"दुर्योधन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
 
===== शान्ति प्रस्ताव =====
<ref>महाभारत,[[उद्योग पर्व|उद्योगपर्व]] गीताप्रेस गोरखपुर</ref>
[[चित्र:Krishna as Envoy.jpg|thumb|left|225px|कौरव सभामा श्रीकृष्ण]]
१२ वर्षको वनवास र १ वर्षको अज्ञातवासको शर्त पूरा गरेपछि पनि जब [[कौरव|कौरव]]ले [[पाण्डव|पाण्डव]]लाई उनीहरूको राज्य फिर्ता दिन अस्विकार गरे तब [[पाण्डव]]हरूलाई युद्ध गर्न बाध्यता सिर्जना हुन गयो । परन्तु [[कृष्ण|श्रीकृष्ण]]ले बताए कि यो युद्ध सम्पूर्ण विश्व सभ्यताको विनाशको कारण बन्न सक्दछ अतः उनले युद्ध रोक्ने हर सम्भव प्रयास गर्नको लागि सुझाव दिए। [[कृष्ण]]ले दुर्योधनलाई एक अन्तिम अवसर अवश्य दिनु पर्ने बताए, त्यसकारण कृष्ण पाण्डवको तर्फबाट कुरुराज्य सभामा शान्तिदूत बनेर गए र दुर्योधनबाट पाण्डवलाई केवल पाँच गाँउ दिएर युद्ध टार्ने प्रस्ताव राखे। जब दुर्योधनले पाण्डवलाई सियो टुप्पो जति जमिन पनि नदिने बताए तब कृष्णले बुझे कि दुर्योधनको यस हठको कारण उसको वंश र साथीहरूलाई साथ-साथ कयौं निर्दोष मानिसहरु युद्धको बलि चढ्न पर्छ। यस कुराले दुर्योधन क्रोधित बनेर श्रीकृष्णलाई बन्दी बनाउने कोशिश गरे तर कृष्णले आफ्नो विराट रूप प्रदर्शन गरेर त्यहाँबाट हिडे । यस पछि [[युधिष्ठिर]] युद्धको लागि विवश हुनु पर्यो। यसै समय भगवान [[व्यास (ऋषि)|वेदव्यास]]ले [[धृतराष्ट्र]]को सामु गएर बताए कि "तिम्रा पुत्रहरूले समस्त गुरुजनको कुराको अवहेलना गरेर अन्ततः महाविनाशकारी युद्धलाई निमन्त्रणा दिए।" धृतराष्ट्रले युद्धको संसूचना जान्ने विन्ती गर्दा [[व्यास (ऋषि)|वेदव्यास]]जीले उनलाई महायुद्ध देख्न सकिने दिव्य दृष्टि प्रदान गर्ने कुरा बताए। यसमाथि [[धृतराष्ट्र]]ले "मेरै कुलको विनाश भएको मेरै आँखाले हेर्न सक्दिन। अतः हजुरले कृपा गरेर यस्तो व्यवस्था गरिदिनु पर्यो कि यस युद्धको समाचार मलाई मिलि रहोस्।"
 
यो सुनेर [[व्यास (ऋषि)|वेदव्यास]]जी ले [[सञ्जय]]लाई दिव्य दृष्टि प्रदान गरे र भने , “हे [[धृतराष्ट्र]]! मैले [[सञ्जय]]लाई दिव्य दृष्टि प्रदान गरेको छु । सम्पूर्ण युद्ध क्षेत्रमा कुनै पनि कुरा लुक्न छिप्न सक्दैन। उनले तिमीलाई यस महायुद्धको सारा वृत्तान्त सुनाउनेछन्।” यति भनेर वेदव्यासजी बिदा भए।
 
===== युद्धको तयारी =====
"https://ne.wikipedia.org/wiki/दुर्योधन" बाट अनुप्रेषित