"शीतयुद्ध" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[चित्र:NATO vs Warsaw (1949-1990)edit.png|right|thumb|300px|नेटो तथा वार्सा पक्षका राष्ट्रहरू]]
 
[[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]] पछि [[संयुक्त राज्य अमेरिका]] तथा [[सोभियत सङ्घ]] को बिच उत्पन्न तनावको स्थितलाई '''शीत युद्ध''' को संज्ञा दिइएको थियो।
 
==शीतयुद्धको अर्थ==
[[द्वितीय विश्व युद्ध|दोस्रो विश्व युद्ध]] सकिएपछि सन् १९४५ देखि १९८९ को बीचको समयमा संसार दुई ध्रुवमा बाँडिएको थियो । ती दुई ध्रुवको नेतृत्व अमेरिका र सोभियत सङ्घले गरेका थिए । शीतयुद्ध शब्दको प्रयोग अमेरिका र सोभियत सङ्घबीच त्यो समयमा रहेको तनावपूर्ण सम्बन्धलाई लिएर गरिन्छ । परमाणु युद्धको आशंकामा दुवै पक्ष कहिलै पनि सिधै युद्धमा होमिएनन् । तर त्यो समयमा करोडौं मानिस डरमा बाँच्न बाध्य रहे ।
 
इतिहासकार यसलाई सरकार संचालनका दुई व्यवस्था ([[पूँजीवाद|पुँजीवाद]] र [[साम्यवाद]])बीचको लडाईकारूपमा हेर्छन् । यसमा अमेरिकाले पुँजीवादी व्यवस्थाको प्रतिनिधित्व गरेको थियो भने रूसले साम्यवादी व्यवस्थाको । देश चलाउने तरिका दुवै देशको फरक थियो र दुवैलाई लाग्थ्यो की आफ्नो प्रणाली उत्कृष्ट छ । दुवै देश यो मान्न थालेका थिए की दोस्रो पक्ष आफ्नो व्यवस्था संसारभर लागु गराउने कोसिस गरिरहेको छ । यही नै तनावको सबैभन्दा ठूलो कारण थियो ।
 
== सुरूवात ==
सन् १९४५ मा [[दोस्रो विश्वयुद्ध|दोस्रो विश्व युद्ध]] सकिनु त्यस्तो मोड थियो जसका कारण शीत युद्ध सुरू भयो । युद्धको समयमा अमेरिका र [[सोभियत सङ्घ]] एक अर्काका सहयोगी थिए र नाजी जर्मनी उनीहरूको साझा दुस्मन थियो । तर वास्तविकता यो थियो की युद्ध सकिएपछि नाजी जर्मनीको अस्तित्व सकियो । यो युद्धले यूरोपलाई छुट्टाइदिएको थियो र दुवै देश शक्तिशाली हुँदै गएका थिए ।
 
युद्ध सकिएपछि दुवै देश संसारलाई आ–आफ्नै तरिकाले चलाउन चाहान्थे । उनीहरूकाबीचमा युरोपलाई कसरी फुटाउने भन्ने बारेमा पनि ठूलो मतभेद थियो । यही कारण [[संयुक्त राज्य अमेरिका|अमेरिका]] र सोभियत सङ्घको बीचमा दुश्मनी सुरू भएको हो । किनकी दुवै देश संसारमा आफ्नो दबदबा बढाउने होडमा अघि बढेका थिए ।
 
दुवै देशले आफ्ना सहयोगी देशको [[गठबन्धन]] बनाउन सुरू गरे । अमेरिका र पश्चिमी देशले मिलेर ‘[[उत्तरीउत्तर एट्लान्टिक सन्धि सङ्गठन|नेटो]]’ गठन गरे । अर्को तर्फ सोभियत सङ्घलाई पूर्वी युरोपका पोल्यान्ड र हङ्गेरी जस्ता देशको समर्थन थियो । दुवै पक्षलाई एक अर्काले हमला गर्ने डर थियो । यसको नतिजा हतियार निर्माणमा भएको होडबाजीमा देखियो । उनीहरूले हतियारको भण्डार बढाउन सुरू गरे । ६० को दशकमा आइपुग्दासम्म अमेरिका र सोभियत सङ्घले आफ्नो तागत यतीसम्म बढाएका थिएकी उनीहरूको परमाणु मिसाइल महादेशको सिमा पार गरेर हमला गर्न सक्षम थिए । सन् १९६२ मा [[क्युबा मिसाइल सङ्कट|क्युबा मिसाइल संकट]]को दिनमा परमाणु युद्धको सम्भावना चरम थियो । संसारभर [[गृहयुद्ध]]को स्थिति थियो । अमेरिका र सोभियत सङ्घको समर्थनमा अप्रत्यक्षरूपमा लड्नु समान्य झैं थियो ।
 
लिभरपुल जोन मुरिस युनिभर्सिटीका सिनियर लेक्चरर मेलकम क्रेग भन्छन्, ‘शीत युद्ध कहिलै शितल थिएन । दुवै शक्तिबीचको लडाईमा लाखौं मानिसको ज्यान गएको थियो । [[कम्बोडिया]], [[कंगो]], [[कोरिया]], [[इथोपिया]], [[सोमालिया]] जस्ता ठाँउमा शित युद्ध एक बर्बाद गरिदिने लडाई थियो ।’
"https://ne.wikipedia.org/wiki/शीतयुद्ध" बाट अनुप्रेषित