"भ्लादिमिर लेनिन" का संशोधनहरू बिचको अन्तर

प्रअउ
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
https://emulyankan.org/lenins-biography/
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २६:
जहाँसम्म सोभियत शासनको विदेश नीतिको प्रश्न छ, लेनिनका अविकल रूपबाट शांति बनाई राख्नको निरंतर प्रयत्न गरे। त्यसले भन्यो कि "हाम्रो समस्त नीति र प्रचारको लक्ष्य यो हुनुपर्दछ कि चाहे केही पनि हो जाए, हाम्रो देशवासिहरूलाई युद्धको आगमा न झोंका जाए। लडाईको खात्मा गर देने ओर नैं हमा अग्रसर हुनुपर्दछ।" त्यसले साम्यवादका शत्रुहरूबाट देशको बचाव गर्नका लागि प्रतिरक्षा व्यवस्थालाई सुदृढ बनानेमा बल दिया र सोभियत नागरिकहरूबाट आग्रह गरे कि ती "वास्तविक" लोकतन्त्र तथा समाजवादका स्थापनार्थ विश्वका अन्य सबै देशहरूमा रहनेभएका श्रमिकहरूका साथ अन्तर्राष्ट्रिय बंधुत्वको भावना बढाने ओर अधिक ध्यान दहरू।
 
 
==अक्टोबर क्रान्ति==
{{Main|अक्टोबर क्रान्ति}}
'''१९१७ अप्रिल ३''' को राती दशक लामो आफ्नो निर्वासित जीवन त्याग्दै लेनिन रुसको पेट्रोगाड सहर फर्के । उनको स्वागत गर्न लालफन्डा बोकेका हजारौं श्रमिकहरु फिनल्यान्ड स्टेसनमा भेला भए । क्रान्तिकारी फौज र नौसेनाले गार्ड अफ अनर को व्यवस्था गरेको थियो । आफ्नो स्वागत गर्न भेला भएका जनसमूहबीच लेनिनले बोल्दै श्रमिक तथा नौसैनिकहरूलाई नयाँ सर्वहारा क्रान्ति र सोभियत सत्ता स्थापनाको लागि संघर्ष गर्न जोडदार आह्वान गरे ।
 
लेनिनले रुसको अस्थायी सरकारले पूँजीपति तथा बिर्तावालहरूको स्वार्थ रक्षार्थ काम गरिरहेको कुरा प्रस्ट पार्दै उसलाई असहयोग गर्न आमजनतालाई आह्वान गरे । साथै उनले ‘सम्पूर्ण सत्ता सोभियतहरूलाई’ भन्नेजस्ता नाराहरु अघि सारे । उनले स्पष्ट पार्दै सोभियत सत्ताले मात्र आमजनतालाई शान्ति, किसानहरूलाई जमिन, भोकाहरूलाई रोटी दिन सक्छ भने । उनले बिर्ताहरु बिना मुआब्जा जफत गरिनुपर्छ, देशको समस्त जमिनको राष्ट्रियकरण हुनुपर्छ र सम्पूर्ण कलकारखाना सामाजिक उत्पादन तथा वाणिज्य व्यवस्थामाथि मजदुर नियन्त्रण कायम गर्ने प्रस्ताव राखे ।
 
यसैबीच लेनिनले महाधिवेशन डाकेर पार्टीको नाम बदलेर बोल्सेभिकबाट कम्युनिस्ट पार्टी बनाए। [[अलेक्सान्दार केरेन्स्की|केरेन्स्की]]को अस्थायी सरकारले लेनिन र बोल्सेभिकहरुविरुद्ध घृणा तथा दुष्टतापूर्ण आरोपहरु लगाउन थाल्यो । उनीहरूले लेनिनलाई गिरफ्तार गर्न पुर्जी काटे । लेनिनले करिब साढे तीन महिना भूमिगत भएर काम गरे ।
 
सन् १९१७ मा लेनिनले भूमिगत अवस्थामा लेखेको कृति ‘राज्य र क्रान्ति’ प्रकाशित भयो । त्यस पुस्तकबाट लेनिनले राज्यसत्तामा सर्वहारा अधिनायकत्व किन आवश्यक छ र यसको ऐतिहासिक भूमिका के हो भन्ने कुरा खुलस्त पारे । यस पुस्तकमा उनले समाजवाद र साम्यवादलाई साम्यवादी समाजको दुई खुड्किलाको रूपमा व्याख्या गरे । उनले क्रान्तिमा कम्युनिष्ट पार्टीको भूमिकाबारे पनि महत्त्वपूर्ण विचार प्रकट गरेका थिए । जनता बिस्तारै बोल्सेभिकहरुतर्फ ढल्कन थाले । सोभियतहरूको पुनःनिर्वाचनमा बोल्सेभिकहरूले बहुमत पाए । उनीहरूले पेट्रोग्राड र मास्कोका सोभियतहरूमाथि आफ्नो वियन्त्रण कायम गरे । सोभियतहरूको प्रतिष्ठा बढ्यो र उनीहरू फेरि प्रमुख शक्तिको रूपमा देखा परे । लेनिनले विद्रोहको लागि विस्तृत योजना तयार गरे । लेनिनको नेतृत्वमा पार्टी केन्द्रीय समितिले विद्रोहको तयारी गर्दै देशभर सुनियोजित क्रियाकलाप सुरु गर्यो ।
 
२४ अक्टोवरको दिन बेलुकीपख आफ्नो जीवनलाई खतरामा पार्दै पेट्रोग्राडका ती सुनसान सडक हुँदै लेनिन स्मोलिन आए र विद्रोहको प्रत्यक्ष नेतृत्व गर्न थाले । भोलिपल्ट २५ अक्टोबरमा पेट्रोग्राडका टेलिफोन, टेलिग्राफ तथा रेडियो स्टेसनका कार्यालयहरु, नेभा नदीका पुलहरु, रेल स्टेसन र राजधानीका अन्य मुख्यमुख्य अड्डामाथि विद्रोही मजदुर, सिपाही र नौसैनिकहरूले कब्जा गरे । त्यस्तै क्रान्तिकारी सेनाले आकस्मिक प्रहारद्वारा अस्थायी सरकारका मन्त्रीहरु बसेको शिशिरप्रासाद कब्जा गरे । त्यसपछि कम्युनिष्ट पार्टीले फेब्रुअरी क्रान्तिपछि गठित अस्थायी सरकारलाई अपदस्थ गरेको घोषणा गर्यो । र, लगतै लेनिनको नेतृत्वमा रुसमा सर्वहारावर्गको पहिलो सरकार गठन भयो, जसले समाजवादी शासन प्रणालीको स्थापना र विकासको लागि [[सर्वहारावर्गको अधिनायकत्व]] भएको समाजवादी राज्यसत्ताको सुरुवात गर्यो । यो क्रान्ति नै [[अक्टोबर क्रान्ति]]को रूपमा विश्वप्रसिद्ध छ ।
 
== सन्दर्भ ==