"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८०:
पितामह भीष्म झै द्रोणाचार्य पाण्डवलाई पाँच गाउँ दिएर भएपनि युद्ध टार्नु पर्ने विचारका पक्षपाती थिए। आखिरमा राजा धृतराष्ट्रको पुत्रमोहको अगाडि उनीहरूको केही लागेन। आचार्य द्रोण कौरवको पक्षबाट लड्ने भए।
 
युद्धको दसौं दिनमा भीष्म वाण शैयामा शयन भएपछि आचार्य द्रोण कौरव सेनाका सेनापति भए। पाण्डव प्रति उनको विषेश अनुरागले दुर्त्योधनले उनलाई बारम्बार अपमान गरिरहन्थे। उनले युधिष्ठिरलाई बन्दी बनाउन [[चक्रव्युह]]को निर्माण गरे। युद्धको बाह्रौ दिनमा उनले राजा द्रुपद, बिराट राजाको संहार गरे।
महभारतको युद्धमा चक्रव्युहलाई भेदन गर्ने जानकारी पाण्डव पक्षमा अर्जुन, कृष्ण, प्रद्युम्न र अभिमन्युलाई मात्र थियो, तर यसको रचनाको अवसरमा त्यहाँ अभिमन्यु मात्र उपस्थित थिए। अभिमन्युले यो ज्ञान आफ्नी आमाको गर्भबाट नै प्राप्त गरेका थिए। तर उनलाई यहाँबाट बाहिर निस्कने तरिका थाह थिएन। अत: जब युद्धमा अभिमन्युले कौरव सेनापति दोर्णाचार्यद्वारा रचित यस व्युहमा प्रवेश गरेर उनले छ वटा द्वारहरू त फोरे तर सातौँ द्वारमा कौरव पक्षका सबै महारथिहरूले धर्म विरूध्द मिलेर उनको वध गरेका थिए।
=== बिरगती ===
कुरुक्षेत्रमा [[द्रुपद (महाभारत)|द्रुपद]]को पुत्र [[धृष्टद्युम्न]] पाण्डव सेनाको सेनापति भए। अपूर्ब वातवरणको संयोगको सहायता पाएर दृष्टद्युम्नले अजय द्रोणाचार्यलाई कुनै जुक्तिले मार्न सफल भएका थिए  ।<ref>http://mahabharatinnepali.blogspot.com/2013/06/post-14.html</ref>
"https://ne.wikipedia.org/wiki/द्रोणाचार्य" बाट अनुप्रेषित