"आम निर्वाचन २०१५" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५२:
==पृष्ठभूमि==
 
राजतन्त्रको विरोध तथा आम निर्वाचनको मिति तय गर्नको लागि [[नेपालका राजाहरूको सूची|राजा]]माथि दवाव सिर्जना गर्न वि.सं. २०१४ साल [[साउन]] १४ गते [[काठमाडौँ]]मा [[नेपाली कांग्रेस|नेपाली काङ्ग्रेस]], [[नेपाली राष्ट्रिय काङ्ग्रेस]] र [[नेपाल प्रजा परिषद् (मिश्र)]] सम्मिलित प्रजातान्त्रिक मोर्चाको गठन गरिएको थियो।<ref name="चुनाव">{{cite web|last1=रिसाल|first1=भैरव|title=राजा झुक्किंदा भयो चुनाव|url=http://nepalihimal.com/article/15712|website=नेपाली हिमाल|accessdate=१९ जुन २०२०}}</ref> राजनीतिक संक्रमणकाल झेल्दै आएको र जनताद्वारा निर्वाचित सरकार नभई राजाको प्रत्यक्ष शासन रहेको सो समयमा नेपाली काङ्ग्रेसको मुखपत्र 'नेपाल पुकार' मा वि.सं. २०१४ साउनमा राजा विरुद्ध एउटा स्तम्भ छापिएको थियो जसको प्रतिक्रियामा तत्कालिन राजा [[महेन्द्र वीर विक्रम शाह]]ले आम निर्वाचन तत्कालै हुननसक्नेहुन नसक्ने भनि आदेश जारी गरेका थिए, जसको फलस्वरुप देशव्यापी विरोध प्रदर्शन भएको थियो।<ref name="BP">{{cite web|last1=रिमाल|first1=अरविन्द|title=बीपीविरुद्ध त्यो मल्ल युद्ध|url=http://annapurnapost.com/news/92924|website=अन्नपूर्ण पोस्ट|accessdate=१९ जुन २०२०}}</ref>
 
नेपालमा आगामी ६ महिनाभित्र आम निर्वाचन गराउन माग गरिरहेको प्रजातान्त्रिक मोर्चाले वि.सं. २०१४ असोज २१ गते [[वीरगञ्ज महानगरपालिका|वीरगञ्ज]]मा भेला आयोजना गरेको थियो।<ref name="चुनाव"/> सोही भेलाबाट मोर्चाले प्रथम आम निर्वाचनको मिति तोकाउन वि.सं. २०१४ [[मंसिर|मङ्सिर]] २२बाट काठमाडौँमा 'भद्र अवज्ञा आन्दोलन' थाल्ने निर्णय गरेको थियो। प्रजातान्त्रिक मोर्चाले यहि विषयलाई समेटेर आफ्नो एकमात्र मागलाई 'भद्र अवज्ञा आन्दोलन' सुरु हुनुभन्दा अगावै वि.सं. २०१४ मङ्सिर २० गते राजदरबारलाई ६ महिना भित्र निर्वाचन सम्पन्न गर्ने विषयक पत्र पठाएको थियो। पत्रप्राप्त भएको भोलिपल्ट अर्थात् वि.सं. २०१४ मङ्सिर २१ गते राजा महेन्द्रले प्रजातान्त्रिक मोर्चाका शीर्षस्थ नेताहरू [[विश्वेश्वरप्रसाद कोइराला|बिपी कोइराला]], [[डिल्लीरमण रेग्मी]] र [[भद्रकाली मिश्र]]लाई आमन्त्रित गरेका थिए। लगभग २ घण्टा ३० मिनेट चलेको उक्त छलफलपछि राजाले 'आफुँ निर्वाचनको लागि सकारात्मक रहेको र सबैको सहयोग प्राप्त भए छिट्टै निर्वाचन गर्ने' आश्वासन व्यक्त गरेका थिए।<ref>देवकोटा ग्रीष्म बहादुर, नेपालको राजनीतिक दर्पण भाग-२ पृ.५६९–५७०</ref>