"इन्डियन एयरलाइन्स फ्लाइट ८१४" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
भारतीय हवाई क्षेत्रमा प्रवेश गरेको केहि समयपछि [[भारतीय मानक समय]] अनुसार लगभग १७:३० मा विमानभित्र रहेका बन्दुकधारीले विमानलाई अपहरण गरी विमानलाई विभिन्न देशको विमानस्थलमा अवतरण गराउने कार्य सफलतापूर्वक गरे । भारतको [[अमृतसर]], [[पाकिस्तान]]को [[लाहोर]], र [[संयुक्त अरब इमिरेट्स]]को [[दुबई]] सहर हुँदै अपहरणकर्ताहरूले विमानलाई [[अफगानिस्तान]]को [[कन्दाहार]]मा अवतरण गर्न लगाए । त्यस समय [[कन्दाहार]] सहित अफगानिस्तानको विभिन्न क्षेत्र [[तालिबान]]द्वारा नियन्त्रित रहेको थियो । अपहरणकर्ताले विमानमा रहेका १७६ यात्रुहरू मध्ये २७ जना यात्रीलाई दुबईमा मुक्त गरे तर एक जना यात्रीको चक्कु प्रहारले विमानमै मृत्यु भएको थियो भने थुप्रै यात्रीहरू घाइते भएका थिए ।
 
विमान अवतरण गरिएको स्थान [[कन्दाहार]] सहित अफगानिस्तानको धेरैजसो भूभाग [[तालिबान|तालिवान]]को नियन्त्रणमा रहेको थियो । सुरुमा तालिवानलाई भारतको पक्षधर मानिएतापनि पछि यसलाई पाकिस्तानको आइएसआईको समन्वयमा काम गरिरहेको पुष्टि गरियो । भारतीय [[इन्टेलिजेन्स ब्युरो]] प्रमुख [[अजित डोभाल]]को दावी अनुसार तालिवान लडाकुहरूले विमानलाई घेरेरै राख्नुको कारण भारतद्वारा कुनै किसिमको शैन्य हस्तक्षेप हुन नसकोस् । डोभालको दावी अनुसार अपहरणकर्तालाई आइएसआईको सहयोग नभएको भए भारत आफैँ यस सङ्कटलाई हल गर्न सक्थ्यो ।
 
विमान अपहरणको मुख्य लक्ष्य भारतीय जेलमा कैद रहेका [[इस्लाम धर्म|इस्लाम]] छविका केही व्यक्तिहरूको सकुशल रिहाई रहेको थियो । विमान र यात्रीलाई बन्धक बनाउने कार्य सात दिनसम्म चल्यो र अन्तत: [[भारत सारकार]]द्वारा आफ्नो जेलमा कैद रहेका तीन लडाकु– मुस्ताक अहमद जार्गर, अहमद ओमार सइद सेख र मुलाना मसूद अजहरलाई जेलमुक्त गरी सकुशल अपहरणकर्ताको जिम्मा लगाउने कार्य गरेपछि अन्त्य भएको हो । <ref>[http://www.rediff.com/news/2002/jul/15pak.htm Omar Sheikh sentenced to death in Pearl murder case], [//en.wikipedia.org/wiki/Rediff.com Rediff.com], 2002-07-15</ref> यो अपहरणलाई अलकायदासँग काम गर्ने जिहादीहरूको मुख्य आक्रमण योजनाको रूपमा हेरिन्छ ।<ref name="other">{{Cite news|title=Other Millennium Attacks|url=https://www.pbs.org/wgbh/pages/frontline/shows/trail/inside/attacks.html|work=PBS Frontline|date=25 October 2001}}</ref><ref>{{Cite book|first=Bruce O.|last=Riedel|year=2012|title=Deadly Embrace: Pakistan, America, and the Future of the Global Jihad|url=https://books.google.com/books?id=ULgk7_oWB1EC&lpg=PP1&hl=no&pg=PA58#v=onepage&q&f=false|publisher=Brookings Institution Press|pages=58–59|isbn=9780815722748}}</ref><ref>{{Cite news|first=Dilip|last=Hiro|year=2014|title=War Without End: The Rise of Islamist Terrorism and Global Response|url=https://books.google.com/books?id=J1G4AwAAQBAJ&lpg=PP1&hl=no&pg=PA288#v=onepage&q&f=false|publisher=Routledge|pages=287–288|isbn=9781136485565}}</ref>