"भ्लादिमिर लेनिन" का संशोधनहरू बिचको अन्तर

अनुवाद नभएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
प्रअउ
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[File:Vladimir Lenin.jpg|thumb|सन् १९२० मा लेनिन]]
'''भ्लादिमिर इल्यिच लेनिन''' (१८७०-१९२४) [[रुस|रूस]]मा [[बोल्सेभिक क्रान्ति]]को नेता तथा रूसमा [[साम्यवाद|साम्यवादी]] शासनको संस्थापक थिए।
 
== सुरुवात जीवन ==
लेनिनको जन्म २२ अप्रिल १८७० मा रुसको [[भोल्गा|भोल्गा नदी]]को किनारमा रहेको सिम्बिस्र्क शहरमा भएको थियो । उनका पिताको नाम इल्या निकोलाएभिच उल्यानोभ हो । लेनिनको परिवार मध्यमवर्गीय थियो । आफ्नो जेठा दाजुको सहयोग, कठिन, परिश्रम र असाधारण प्रतिभाका कारण उनी उच्च शिक्षा हासिल गर्न सफल भए । केटाकेटीमा उनको नाम भ्लादिमिर इल्यिच उल्यानोभ थियो । लेनिन भन्ने नाम पछि मात्र राखिएको थियो ।
 
लेनिनकी आमा मारिया अलेक्सान्द्रभ्ना डाक्टरकी छोरी थिइन् । घरमै शिक्षा पाएकी उनी थुप्रै बिदेशी भाषाका ज्ञाता थिइन् । त्यस्तै साहित्य र सङ्गितप्रति सौखिन, दृढ स्वभाव, शान्त, मिलनसार, बुद्धिमान र दृढ निश्चयी पनि थिइन् । लेनिनका पिता त्यस समयका प्रगतिशील विचार राख्ने व्यक्ति थिए । उनले रुसी जनसाधारणका बीचमा शिक्षा प्रचार गर्ने, गाउँहरूमा स्कुल स्थापना गर्ने र भोल्गा तटवर्ती क्षेत्रहरूमा बस्ने गैररुसी जनजातिहरूको शिक्षादीक्षाका लागि महत्त्वपूर्ण योगदान गरेका थिए । उनीहरूका आन्ना, अलेक्सान्दर, भ्लादिमिर, ओल्गा, दिमत्री र मारिया गरी ६ सन्तान थिए । उल्यानोभ दम्पतीले आफ्ना सन्तानहरूलाई बहुपक्षीय शिक्षा दिए । यसका साथसाथै उनीहरूले आफ्ना सन्तानलाई परिश्रमी, इमान्दार, सुशील, अनुशासित र कर्तव्यपरायण बनाउन महत्त्वपूर्ण योगदान गरे ।
 
संयोग नै मान्नुपर्छ कि, उल्यानोभ दम्पतीका सबै छोराछोरी पछि गएर क्रान्तिकारी बने केटाकेटी छँदैदेखि नै लेनिन साहसी, प्रफुल्ल, ठट्यौली वर मिजासका थिए । उनी पौडी खेल्न र स्केटिङ गर्नमा असाध्यै रुचि राख्थे । पाँच वर्षको उमेरमा नै उनले लेखपढ गर्न सिकिसकेका थिए । नौ वर्षको उमेरमा सिम्बिस्र्क जिम्नेसियमको पहिलो दर्जामा भर्ना भए । असाधारण प्रतिभाका धनी लेनिन कक्षामा सधैँ प्रथम हुन्थे । आफ्ना सहपाठीहरूलाई सधैँ मद्दत गर्थे र कठिन विषयहरूमा उनीहरूलाई सहयोग गर्न अग्रसर हुन्थे ।
 
सानै उमेरमा लेनिनले पुश्किन, लेर्मन्तेभ, गोगल, तुर्गेनेभ, निक्रासभ, साल्तिकोभ सेद्रिन र टल्स्टोयका कृतिहरु अध्ययन गरिसकेका थिए । उनले त्यसबेला प्रतिबन्धित बेलिन्स्की, गेर्चेन, चेर्निसेभ्स्की, द्रोब्रोल्युबोभ र पिसारेभजस्ता क्रान्तिकारी डेमोक्रेटहरुका कृतिहरु पढ्न भ्याइसकेका थिए । त्यसबेलाका महान् वैज्ञानिक र जारशाही तथा भूदास प्रथाका कडा बिरोधी नेर्निसेभ्स्कीको '''‘के गर्ने ?’''' उपन्यासले उनलाई प्रभावित पारेको थियो ।<ref>http://emulyankan.com/a-brief-biography-of-lenin/</ref>
 
== जीवनी ==