"पुल्चोक क्याम्पस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
→‎इतिहास: हिज्जे सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २३:
वि.सं. १९८७ साल फाल्गुन १९ गते उद्घाटन भएर काठमाडौंको [[वसन्तपुर दरबार क्षेत्र|वसन्तपुर]] (हाल नवआदर्श माध्यमिक विद्यालय रहेको ठाउँ) मा एउटा टेक्निकल स्कूल संचालनमा थियो ।सो स्कूलमा प्रारम्भमा टेक्सटायल सम्बन्धि प्रशिक्षण प्रदान गर्न शुरु गरियो। वि.सं. १९९९ चैत्र १२ गते देखि एस.एल.सी. उत्तीर्ण विद्यार्थीहरूलाई भर्ना गरी २ वर्षे सिभिल इन्जिनियरिङ सब–ओभरसियरको प्रशिक्षण दिने काम प्रारम्भ भयो। उक्त स्कूललाई वि.सं. २००२ सालमा [[त्रि-चन्द्र कलेज|त्रि–चन्द्र क्याम्पस]] हातामा सारिएको थियो। वि.सं. २००७ सालमा उक्त टेक्निकल स्कूललाई इन्जिनियरिङ स्कूलमा परिणत गरियो। सो स्कूलमा वि.सं. २०११ सालदेखि सिभिल इन्जिनियरिङ कार्यक्रममा २ वर्षे ओभरसियर कार्यक्रम सुरु भयो। सो कार्यक्रम अन्तर्गत एक वर्ष मात्र प्रशिक्षण लिएको खण्डमा सब–ओभरसियर हुने प्रावधान थियो। तर, दुईवर्षे ओभरसियर कार्यक्रमको प्रशिक्षण पहिलो वर्ष सकिए पछि दोस्रो वर्ष सुरु नहुदै बन्द भयो ।
 
यसरी बन्द भएको कार्यक्रम वि.सं. २०१५ सालदेखि नियमित भर्ना गरी पूनः संचालनमा ल्याइयो। यो कार्यक्रममा वि.सं. २०११ सालमा कार्यक्रम बन्द भई एक वर्षको प्रशिक्षण मात्र पूरा गरी बसेका विद्यार्थीहरूलाई समेत दोस्रो वर्ष देखिको पाठ्यांशमा भर्ना लिएर वि.सं. २०१६ सालमा सिभिल ओभरसियरको पहिलो समूहको उत्पादन भयो। त्यसको एक वर्षपछि यस स्कूललाई जावलाखेल, ललितपुर (हाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान रहेको ठाउँ) मा सारियो । वि.सं. २०२३ सालमा इन्जिनियरिङ स्कूलको नामाकरण नेपाल इन्जिनियरिङ इन्स्टिच्युटइन्स्टिच्यूट भयो। यसै साल उक्त संस्था [[जावलाखेल]]बाट पुल्चोकस्थित [[आनन्द निकेतन]]को हातामा सारियो र २ वर्षको ओभरसियरको अध्ययन अवधिलाई ३ वर्ष गरियो। वि.सं. २०२८ साल देखि [[सिभिल इन्जिनियरिङ]] कार्यक्रमका अतिरिक्त [[विद्युतीय इन्जिनियरिङ]] कार्यक्रम सुरु गरियो भने ३ वर्षे कार्यक्रमको अवधिलाई पुनः २ वर्षे गरियो <ref name=":0">त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान स्नातक ( बी.ई./बी.आर्क.) तहको प्रवेश–परीक्षा तथा क्याम्पस भर्ना सम्बन्धी जानकारी तथा निर्देशिका आषाढ २०७५</ref>।
 
यस क्याम्पस अन्तर्गत वि.सं. २०२८ देखि वि.सं. २०३२ साल सम्म इलेक्ट्रिकल, ब्रिकलेइङ, कार्पेन्ट्री र प्लम्बिङ विषयमा क्रमशः ९ महिना, १२ महिना र १५ महिना अवधिका कालिगढ तालिमहरू पनि सञ्चालन गरिएका थिए ।
 
=== [[इन्जिनियरिङ अध्ययन संस्थान]]को गठन ===
नयाँ शिक्षा योजना सुरु भएपछि नेपाल इन्जिनियरिङ इन्स्टिच्युटइन्स्टिच्यूट तथा थापाथलीमा बि.स. २०१९ सालमा स्थापित टेक्निकल ट्रेनिङ इन्स्टिच्युटलाईइन्स्टिच्यूटलाई एकिकृत गरी वि.सं. २०२९ सालमा [[त्रिभुवन विश्वविद्यालय]] अन्तर्गत [[इन्जिनियरिङ अध्ययन संस्थान]]को गठन भयो । यस अध्ययन संस्थान अन्तरगत नेपाल इन्जिनियरिङ इन्स्टिच्युटइन्स्टिच्यूट को स्थापना भएको पुल्चोक स्थित [[आनन्द निकेतन]]को हातामा पुल्चोक क्याम्पस पुल्चोक रहेको छ ।
 
यस क्याम्पसमा वि.सं. २०३० सालदेखि आर्किटेक्चर, वि.सं. २०३२ सालमा [[रेडियो इलेक्ट्रोनिक्स]] र वि.सं. २०३३ सालमा [[रेफ्रिजेरेसनरेफ्रिजेरेशन एन्ड एयरकन्डिसनिङएयरकन्डिशनिङ इन्जिनियरिङ]] कार्यक्रमको प्रमाण–पत्र तहको अध्ययन अध्यापन कार्य शुरुसुरु गरिएको हो । सिभिल इन्जिनियरिङ स्नातक तहको कार्यक्रम त्रि.वि. ई.अ.सं. को आफ्नै प्रयास तथा ब्यबस्थापनमाव्यवस्थापनमा २०४१ (१९८४) देखि नियमितरूपमा सुरु भई हाल आर्किटेक्चर, मेकानिकल, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल कार्यक्रमहरूमा स्नातक तह (बी.ई.÷बी.आर्क.) समेत सञ्चालन भइसकेका छन्। यस क्याम्पसमा सिभिल कार्यक्रमको अतिरिक्त वि.सं.२०५१ सालदेखि इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स, वि.सं. २०५२ सालदेखि मेकानिकल र आर्किटेक्चर, वि.सं. २०५५ सालदेखि कम्प्युटरकम्प्यूटर इन्जिनियरिङ र वि.सं. २०७५ सालदेखि [[एरोस्पेशएरोस्पेस इन्जिनियरिङ]] कार्यक्रममा स्नातक तहको पठन–पाठन शुरु भएका छन्<ref name=":0" />।
 
== सहयोग ==