"नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६३:
२०७० मंसीर ४ मा संविधान सभाको दोस्रो निर्वाचन भयो। प्रत्यक्षतर्फ २६ र समानुपातिकमा ५४ सिट गरी कुल ८० सिट जितेको माओवादीले प्रत्यक्षमा १७.७९ र समानुपातिकमा १५.२१ प्रतिशत मत ल्याएको थियो । माओवादी पार्टी तेस्रो स्थानमा खुम्चियो। विभिन्न आरोह, अवरोहका बीच २०७२ असोज ३ मा नयाँ संविधान जारी भयो। संविधान निर्माणमा एमाओवादीको निर्णायक र सकारात्मक भूमिका खेल्यो।
 
संविधान घोषणासँगै माओवादीको फुटको शृङ्खला जारी रह्यो । ०७२ सालमै उपाध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी छाडेर [[नयाँ शक्ति पार्टी, नेपाल|नयाँ शक्ति पार्टी]] गठन गर्नुभयो । तेस्रो पार्टी माओवादी सुशील कोइराला, केपी ओली शर्मा नेतृत्वको सरकारमा सहभागी बन्यो । आफ्नै समर्थनमा बनेको ओली नेतृत्वको सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव लगेर माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसको समर्थनमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो । स्थानीय तहको चुनावको घोषणा र पहिलो चरण चुनाव सम्पन्न गराउनु प्रचण्ड नेतृत्व सरकारको मुख्य उपलब्धी मान्न सकिन्छ ।१० महिना प्रधानमन्त्रीको पद सम्हाल्दा दाहाल नेतृत्वको सरकारले उज्यालो अभियान सुरु गरेर लोडसेडिङ मुक्त बनायो । यस अघि यो समयमा करिब १८ घण्टा विद्युत कटौति हुँदै आएको थियो । लामो समय देखि अघि बढ्न नसकेको द्रुत मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिनु, ओवरमा हस्ताक्षर गर्नु पनि सरकारका उपलब्धी हुन् । तीन चरणमा भएको स्थानीय तह चुनावमा पनि माओवादी केन्द्र तेस्रो स्थानमा नै रह्यो । माओवादीले १ सय ६ स्थानीय तहमा जित्यो । प्रदेश र प्रतिनिधिसभा चुनावमा माओवादीले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।
 
==सङ्घीय संसद तथा प्रदेश सभा निर्वाचन २०७४ र गठबन्धन==