"पाण्डे (पलेउ)" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ४:
ती दुई भाइ मध्य जसकी श्रीमतीलाई राजा अजयमेरुले हरण गरेको थियो तिनले एउटा [[बिष्ट]]को छोरीसँग विवाह गरेर [[बैतडी जिल्ला|बैतडी]] जिल्लाको लिस्किटा भन्ने ठाउँमा बस्ती बनाए । अर्का भाइ जोगी भएर बैतडी जिल्लाकै श्रीकोट भन्ने ठाउँमा बस्ती गरे । जेठा भाइ हरिराज र माइला भाइ धर्मदासले पाण्डेय बैतडी जिल्लाको कोलेउडा भन्ने ठाउँमा बस्ती गरे । त्यसबेला कोलेउडामा [[कोली]], ढिमरामा [[चन्द]], चौपाडी कुंवर गाउँमा [[कुँवर]] आदी जातिहरू बस्दथे । कोलेउडाको उत्तर पश्चिम पारीपट्टी काशी चन्दका छोरा हरी चन्द भन्ने राज्य गर्दथे त्यस ठाउँलाई पत्थरकोट भनेर चिनिन्छ ।<ref name= "पुस्तक"/>
==कोलेउडामा बस्ती==
पत्थरकोटका राजा हरिचन्दले कोलेउडामा नयाँ बस्ती देखेर आफ्ना मान्छे पठाएर ती मान्छेले पलेउ पाण्डेका पूर्वजको सबै हालखबर बुझी जेठा भाईको नाम हरीराज हो भन्ने बताए । यसरी आफ्नो नाम सितसँग मेल खाएको र उत्तम खान्दानी ब्राह्मण बुझी उनीसितउनीसँग मितेरी लगाई मित्र बनाए । हालको गुणना र प्यानी भन्ने ठाउँको जग्गा दाइजो दिएर आफ्नो राज्य गरे पाउ पाला उब्जाई खानु भन्ने हुकुम दिए । यसरी ती हरी चन्द राजाको राज्य गरी अरु ब्राह्मणहरूले गरेको यज्ञबाट आर्जन भएको सबै धनले पाण्डेयका पूर्जहरू कोलेउडा हालको [[कैलपाल]] गाविस रुपल्लीमा रहन थाले ।
 
==कैलपाल देवताको आगमन==
एक दिनको कुरा हो, कोलेउडाका पाण्डे, कोली र कुंवर भैंसी लगेर लेक गएका थिए । त्यो दिन बरङ्ली भन्ने ठाउँमा कैलपाल देवताको पूजा भईरहेको थियो । पूजामा [[सल्लो]]को लिसो (खोटो) बाठ बत्ति बालिएको थियो र कुरोको पातिले पूजा भईरहेको थियो । तर देवताको शक्ति भने अपार थियो जुन अहिले पनि विद्यमान छ । त्यहाँका मानिसहरूको इच्छा अनुसार देवताले मन्दिर अगाडि नै [[बाघ]] र [[बँदेल]] जस्ता जनावरहरू खडा गरी दिएको थियो । देवताको त्यस्तो शक्ति देखेर पाण्डे, कुंवर र कोली "यस्ता देउता हाम्रो गाउँमा भएको भए हामीले घिउको बत्ती बालेर चामलले पूजा गर्ने थियौं" भनी एक आपसमा कुरा गर्न थाले । तीनको त्यो कुरा सुनी देवता प्रसन्न भई तुरुन्तै कम्मान लिई तिनीहरूलाई आजको मितीले छ दिन भित्र तिम्रो गाउँमा आउने छु भन्ने बचन दिए । त्यस समयमा कोलेउडाको बसकट्टे भन्ने ठाउँमा निलपाल देउताको मन्दिर थियो । निलपाल देवताका धामी कोली थिए । तिनीहरू देउताको त्यो बचन सुनी खुशी भएर तुरुन्तै भैंसी ल्याएर घरमा आए । तेश्रो दिनमा बरङ्लीबाट एउठा ध्वजा उडेर आयो । त्यो ध्वजा जहाँ हाल कैलपाल देवताको मन्दिर छ त्यहाँ रोकियो । त्यो कुरा कुंवर गाउँका कुंवरले पाण्डेका पूर्वजलाई सुनाए । पाण्डेले गएर हेर्दा ध्वजाको फेद तिर एउटा लिङ्ग फुटेको देखे र [[असुरो]]को स्याउलाले छोपेर आए । कोलीको आरनमा गएर एक ताउली बनाउन लगाए । त्यो ताउली लिएर त्यो देवताको लिङ्गलाई छोपे । पछि सबै जना मिलेर मन्दिर बनाए । पाण्डेलाई पूजारी बनाएर पूजा आरम्भ गरे । <ref name= "पुस्तक"/> कैलपाल देवताको पूजा अहिले सम्म चलिरहेको छ र यस गाविसको नाम पनि यसै मन्दिरको नामले कैलपाल गाविस राखिएको छ ।
"https://ne.wikipedia.org/wiki/पाण्डे_(पलेउ)" बाट अनुप्रेषित