"विकिपिडिया:विकिमिडिया फाउन्डेसन निर्वाचन २०२१" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: विकिमिडिया फाउन्डेसन एक गैरनाफामुलक संस्था हो। यसले विभिन्न...
(कुनै भिन्नता छैन)

१२:२१, २९ जुन २०२१ जस्तै गरी पुनरावलोकन

विकिमिडिया फाउन्डेसन एक गैरनाफामुलक संस्था हो। यसले विभिन्न विकिमिडिया परियोजनाहरूलाई सञ्चालन तथा रेखदेख गर्दछ। यसले विकिमिडिया परियोजनाहरूको बृद्धि विकासको लागि प्राविधिक समर्थन, स्वयम्सेवक र सम्बद्ध व्यक्तिहरूलाई संसाधनहरू प्रदान गर्दछन्।

विकिमिडिया फाउन्डेसनका ट्रस्टीहरूको एक समूह हुन्छ जसले अन्तिम कर्पोरेट अधिकारको रूपमा र यसको कामको निरीक्षण गर्दछ। बोर्डले फाउण्डेसनका लागि एक वर्षमा विभिन्न प्रोजेक्टहरू, क्षेत्रहरू र समुदायहरूको लागि समर्थनका बारे निर्णय लिन महत्वपूर्ण मानिने फाउन्डेसनको वार्षिक योजनाको पनि निरीक्षण गर्छ।

२०२१ सामुदायिक सीटहरूको लागि बोर्ड निर्वाचन

२००८ देखि बोर्डमा दसजना ट्रस्टीहरू थिए। यो संख्या हालसालै हालसालै बढेर १६ जना भएकोको छ। आठ सिटहरू समुदाय तथा सम्बद्ध प्रक्रियाहरू मार्फत चयन गरिएका छन्, जसमध्ये संस्थापक सिटबाट एकजना जिम्मी वेल्स हुन र बाँकी सात सिटहरू बोर्डद्वारा नियुक्त गरिन्छ। यस निर्वाचनबाट चार जना ट्रस्टीहरू चयन हुनेछन् र बाँकी चार जना २०२२ मा चयन हुनेछन्।

विकिमिडिया फाउन्डेसनको १५ बर्षको इतिहासमा अहिलेसम्म दक्षिण एसिया क्षेत्रबाट कोही कसैले पनि बोर्डमा सेवा गर्ने मौका पाएका छैनन्। यसबाट विकिमिडिया फाउन्डेसनको उच्च-स्तरीय कार्यकारी संरचनाहरूमा हाम्रो जस्तो समुदाय र क्षेत्रबाट प्रतिनिधित्वमा प्रत्यक्ष प्रभाव पारेको छ।

कृपया तल निर्वाचनको समय सिमा हेर्नुहोस् र यसमा कसरी सहभागि हुन सक्नुहुन्छ भन्ने कुरा निर्धारण गर्नुहोस्।

समय सिमा

  • जुन ६-२९: उम्मेदवारीको लागि आह्वान
  • जुलाइ २: पुष्टि भएका उम्मेदवारहरूको घोषणा
  • जुलाइ ७ - अगस्ट ३: उम्मेदवार प्रचार अभियान
  • अगस्ट ४-१७: समुदायद्वारा मतदान
  • अगस्ट २५: मत परिणामको घोषणा

मतदान सम्बन्धि जानकारी

तपाईले विकिमिडिया विकीमा दर्ता भएको कुनै एक खाताबाट मतदान गर्न सक्नुहुन्छ। तपाईले जतिवटा खाताहरू भएता पनि तपाईले जम्मा एक पटक मात्र मतदान गर्न सक्नुहुन्छ। मतदानको लागि योग्य हुन निम्न मापदण्डहरू पुरा भएको हुनु पर्छ:

  • एक भन्दा बढी परियोजनाहरूमा ब्लक गरिएको हुनुहुन्न;
  • बोट हुनुहुन्न;
  • ५ जुलाइ २०२१ सबै विकीमा कम्तिमा ३०० सम्पादन गरेको हुनुपर्छ;
  • ५ जनवरी २०२१ देखी ५ जुलाइ २०२१ सम्म अवधिमा कम्तिमा पनि २० सम्पादन गरेको हुनुपर्छ।


योग्यता मापन उपकरणको माद्यमबाट तपाईले आफ्नो योग्याता जाँच गर्न सक्नुहुन्छ।

नोट: यदी तपाई अहिले सम्ममा योग्य हुनुहुन्न भने ५ जुलाइ आउन अझै समय बाँकी छ, आजैबाट विकिमिडिया परियोजनाहरूमा योगदान गर्न सुरु गरेर आफुलाई योग्य बनाउनुहोस्।

उम्मेदवारहरू

हालका सबै उम्मेदवारहरू यहाँ हेर्नसक्नुहुन्छ।

प्रशनहरू

यदि तपाईंसँग कुनै प्रश्नहरू छन् भने कृपया निर्वाचन स्वयंसेवक वा सुविधाकर्तालाई सम्पर्क गर्नुहोस् वा वार्तालाप पृष्ठमा लेख्नुहोस्।