"शल्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४:
महभारत युद्धको तयारी भै रहेको बेलामा राजा शल्य आफ्ना भान्जा पाण्डवको सहयोगी भएर लड्ने गरी फौँजहरू तयार गरेर [[मत्स्य नगर]] गैरहेका बेला [[कौरव]]हरूले शल्यलाई बसमा गर्नको निमित्त राजा शल्यको प्रतेक दिनको वास बस्ने ठाँउमा गास र वासको पूर्ण व्यवस्था गरी दिएका थिए। यो व्यवस्था देखेर राजा शल्यले यो व्यवस्ता पाण्डवहरूले नै गरेको हुनु पर्छ भन्ने भ्रममा परेर गास र वासको उपभोग गर्दै आए एक दिन राजा शल्यले त्यहाँ गास वासको ठाउँमा काम गर्ने मान्छेलाई यो व्यवस्था गर्ने मान्छेको माग पुरा गर्दिन्छु भनि सोधेको बेला उनलाई त्यहाँका मान्छेले यो व्यवस्था कौरवका राजा दुर्योधनद्वारा गरिएको हो भनेकाले राजा शल्यले दुर्योधनलाई बोलाएर सोधे अनी राजा दुर्योदनले भने -"मामा जी हजुरले हाम्रो तर्फ भएर युद्धमा हामीलाई सहयोग गर्नु पय्रो।" यती सुन्दा राजा शल्यले बाचा हारि सकेकाले युद्धमा कौरवको तर्फ भएर लड्ने बाचा गरे। त्यस पछि राजा शल्य पाण्डव भए ठाउँ गएर आफुले बाचा हारेको कुरा सुनाए।
 
यो सुनेर पाण्डवहरूका जेठा भाइ [[युधिष्ठिर|युधिष्ठीर]]ले हाम्रो पनि एक काम गरिदिनुहोला भने तब राजा शल्यले हुन्छ भनि फर्के। महाभारत युद्धको सुरू हुनु भन्दा पहिले राजा युधिष्ठिर [[भीष्म|भिष्म]], [[द्रोणाचार्य]] र राजा शल्य कहाँ भेट गर्न गएका थिए। त्यो बेला पनि राजा शल्यलाई आफ्नो काम गरी दिने कुरा दोहराएका थिए। त्यस पछि युद्धको क्रममा [[कर्ण (महाभारत)|कर्ण]] र [[अर्जुन]]को युद्ध भएको बेला राजा शल्य [[कर्ण (महाभारत)|कर्ण]]को [[सारथी]] भएर काम गरेका थिए। यसै क्रममा शल्यले कर्णको तेजोबध (हौसला घटाउने काम) गरिदिएका थिए। यसैले कर्णको उत्साह घट्दै गएको थियो र अन्तमा अर्जुनले कर्ण वीरको बध गरेका थिए। कर्ण बध पछि पछि दुर्योधनले राजा शल्यलाई सेनापति बनाएका थिए। अन्तमा राजा शल्यलाई युधिष्ठिरले युद्ध गरी मारेका थिए।
<ref>शुब्बा होम नाथ केदार नाथको महाभारत</ref>
 
"https://ne.wikipedia.org/wiki/शल्य" बाट अनुप्रेषित