"सन्दुक रुइत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा 103.147.62.47 (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: रोलब्याक
पङ्क्ति २३:
त्रिचन्द्रमा आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुगे। एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा 'जनरल फिजिसियन'का रूपमा तीन वर्ष बिताए। फेरि भारत गए र [[अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स]] (एम्स)मा एमडी पढ्न थाले। तीन वर्ष एम्समा पढेपछि १९८४मा नेपाल फर्किए र त्रिपुरेश्वर आँखा अस्पतालमा जागीरे भए। त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष काम गरेपछि १९८७मा एकवर्षे अध्ययन गर्न अस्ट्रेलिया गए। अस्ट्रेलिया बसेकै वेला उनलाई अमेरिका-युरोप-अस्ट्रेलियाबाट पनि कामका लागि प्रस्ताव आयो। उनले ती प्रस्तावलाई हेरेनन् र नेपालमै आए।
 
==तिलगंगा आँखा केन्द्र==
<small>मुख्य लेख [[तिलगंगा आँखा अस्पताल|तिलगंगा आँखा केन्द्र]]</small>
 
उनले एउटा आँखा अस्पतालको सपना देखेको थिए, जसलाई अस्ट्रेलियाका डा.हलोजले साथ दिए। यो अस्पताल खोल्न अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, नेपालका समाजसेवी तथा साहित्यकार जगदीश घिमिरे, कलाकार मदनकृष्ण-हरिवंश, उद्यमी रवीन्द्र श्रेष्ठ, सुहृत घिमिरे, उद्योगपति दिवाकर गोल्छा, सगरमाथा आरोही शम्भु तामाङ र डा.रीता गुरुङलगायतले साथ दिएका थिए। यसरी १९९४ जुनमा जन्मियो-तिलगंगा आँखा केन्द्र जुन अस्पताल अहिले मानव संसाधन तालीम केन्द्र बनेको छ। <ref>[http://www.nayapatrika.com/multi-color/9208-%E0%A4%A1%E0%A4%BE%E0%A4%95%E0%A5%8D%E0%A4%9F%E0%A4%B0-%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A5%87-%E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%BE%E0%A4%A8%E0%A5%88-%E0%A4%B8%E0%A4%AA%E0%A4%A8%E0%A4%BE.html दीपक सापकोटा, डाक्टर बन्ने पुरानै सपना, नयापत्रिका जुलाई ११, २०११]</ref>
 
==अन्य देशहरूमा रुइतेक्टोमि==
उनले धेरै बिकसोन्मुख देशहरूमा गएर आफ्नो सेवा दिएका छन्। [[उत्तर कोरिया]]मा उनले गरेको काम [[नेशनल जियोग्राफिक]]ले एउटा वृतचित्रको रूपमा प्रसारण गरेको थियो <ref>[http://www.wimp.com/northkorea/ उत्तर कोरियामा गरिएको उपचारको भिडियो, नेशनल जियोग्राफिक]</ref>
 
==पुरस्कार तथा सम्मान==
"https://ne.wikipedia.org/wiki/सन्दुक_रुइत" बाट अनुप्रेषित