"नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति २४:
[[File:Cpn maoist building.jpg|200px|काठमाडौँको पेरिस डाँडामा रहेको एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)पार्टी कार्यालय]]
'''नेपाल कम्युनिष्ट पार्टी (माओवादी-केन्द्र)''' नेपालमा ११ वर्षे
== चौम समूह : ==
पङ्क्ति ४६:
२०४८ मंशीर ४बाट चार समूहको एकताबाट बनेको एकताकेन्द्रको एकता महाधिवेशन भयो । एकता महाधिवेशनले दीर्घकालीन जनयुद्धको कार्यदिशा पास गर्यो । एकता महाधिवेशनमा प्रचण्डले आधार इलाका सहितको दीर्घकालीन जनयुद्ध, रुपलाल विश्वकर्माले आधार इलाकाविनाको दिर्घकालीन जनयुद्ध, निर्मल लामाले शशस्त्र शहरी विद्रोह गरी तीन लाइन प्रस्तावित भयो, तर अत्याधिक बहुमतले प्रचण्डले पेश गरेको प्रस्तावलाई पारित गर्यो । महाधिवेशनले संसदीय निर्वाचनलाई जनवादी क्रान्तिको पक्षमा उपयोग गर्ने निर्णय गर्यो । क. प्रचण्ड लगायत निर्मल लामा, मोहन वैद्य, चित्र बहादुर श्रेष्ठ, रुपलाल विश्वकर्मा, हरिबोल गजुरेल लगायतका ११ जना पूर्व महामन्त्रीहरूको सो महाधिवेशनमा सहभागिता थियो । महाधिवेशनले प्रचण्डलाई महामन्त्रीमा निर्वाचित गर्यो । २०४८ सालको संसदीय निर्वाचनमा पार्टीले संयुक्त जनमोर्चा नामको चुनावी मोर्चा निर्माण गर्यो । प्रतिनिधि सभामा ९ र राष्ट्रिय सभामा २ जना गरी ११ स्थानमा पार्टी विजयी बन्यो । जसमा [[कृष्णबहादुर महरा]] (रोल्पा), खड्क बहादुर बुढा (रुकुम), [[बर्मन बुढा]] (रोल्पा), [[छक्कबहादुर लामा]] (हुम्ला), [[अमिक शेरचन]] (चितवन), [[लिलामणि पोख्रेल]] (ललितपुर), इमानसिंह लामा (काभ्रे), विष्णु बहादुर तामाङ (सिराहा), कमल चौलागाई (रामेछाप), राष्ट्रिय सभामा घनश्याम शर्मा पौडेल र सिन्धुनाथ प्याकुरेल थिए ।
२०४९ सालमा वर्ग संघर्षको चार तयारी गर्ने बारेमा निर्मल लामाहरूसँग व्यापक बहस भयो, तर निर्मल लामाहरु वैधानिक संघर्षलाई मूख्य माने।
== हिंसात्मक आन्दोलन ==
समग्र प्रारम्भिक तयारी पुरा गरी २०५२ फागुन १ (सन् १९९४ फेव्रुअरी १३) मा
२०६२ असोजमा चुनवाङ्गमा भएको केन्द्रीय समितिको बैठकले पार्टीमा व्यापक शुद्धिकरणको निर्णय गर्यो । साथै ढाडमा टेकेर टाउकोमा हान्ने प्रत्याक्रमणको दोश्रो योजना पास गर्यो । पार्टीले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति समेत पास गर्यो । चुनवाङ्ग बैठकको जगमा टेकेर २०६२ मंशीर ७ गते निरङ्कुश राजतन्त्र विरुद्ध ७ संसदवादी दलहरूसँग १२ बुदे समझदारी कायम भयो । सोही समझदारीका बलमा २०६२ चैत्र २४ गतेबाट शशक्त जनआन्दोलन श्रृष्टि भयो । १९ दिनको लगातारको आन्दोलनपछि २०६३ बैशाख ११ गते संसद पुनस्र्थापनाको शर्तमा संसदवादी दलले दरवारसँग सम्झौता गरे। १९ दिने जनआन्दोलन उत्कर्षमा त पुग्यो । तर, निष्कर्षमा पुगेन । २०६३ बैशाखमा १३ गते पार्टीले र बैसाख २१ गते सरकारले युद्धविराम गर्यो । २०६३ बैसाखमा बसेको माओवादी केन्द्रीय समितिको बैठकले शहरलाई जोड गाउँलाई ध्यान दिने रणनीतिक स्थानान्तरणको कार्यदिशा पारित गर्यो। २०६३ भाद्रमा सम्पन्न के.स.को बैठकले क्रान्तिको पुनरावृत्ति होइन, विकास हुन्छ भन्ने निष्कर्षसहित नयाँ कार्यदिशाको खोजी गर्न थाल्यो । नेपाली जनक्रान्तिको सफलताको लागि शशस्त्र जनयुद्ध, शशक्त जनआन्दोलन, शान्तिवार्ता र कुटनीतिक पहलको संयोजनमार्फत नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने मान्यता अघि सार्यो । साथै उचित वातावरण बनाएर विद्रोहमा जाने निर्णय गर्यो । २०६४ भाद्रमा करिव ३००० प्रतिनिधिहरु सहित काठमाडौँको बालाजुमा पाँचौं विस्तारित बैठक सम्पन्न भयो । यसले काभ्रेको कामीडाँडा बैठकका निर्णयहरूलाई दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता गर्यो । साथै अन्तरिम सरकारबाट हटेर आन्दोलनमा जाने निर्णय गर्यो ।
== संविधानसभाको निर्वाचन ==
२०६४ साल चैत्र २८ गते नेपालको इतिहासमा ६० वर्षदेखी थाती संविधानसभाको निर्वाचन सम्पन्न भयो । सो निर्वाचनमा ने.क.पा.(माओवादी) ले प्रत्यक्षतर्फ स्पष्ट बहुमत र समानुपातिकतर्फ अत्याधिक अन्तरले अग्रता कायम गर्न सफल रह्यो । जसको परिणाममा ६०१ स्थानमध्ये ने.क.पा.(माओवादी) २२९, कांग्रेस ११४, एमाले १०९, फोरम ५१ र अन्य २५ साना दलहरु विजयी बने । २०६५ जेठ १५ गते सम्पन्न संविधानसभाको पहिलो बैठकले मुलूकमा राजतन्त्रको विधिवत अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरियो । २०६६ असार ६ गते संविधानसभाले डा. रामवरण यादवलाई नेपालको पहिलो राष्ट्रपतिमा निर्वाचित गर्यो । २०६५ श्रावण ३२ गते संविधानसभाको दुईतिहाई बहुमतले क. प्रचण्डलाई गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीमा निर्वाचित गर्यो र माओवादीको नेतृत्वमा एमाले, फोरम, जनमोर्चा, संयुक्त बाममोर्चा लगायतका दलहरूको सहभागितामा संयुक्त सरकार निर्माण भयो । यसै सन्दर्भमा विगत
एकीकृत माओवादीको २०६६ असार–श्रावणमा बसेको केन्द्रीय समितिको बैठकले निर्णायक जनविद्रोहको तयारीको निर्णय गर्यो, साथै पार्टी बहुपदीय निर्णयमा जाने निर्णय पनि गर्यो । बहुपदीय निर्णयअनुसार अध्यक्ष क.प्रचण्ड, बरिष्ठ उपाध्यक्ष मोहन वैद्य (किरण), उपाध्यक्षद्घय क.डा. बावुराम भट्टराई, क.नारायणकाजी श्रेष्ठ (प्रकाश), महासचिव क.रामबहादुर थापा (बादल), सचिवद्घय क.सि.पी. गजुरेल (गौरव) र पोष्टबहादुर बोगटी (दिवाकर) बने ।
|