"फोटोग्राफी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
 
तपाई हामीले नै फोटोग्राफीको विकासलाई नियाल्दै आएका छौ, रिल वाला क्यामरामा रिल (नेगेटिभ) बचाई बचाई फोटो खिचेका हामीले पछि डिजिटल क्यामरामा कमसेकम रिल जोगाउन संघर्ष गर्न परेन। त्यसपछि हात हातमा फोन अनि फोनको क्यामरा झन पछि झन स्तरीय हुदै आएपछि आफुलाई मन लागेको बेला तस्वीर खिच्नु कहिले गाह्रो भएन। तस्वीर पनि एक किसिमको अभिव्यक्ति हो। फोटोग्राफीको यो विकासले थुप्रै इच्छुक मानिसहरुलाई अभिव्यक्त हुन मदद पुर्याएको छ। सामाजीक सञ्जालले पनि यसमा ठुलो भूमिका खेलेको छ। अहिले सामाजीक सञ्जालको अवस्था यस्तो भएको छ कि विश्वभर एक मिनेट मै पनि लाखौ फोटोहरु कुनै न कुनै माध्यमबाट अपलोड भैरहेका हुन्छन्।
 
सन १८३९ मा सर्वप्रथम फ्रान्सेलि वैज्ञानिक लुईस जेकस तथा मेंडे डाग्युरे ले फोटो खोजको अर्थात फोटोको आविष्कार भएको दावा गरेका थिए । ब्रिटिश वैज्ञानिक विलियम हेनरी फॉक्सटेल बोट ले नेगेटिव(पॉजीटिव प्रोसेस खोजेका थिए । सन १८३४ में टेल बॉट ले लाइट सेंसेटिव पेपरको आविष्कार गरेका थिए जसको कारण फोटो स्थायीरूपमा रहने सुविधा भईसकेको थियो । फ्रान्सेली वैज्ञानिक आर्गो ले ७ जनवरी १८३९ को फ्रेंच अकादमी ऑफ साइन्सको लागि एउटा रिपोर्ट तयार गरि सकेका थिए ।
 
तर फ्रान्स सरकारले त्यो रिपोर्ट (आविष्कार खरिद गरि आम जनसमुदाएको लागी १९ अगस्त १८३९ को निशुल्क गरिदिएको थियो । यही कारणले नै १९ अगस्त को यो दिन विश्व फोटोग्राफी दिवस भव्यताका साथ मनाउने गरिन्छ । मानिस जन्मदै मात्र हैन यो संसारको हरेक जीव संग जन्मदा नै क्यामरा लिएर जन्मेका हुन्छन जुन क्यामराको सहायताबाट संसारको हरेक दृष्यहरू दिमागमा स्टोर भएको हुन्छ यहि कारण नै हो हरेक एक प्राणी एक उत्कृष्ट फोटोग्राफर त्यसैले विश्व फोटोग्राफी दिवस सबैको दिवस हो यसलाइ भव्यताका साथ मनाउन अपिल गर्दछु ।
 
हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न "विश्व फोटोग्राफी दिवस" मनाइन्छ। उक्त दिन विश्वभरका फोटोग्राफरहरुले आफुले खिचेका केहि उत्कृष्ट फोटोहरु दुनिया सामु प्रस्तुत गर्ने गर्दछन्। आफ्नो तस्वीर प्रस्तुत गर्नुको साथसाथै अरुले प्रस्तुत गरेको तस्वीर हेरेर त्यसको मर्म र भाव बुझ्न खोज्छन्।
"https://ne.wikipedia.org/wiki/फोटोग्राफी" बाट अनुप्रेषित