"क्युबा क्षेप्यास्त्र सङ्कट" का संशोधनहरू बिचको अन्तर

सुधार गरियो
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''क्युबाली क्षेप्यास्त्र सङ्कट''' (अन्य नामः '''सन् १९६२ को अक्टोबर सङ्कट''', '''क्षेप्यास्त्र त्रासदी''', {{भाषा-स्पेनी|Crisis de Octubre}}, {{Lang-rus|Карибский кризис}}) अन्तर्राष्ट्रिय सङ्कटको रूपमा एक महिना ४ दिन (१६ अक्टोबर - २० नोबेम्बर १९६२) सम्म विकसित भएको [[संयुक्त राज्य अमेरिका]] र [[सोभियत सङ्घ]] बिचको टकराव थियो। [[इटाली]] र [[टर्की]]मा अमेरिकी क्षेप्यास्त्रको तैनाथीको प्रतिकृया स्वरूप सोभियत सङ्घले [[क्युबा]]मा समान प्राक्षेपिक क्षेप्यास्त्रहरू तैनाथ गरेपछि यो सङ्कटको अवस्था सिर्जना भएको थियो। यो [[शीतयुद्ध|द्वन्द्व]] प्रायः शीतयुद्धको निकटतम मानिन्छ; यसले आणविक युद्धको सम्भावना बढाएको थियो।<ref>{{cite book|first1=Len|last1=Scott|first2=R. Gerald|last2=Hughes|title=The Cuban Missile Crisis: A Critical Reappraisal|url=https://books.google.com/books?id=UJEGCAAAQBAJ&pg=PT17|year=2015|publisher=Taylor & Francis|page=17|isbn=9781317555414|access-date=December 31, 2015|archive-date=July 29, 2016|archive-url=https://web.archive.org/web/20160729014313/https://books.google.com/books?id=UJEGCAAAQBAJ&pg=PT17|url-status=live}}</ref> [[इटाली]] र [[टर्की]]मा अमेरिकी जुपिटर प्राक्षेपिक क्षेप्यास्त्रको उपस्थिती र सन् १९६१ को [[क्युबा]]मा असफल
कोचिनोस खाडीको हमलाको प्रतिकृया स्वरूप, सोभियत प्रथम सचिव [[निकिता ख्रुश्चेभ]]ले भावी आक्रमण रोक्नको लागि क्युबाले यस टापुमा आणविक क्षेप्यास्त्र राख्ने अनुरोधलाई स्वीकार गरेको थियो। सन् १९६२ जुलाईमा ख्रुस्चेभ र क्युबाली प्रधानमन्त्री [[फिडेल क्यास्ट्रो]] बिच गोप्य वार्ता पछि सम्झौता भएको थियो र त्यसपछिको ग्रीष्म महिनामा कयौँ क्षेप्यास्त्र प्रक्षेपण सुविधा स्थलको निर्माण सुरु भएका थिए।