"वित्तीय सङ्कट" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९:
 
* '''बैंकिङ सङ्कट '''<br>
निक्षेपकर्ताहरुले बैंकबाट एकै पटक पैसा निकाल्ने भन्ने प्रवृत्तिलाई "बैंक रन" भनिन्छ। जब बैंकको साखमा धक्का पुग्ने कुनै घटना हुन्छ र त्यसले निक्षेपकर्ताको बैंक माथि विश्वास टुट्छ तब बैंक रन हुन्छ अनि निक्षेपकर्ताहरु लाइन लागेर बैंकबाट पैसा निकाल्छन्। बैंकले त्यो पैसा फिर्ता दिन सक्दैन किनभने उसले त्यसको ८० प्रतिशत रकम लगानी गरी सकेको हुन्छ र ऋणी/ऋणकर्ताहरू/ व्यापारीहरुले पनि भन्ने वित्तिकै बैंकको ऋण चुक्ता गर्न सक्दैनन्। त्यसबेला बैंकमा तरलता समस्या हुन्छ। तरलता व्यवस्थापन गर्न नसकेर बैंक दिवालिया अर्थात टाट पल्टेको घोषित हुन पुग्छ। दिवालीया भैसकेपछि उसको सम्पत्ति (ऋण+अचल सम्पत्ति) को मूल्याङ्कन हुन्छ र भनेको दाम नआउन सक्छ। त्यस्तो अवस्थामा बैंकले निक्षेपकर्ताको पैसा फिर्ता गर्न सक्दैन र बैंकिङ संकटको अवस्था सिर्जना हुन्छ
* '''मुद्रा सङ्कट'''<br>
मुद्रा सङ्कट भनेको कुनै पनि देशको मुद्रा अवमूल्यन हुने परिस्थिति हो। यो अवस्थामा अत्याधिक मुद्रास्फीतिमा वृद्धि हुन सक्छ।