"केन्द्रीय बैङ्क" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३:
'''केन्द्रीय बैङ्क''' देशको सबैभन्दा ठूलो बैङ्क हुन्छ जसले निजी र सरकारी बैङ्कको निरीक्षण गर्दछ । केन्द्रीय बैङ्कले बनाएका नीति र दिशानिर्देश निजी तथा सरकारी बैङ्कले मान्नु पर्छ । देशमा कुनै पनि राष्ट्रिय दर नीति केन्द्रीय बैङ्कले गर्छ । देशमा आवस्यकता अनुसार केन्द्रीय बैङ्कले मुद्रा छाप्छ । देशको अर्थव्यवस्था अनुसार निजी तथा सरकारी बैङ्कलाई दिने दिशा निर्देशहरू तय गर्ने काम केन्द्रीय बैङ्कको हुन्छ । यो बैङ्कको गभर्नरले नोटहरूमा हस्ताक्षर गर्छन् , जसकारण त्यो नोट देशमा मान्य हुन्छ ।
==इतिहास ==
[[बीसौँ शताब्दी|२० अौं शताब्दीकोशताब्दी]]को सुरुवात हुनुपुर्ब सम्म विश्वमा केन्द्रिय बैङ्कका कार्यहरु स्पस्ट रूपमा परिभासित भै सकेका थिएनन् । वास्तवमा केन्द्रिय बैङ्कको भूमिका योजनाबद्द र सुविचारित ढङ्गले परिभासित र विकास भएको पनि होइन । आबश्यकता र अनुभवको आधारमा केन्द्रिय बैङ्कको अबधारणाले क्रमिक रूपमा आकार ग्रहण गर्दै गएको देखिन्छ । नोट निस्कासन गर्ने र सरकारी कारोबार गर्ने एकलौटी अधिकार पाएका वाणिज्य बैङ्कहरु नै पछि गएर केन्द्रिय बैङ्कको रूपमा रुपान्तरित हुन पुगेको देखिन्छ । त्यस बखत त्यस्ता बैङ्कहरु लाई केन्द्रिय बैङ्क नभनी नोट जारी गर्दा जमानत राख्नुपर्ने र माग भएका बखत त्यस्ता नोटहरूको भुक्तानी सुन चाँदी या दुबैको रूपमा दिने सरकारले जारी गरेका निर्देशनहरु पालना गर्ने कार्य ति बैङ्कहरूले गर्ने गर्दथे । सरकारले ति बैङ्कहरूलाई आवश्यकता बमोजिम अरु यस्तै प्रकृतिका जिम्मेवारीहरु थप्दै गए । अन्ततागत्वा त्यस्ता बैङ्कहरु केन्द्रिय बैङ्कको रूपमा स्थापित हुँदै गए र केन्द्रिय बैङ्कले गर्ने कार्यहरु पनि स्तरीकरण हुँदै गयो ।
 
स्विडेनको बैङ्क अफ स्विडेन विश्वमा सबैभन्दा पहिले स्थापित केन्द्रिय बैङ्क भएता पनि बेलायतको बैङ्क अफ इङ्ल्यान्डलाई नै विश्वको सबैभन्दा पहिलो केन्द्रिय बैङ्कको रूपमा लिईन्छ । बैङ्क अफ इङ्ल्यान्ड सर्बसाधारण जनतालाई शेयर बिक्री गरी सन् १६९५ मा स्थापना गरिएको थियो । सरकारलाई आवश्यकता पर्दा रीण दिनुपर्ने सर्तमा सरकारले त्यस बैङ्कलाई नोट जारी गर्ने अधिकार दिएको थियो । सन् १८३३ मा पारीत ऐनले उक्त बैङ्कले जारी गरेको नोटलाई मात्र मान्यता दिने ब्यबस्था गरेपछी बेलायतको केन्द्रिय बैङ्क हुन पुग्यो ।
 
स्विडेनको[[स्विडेन]]को रिस्क बैङ्क अफ स्विडेन सन् १६५६ मा स्थापना गरिएको भएतापनि नोट छाप्ने अधिकार भने यो बैङ्कले सन् १८९७ मा मात्र पाएको थियो । त्यसै गरी बैङ्क अफ फ्रान्स सन् १८०० मा स्थापित भएको थियो पछि गएर [[नेपोलियन बोनापार्ट]] ले यो बैङ्कलाई केन्द्रिय बैङ्कको रूपमा पूर्णता दिएका थिए ।
 
विभिन्न मुलुकका सरकारहरूले यात कार्यरत वाणिज्य बैङ्कहरु मध्ये कुनै एकलाई नोट छाप्ने सरकारका विशेष अधिकार र जिम्मेवारी दिएर केन्द्रिय बैङ्कको रूपमा रुपान्तरण गरे या त यस्ता विशेष कार्य गर्ने गरी विशेष सुबिधा र अधिकारहरु दिएर छुट्टै नयाँ बैङ्क स्थापना गरे ।