषण, अत्याचारको, असमानता, अन्धविश्वासको विरोध गर्दा जेल पनि परे।{{sfn|खरेल|२०६४।pp=15}}
 
=== रूसो ===