"ज्याक द रिपर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
→‎अनुसन्धान: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १०३:
 
== अनुसन्धान ==
 
लन्डन सहर प्रहरीसँग रहेको ह्वाइटचापल हत्यासँग सम्बन्धित अधिकांश प्रतिवेदन तथा विवरणहरू दोस्रोविश्वयुद्ध चलिरहँदा सन् १९४० देखि सन् १९४१ सम्म जर्मनीद्वारा बेलायती विरुद्धको बम हमलामा नष्ट भएका थिए।<ref>{{cite web |url=https://www.casebook.org/intro.html |title=Home: Introduction to the Case |publisher=casebook.org |date=1 January 2010 |access-date=16 April 2020 |archive-date=13 January 2021 |archive-url=https://web.archive.org/web/20210113142706/https://www.casebook.org/intro.html |url-status=live }}</ref> पछि महानगरीय प्रहरीसँग रहेको प्रतिवेदनहरूले रानी भिक्टोरियाको युगमा हत्या अनुसन्धान प्रक्रियाको विस्तृत प्रतिवेदनहरू हेर्न अनुमति दिन्छ। प्रहरीहरूको एउटा ठूलो टोलीले ह्वाइटचापलमा रहेका प्रत्येक घरहरूको जाँच गरेको थियो भने त्यससमय अदालतसम्बन्धित सामग्री तथा सबुतहरूलाई जम्मा पारी जाँच गरिएको थियो।<ref name=canter12>David Canter (1994), ''Criminal Shadows: Inside the Mind of the Serial Killer'', London: HarperCollins, pp. 12–13, {{ISBN|0-00-255215-9}}</ref> हत्या अनुसन्धानमा थुप्रै शङ्कास्पद व्यक्तिहरूलाई गिरफ्तार गरिएको थियो भने प्रहरीद्वारा दुई हजार भन्दा बढी मानिसहरूको अन्तरवार्ता लिइएको थियो जसमध्ये ३०० भन्दा बढी मानिसहरूको जाँच गरी ८० जनालाई थुनामा राखिएको थियो।<ref>Inspector Donald Swanson's report to the Home Office, {{Nowrap|19 October}}</ref> स्ट्रिड र एडोवेसको हत्यापछि सहर प्रहरीका आयुक्त महोदय जेम्स फ्रेजरले रिपरलाई गिरफ्तार गर्नेलाई ५०० पाउन्डडको इनाम दिने प्रस्ताव राखेका थिए।<ref>Begg, ''Jack the Ripper: The Facts'', p. 184</ref>
[[चित्र:F.G.Abberline.jpg|left|thumb|upright|alt=Sketch of a whiskered man|निरीक्षक फेडरिक अब्बरलिन]]
जाजुस निरीक्षक एडमन्ड रिडको नेतृत्वमा महानगरीय प्रहरी ह्वाइटचापल विभागीय आपराधिक जाँच विभाग ह्वाइटचापल हत्याको प्रकरणको अनुसन्धान थालिएको थियो। निकोल्सको हत्यापश्चात् जाजुस निरीक्षक फ्रेडरिक अब्बरलिन, हेनरी मुर र वल्टर एन्ड्रिउजलाई स्कटल्याण्ड यार्डको केन्द्रीय कार्यालयबाट अनुसन्धानमा सहायता गर्नका लागि पठाइएको थियो।<ref>{{citation |url=http://www.met.police.uk/history/ripper.htm |title=The Enduring Mystery of Jack the Ripper |publisher=London Metropolitan Police |access-date=31 January 2010 |url-status=dead |archive-url=https://web.archive.org/web/20100204014147/http://www.met.police.uk/history/ripper.htm |archive-date=4 February 2010 }}</ref> लन्डन सहरभित्र भएको एडोवेस हत्यापछि निरीक्षक जेम्स म्याकविलियमको नेतृत्वमा लन्डन प्रहरी अनुसन्धानमा संलग्न भएको थियो। भर्खरै नियुक्त गरिएका आपराधिक जाँच विभागका प्रमुख रबर्ट एन्डरसन ७ सेप्टेम्बरदेखि ६ अक्टोबरबीच स्वीट्जरल्यान्डमा छुट्टीमा थिए भन्ने तथ्यले गर्दा हत्याको जाँचको समग्र निर्देशनमा बाधा पुगेको थियो भने उनी भ्रमणमा रहेका बेला च्यापमेन, स्ट्रिड र एडोवेसको हत्या भएको थियो।<ref>Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', p. 675</ref> यसले गर्दा महानगरीय प्रहरी आयक्त चार्ल्स वारेनले स्कटल्यान्ड यार्डबाट सोधपुछ समन्वय गर्न मुख्य निरीक्षकको रूपमा डोनाल्ड स्वानसनलाई नियुक्त गरेका थिए।<ref>Begg, ''Jack the Ripper: The Definitive History'', p. 205; Evans and Rumbelow, pp. 84–85</ref>
 
मासु काट्ने कसाई, नरहत्यारा, शल्यचिकित्सक र वैद्यहरूद्वारा पीडित महिलाहरूको अङ्गभङ्ग गरिएको भन्ने आशङ्का रहेको थियो।<ref>Rumbelow, p. 274</ref> सहर प्रहरीका कार्यकारी आयुक्त हेनरी स्मिथको एउटा जीवित टिप्पणीले स्थानीय कसाई र वधगर्नेहरूको जाँच गरिएको सङ्केत गर्दछ जसको फलस्वरूप उनीहरूलाई जाँचबाट मुक्त गरिएको थियो। निरीक्षक स्वानसनको गृह कार्यालयको एउटा प्रतिवेदनले पुष्टि गरेअनुसार ७६ जना कसाई र वधगर्नेहरूलाई निरीक्षकमा राखिएको र उनीहरू कहाँ काम गर्ने सबै कर्मचारीहरूलाई अघिल्लो छ महिनासम्म अनुसन्धानमा समेटिएको थियो। रानी भिक्टोरियालगायत अन्य केही समकालीन व्यक्तिहरूको विचारमा हत्याको नमुनाले उक्त अपराधी लन्डन र युरोपको मुख्य भूमिको बीचमा रहेको एक कसाई वा डुङ्गाबाट गाईवस्तु ओसारपसार गर्ने व्यक्ति थियो भनेर सङ्केत गर्दछ।<ref>Inspector Donald Swanson's report to the Home Office, {{Nowrap|19 October}}</ref>
ह्वाइटचापल लन्डनमा डुङ्गाहरू बनाउने ठाउँ नजिक थियो र प्रायः यस्ता डुङ्गाहरू बिहीबार र शुक्रबारका दिन बन्द रहन्थ्यो भने शनिबार र आइतबारको दिन चल्ने गरेको थियो। गाईवस्तुका डुङ्गाहरूको जाँच गरिएपछि हत्याको मिति र डुङ्गा चलेको दिन मेल खान गएको भने थिएन। <ref>Robert Anderson to Home Office, {{Nowrap|10 January}} 1889, 144/221/A49301C ff. 235–6, quoted in Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', p. 399</ref>
 
=== ह्वाइटचापल सतर्कता समिति ===
 
सन् १८८८ को सेप्टेम्बरमा लन्डनका स्वयम्सेवक नागरिकहरूको एउटा समूहले ह्वाइटचापल सतर्कता समिति नामक एक टोलीको गठन गरेको थियो जसले पछि शङ्कास्पद व्यक्तिकोहरूको खोजी गर्दै सडकमा गस्ती गरेको थियो।<ref>''Jack the Ripper – Through the Mists of Time'' {{ISBN|978-1-782-28168-9}}</ref> यस समितिको गठन पश्चात् यसले प्रहरीले अपराधी पक्राउ गर्न नसकेको भन्दै असन्तुष्टि जनाएको थियो भने यसका साथै हत्याले त्यस क्षेत्रका व्यवसायीलाई असर गरिरहेको भन्दै केही सदस्यहरू चिन्तित बनेका थिए।<ref>e.g. Evans and Skinner, ''The Ultimate Jack the Ripper Sourcebook'', pp. 245–252</ref> समितिले हत्यारालाई गिरफ्तार गर्ने जानकारी दिएबापतको इनाम जुटाउन सरकारलाई निवेदन गर्दै उनीहरूलाई पक्राउ गर्न सहायता प्रदमन गर्नेलाई ५० पाउन्डको इनाम दिने प्रस्ताव राखेका थिए।<ref>Begg, ''Jack the Ripper: The Facts'', p. 128</ref>
 
== अभियुक्तहरू ==
"https://ne.wikipedia.org/wiki/ज्याक_द_रिपर" बाट अनुप्रेषित