"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १०:
|death_date= वि.स. १८८८, चैत्र
|death_place =
|father = [[नयनसिंह थापा|नैनसिंह थापा]]
|office = नेपालको महारानी
|term_start = वि.स. १८६२
पङ्क्ति १७:
|religion = [[हिन्दु]]
}}
महारानी '''ललित त्रिपुरा सुन्दरी''' (१८५०-१८८८) लाई नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा थिईन्। उनी नेपालका राजा [[रणबहादुर शाह|श्री ५ रणबहादुर शाह]] की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरु नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनकै प्रेरणाले उनका सौतेनी छोरा [[गीर्वाणयुद्ध विक्रम शाह]] र नाति [[राजेन्द्र विक्रम शाह]]ले पनि ३ ३ वटा पुस्तक लेखेको देखिन्छ। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविदहरूले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्। <ref name=":0">नारीचुली। नरेन्द्रराज प्रसाईं। २००७। नई प्रकाशन।</ref>
 
==जन्म==
उनी वि.सं. १८५० सालमा बाबु काजी [[नयनसिंह थापा|नयनसिँह थापा]] र उनकी पत्नीबाट जन्मेकी थिइन् । उनी बगाले थापाकी छोरी थिइन्। ललित त्रिपुरासुन्दरी मुख्तियार [[भीमसेन थापा]]की भतिजी थिइन्। प्रधानमन्त्री [[माथवरसिंह थापा]] उनका सहोदर भाइ हुन्। थापा खलककी ललित त्रिपुरा सुन्दरीको विवाह राजा रणबहादुर शाहसंग गराएर भीमसेन थापाले सत्तामा आफ्नो पकड जमाउने बलियो अस्त्र बनाएको देखिन्छ। रणबहादुर शाह र उनका रानीहरूको मृत्युपछि १८६३ मा ललित त्रिपुरा सुन्दरी नाबालक राजा गिर्वाण युद्ध विक्रमकी संरक्षकका रूपमा नायब बनेकी थिईन्। १८ वर्ष नपुग्दै गिर्वाण युद्ध विक्रमको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी राजेन्द्र विक्रमकी पनि नायब बनेकी थिईन्। उनको लामो शासनकालमा भिमसेन थापाले आफ्नो शक्ति सुदृढ बनाएका थिए। <ref name=":0" />
 
==जीवन==
पङ्क्ति ४०:
==भाषा साहित्य==
ललितत्रिपुरासुन्दरीले [[संस्कृत]] र [[नेपाली]] भाषामा [[कविता]] लेखिन् । नेपाली भाषा साहित्यकी प्रथम नारीस्रष्टा ललितत्रिपुरासुन्दरीले [[महाभारत]]को शान्ति पर्व अन्तरगतको [[राजधर्म]] अनुशासन पर्वलाई [[संस्कृत]]भाषाबाट १८८१ सालमा [[नेपाली]] भाषामा अनुवाद गरिन् । ललितत्रिपुरासुन्दरीद्वारा लिखित राजधर्म नइ प्रकाशनले पुन: प्रकाशनमा ल्याएको छ । 'राजधर्म' २०१९ सालमा [[जगदम्बा प्रकाशन]]ले प्रकाशनमा ल्याएको थियो । तर त्यति बेला ग्रन्थ लेखकको नाउँलाई प्रस्ट्याइएको थिएन । यस ग्रन्थलाई नइ प्रकाशनले २०६४ सालमा प्रकाशनमा ल्याएको हो । यो ग्रन्थ ७२६ पानामा आधारित छ । 'राजधर्म' नामक ग्रन्थमा प्रथम नारीस्रष्टा ललितत्रिपुरासुन्दरीको जीवनी पनि आबद्ध छ ।
ललितत्रिपुरासुन्दरीका व्यक्तित्वका विविध पाटाका विषयमा [[योगी नरहरिनाथ]], [[मदनमणि दीक्षित]], [[सत्यमोहन जोशी]], [[श्यामदास वैष्णव]], [[ईश्वरबल्लभ|ईश्वरवल्लभ]], [[गोविन्द भट्ट]], [[मोदनाथ प्रश्रित]], [[बालकृष्ण पोखरेल]], [[गणेशबहादुर प्रसाई]], [[कुमारबहादुर जोशी]], [[विष्णुराज आत्रेय]], [[गार्गी शर्मा]], [[देवीप्रसाद सुवेदी]], [[प्रकाश ए. राज]] आदिले पनि लेखेका छन्। ईतिहासविद दिनेशराज पन्तले राजधर्मलाई ‘नेपाली भाषा साहित्यको गर्व’ भनेका छन्। उनी दरबारमा लेखक तथा कविहरूलाई निकै प्रश्रय दिन्थिन्।
 
===अन्य===