"फोटोग्राफी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
 
== इतिहास ==
के हाे ? फाेटाेग्राफी
 
Photo+graph बाट बनेकाे शाव्दिक अर्थ नै फाेटाेग्राफी हाे फाेटाे यानी प्रकाश काे मद्दत बाट ग्राफ अर्थात चित्र तयार हुनुनै फाेटाेग्राफी हाे । साधारण भाषा भन्नु पर्दा कुनै पनि बस्तुमा ठाेकिएर अाएकाे प्रकाशका किरण Reflect भएर लेन्सकाे माध्ययमा बाट नेगेटिभ फिल्म वा डिजिटल सेन्सर सम्म पुगेर बन्ने अाकृति नै फाेटाे हाे । नेगेटिभ–डिजिटल इमेजहरू पछि कागजमा रसायनिक हेलाइड,व्राेमिन , सिल्भर अादि लेपन भएका पेपर एवं केमिकल प्रकृया बाट उत्पादन भइ हामिले सहज रूपमा उपयाेग गर्ने फाेटाे तयार हुन्छ यस्ता फाेटाेहरू टिकाउ पनि हुन्छन ।
 
साधारणतया अाम नयाँ फाेटाेग्राफरहरूले याे साेच्नु हुन्छ त्याे उत्कृष्ठ फाेटाे हाे जुन फाेटाे शार्प छ,जसमा भरपुर डिटेल छ तर वास्तवमा यति मात्र चै हैन फाेटाे देखने व्यक्तिकाे प्रभाव अर्थ पैदा गराएर सहि मान्यतामा बस्तुकाे भुबहु चित्र खिच्नु मात्र नभइ फाेटाे एक माध्यम भएर जसकाे सहायता बाट भावना व्यक्त,अभिव्यक्ति,साैन्दर्यता,देश काल परिस्थितिकाे चित्रण ,धटनाकाे सत्य तथ्य सबैमाझ शार्वजननिकरण गर्दै ल्याउने एक कला हाे एक माध्यम हाे भने मेराे शव्दमा फाेटाे साहित्यिक कला हाे । फाेटाेग्राफिले हामिलाइ हेर्नलाइ मद्दत गर्दै हेर्न सिकाउने भएकाेले याे हेर्ने कला पनि हाे ।
 
सन् 1694 मै डच बैज्ञानिक विल्हेम हाेमबर्गले अाफ्नाे प्रयाेगबाट याे प्रमाणीत गरे कि सिल्वर नाइट्रेट र सिल्वर क्लाेराइड वा सिल्वर ब्राेमाइड जस्ता केमिकलमा प्रकाशकाे किरण पर्नासाथ परिवर्तन अाउने विज्ञानकाे पत्ता लगाएका थिए । सबैभन्दा पहिलो तस्वीर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो। त्यसबेला जोसेफ नाइस्फ़ोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्वीर खिचेका थिए। हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिया हो। त्यतिबेला एउटा तस्वीर खिच्न निक्कै समय लाग्थ्यो। सबै भन्दा रोचक कुरा त के हो भने सायद कसैले पुरानो फोटोमा हासेका मान्छे कहिले भेट्दैन थिए। किनकि धेरै समय लाग्ने कारण सबैले आफ्नो हासो थामिराख्न सक्दैन थिए। त्यसबेला देखि अहिले सम्म फोटोग्राफीको तरिका र स्तरमा राम्रो परिवर्तन भएको छ।
 
तपाई हामीले नै फोटोग्राफीको विकासलाई नियाल्दै आएका छौ, रिल वाला क्यामरामा रिल (नेगेटिभ) बचाई बचाई फोटो खिचेका हामीले पछि डिजिटल क्यामरामा कमसेकम रिल जोगाउन संघर्ष गर्न परेन। त्यसपछि हात हातमा फोन अनि फोनको क्यामरा झन पछि झन स्तरीय हुदै आएपछि आफुलाई मन लागेको बेला तस्वीर खिच्नु कहिले गाह्रो भएन। तस्वीर पनि एक किसिमको अभिव्यक्ति हो। फोटोग्राफीको यो विकासले थुप्रै इच्छुक मानिसहरुलाई अभिव्यक्त हुन मदद पुर्याएको छ। सामाजीक सञ्जालले पनि यसमा ठुलो भूमिका खेलेको छ। अहिले सामाजीक सञ्जालको अवस्था यस्तो भएको छ कि विश्वभर एक मिनेट मै पनि लाखौ फोटोहरु कुनै न कुनै माध्यमबाट अपलोड भैरहेका हुन्छन्।
 
हरेक वर्षको अगस्ट १९ तारिखको दिनमा मानिसहरुलाई फोटोग्राफीको इतिहास बुझाउन, यसमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न "विश्व फोटोग्राफी दिवस" मनाइन्छ। उक्त दिन विश्वभरका फोटोग्राफरहरुले आफुले खिचेका केहि उत्कृष्ट फोटोहरु दुनिया सामु प्रस्तुत गर्ने गर्दछन्। आफ्नो तस्वीर प्रस्तुत गर्नुको साथसाथै अरुले प्रस्तुत गरेको तस्वीर हेरेर त्यसको मर्म र भाव बुझ्न खोज्छन्।
 
फोटोग्राफर भन्नाले दिनभर हातमा क्यामेरा बोकेर, विभिन्न ठाउँ घुम्दै उत्कृष्ट तस्वीर निकाल्ने या फोटोग्राफीलाई नै आफ्नो व्यवसाय बनाउने मानिस भने पक्कै हैनन्। अहिले सबैको हातमा भएको मोबाइलले खिचेको फोटोले पनि थुप्रै भाव बोक्न सक्छन। तस्वीरलाई स्तरीय उच्च पिक्सेल भएको क्यामराले मात्र बनाउछ भन्ने बुझाइ राख्नु गलत हो। यदि तपाईहरुसँग पनि आफुले खिचेको कुनै प्रिय तस्वीर छ र तपाई त्यसलाई विश्वसामु देखाउन चाहनुहुन्छ भनेयहि भाद्र 3 गतेका दिन तपाईको लागि महत्वपूर्ण हुन सक्छ।
 
लेखक–फाेटाेग्राफर बिक्रम न्याैपाने
 
 
=== प्रविधि ===
"https://ne.wikipedia.org/wiki/फोटोग्राफी" बाट अनुप्रेषित