"रुद्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
|term_start2 = वि.सं. १९८९ भाद्र १७
|term_end2 = वि.सं. १९९० चैत ०१
|predecessor2 = [[जुद्ध शमशेर जंगबहादुरजङ्गबहादुर राणा|जुद्ध शमशेर]]
|successor2 =[[पद्म शमशेर जङ्गबहादुर राणा|पद्म शमशेर]]
 
पङ्क्ति ३१:
|signature =
}}
'''[[फिल्ड मार्सल]] सुप्रदिप्त मान्यवर नेपाल तारा ओम राम पट्ट सुप्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु सुविख्यात त्रि शक्ति पट्ट श्री श्री श्री महाराजकुमार''' '''रुद्र शमशेर''' [[राणा बीवंशको सीउत्तराधिकारी क्लास राणारोलक्रम|सि क्लासका राणा]] थिए । श्री ३ [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]को विवाह श्री ५ माहिला साहेब ज्यू की छोरी सँग भएको थियो। पछि वीर समशेरले दाइजोमा आएकी खञ्जनलाई अङ्गीकार गरी श्री ३ कान्छी महारानी घोसित गरी नाउँ तोपकुमारी राखिदिए। उनीतिरबाट चक्र शमशेर, '''रुद्र शमशेर''' , तेज शमशेर र प्रताप शमशेर जन्मेका थिए ।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२४६|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
 
वि.सं. १९९० चैत ०१ [[जुद्ध शमशेर जंगबहादुरजङ्गबहादुर राणा|जुद्ध शमशेर]]ले सि क्लास का राणाहरूलाई [[चार भञ्ज्याङ|चार भन्ज्याङ]]बाट कटाउने कटु निर्णय लिए । उनीहरूलाई [[राणा वंशको उत्तराधिकारी रोलक्रम|रोलक्रम]]बाट पनि झिकियो । तदनुसार कमाण्डर इन्चीफ रुद्र शमशेरलाई पाल्पाको तैनाथवाला लाघारिए ।<ref>नेपालको तथ्य इतिहास राजाराम सुबेदी पृष्ठ २६१</ref>
 
== रोलक्रमबाट निष्काशन ==
 
=== षड्यन्त्र ===
रुद्रशमशेर ज्यादै सोझा साथै धर्मपरायण थिए। राजकाज सम्बन्धी जालझेल कपटको साथै कूटनीतिक चाल चल्न सक्ने क्षमता उनमा कत्ति थिएन । खासगरी उनी [[जुद्ध शमशेर जंगबहादुरजङ्गबहादुर राणा|श्री ३ जुद्ध]] प्रति ज्यादै विश्वास र आस्था राख्दथे। उनका छोराहरू ईश्वर, [[गोपाल शमशेर जङ्गबहादुर राणा|गोपाल]], श्याम र धैर्य शमशेरहरूले बारम्बार ‘जुद्ध शमशेरले हामीलाई निष्कासन गर्ने तर्जुमा गर्दै छन् भन्ने कुरा हाम्रा गुप्तचरहरूबाट सूचना आइरहेछ । कुनै एकाध गुप्तचर गलत हुन सक्छ, तर सबै तर्फबाट यही सूचना पाउनुको कारण कुरा सत्य हो’ भनी सूचना गर्दा पनि किन हो मुख्तियार रुद्रशमशेर सदैव ‘[[जुद्ध शमशेर जंगबहादुरजङ्गबहादुर राणा|जुद्ध शमशेर]]ले म उपर यस्तो अनर्थ गर्दैन’ भन्दथे । यस्तै कमजोरी उनमा थियो ।
 
यसै १९९० साल चैत १ गते घोडेजात्राको दिन श्री ३ जुद्धले मुख्तियार रुद्रशमशेरलाई ‘काहिँला चैत ५ गते सञ्चयकोष विषयमा मिटिङ छ, त्यस दिन २ कम्पनी सेना हातहतियार सहित सिंहदरबार पठाऊ’ भनी आदेश गरे ।
पङ्क्ति ४६:
खासगरी प्रचण्ड शमशेरले त ईश्वरशमशेरलाई उपरोक्त कुरा लिखित रूपमा दिई साथै गर्नुपर्ने कार्य गर भनी रायसमेत दिएका थिए ।
 
[[जुद्ध शमशेर जंगबहादुरजङ्गबहादुर राणा|श्री ३ जुद्धशमशेर]]ले चैत ५ गतेका दिन हातहतियार सहित २ कम्पनी सेनाको माग गर्नु, प्रचण्ड शमशेर र मान शमशेरहरूले सूचना गर्नु आदि सबै कारणबाट अब रुद्र शमशेरलाई पनि निष्कासन गर्न लागे भन्ने कुरामा पूरा विश्वास पर्यो ।
 
निष्कासित हुनेहरूमा तेजशमशेर, रामशमशेर, धनशमशेर, नरराजशमशेर, राज शमशेर, मेघराज शमशेर, इन्दु शमशेर, माधवशमशेर, मनशमशेर, सत्यशमशेर सबै काठमाडौं बाहिर कोही औषधी उपचारका लागि भारततर्फ गएका थिए भने पू.क.ज. तेज शमशेरका दोस्रा छोरा ले.क. यज्ञराज शमशेरको मृत्यु भएको जम्मा ५ दिन मात्र भएको थियो अर्थात् ‘जुठो’ परेको थियो । उपरोक्त व्यक्तिहरू तत्काल कोही बडाहाकिम भई गौंडा–गोश्वारातर्फ थिए तथा कोही दौडाहाका निमित्त तराई –पहाडतर्फ ठाउँठाउँमा खटिएर गएका थिए ।
पङ्क्ति ५३:
प्रधान सेनापति रुद्रशमशेरका चार भाइ छोरा भई निष्कासन विषयमा सरसल्लाह गरी ‘मर्छ त के के गर्छ’ भनी विरोध गर्न तयार भई तत्काल काठमाडौंमा उपस्थित निष्कासित हुनेहरू हिरण्य शमशेर, प्रताप शमशेर, गोविन्द शमशेर, [[सुवर्ण शमशेर राणा|सुवर्ण शमशेर]] र [[महावीर शमशेर जङ्गबहादुर राणा|महावीर शमशेर]]हरूलाई सूचना गरी भेला गराई सरसल्लाह गरी विरोध गर्ने सल्लाह आपसमा गरी आफ्ना बुबा रुद्र शमशेरसँग सो कुरा भन्दा उनले वि.सं. १९५८ मा भायसराय लर्ड कर्जनले ‘अब उप्रान्त राणाहरूमा रक्तपात भएमा नेपाललाई भारतमा सम्मिलित गराइने’ भन्ने कुराको साथै वि.सं. १९५९ मा भएको ‘धर्मपत्र’को समेत स्मरण गराई रुद्र शमशेरले आफ्ना छोराहरूलाई सम्झाइ बुझाइ भने, ‘मलाई रक्तपात गर्नु छैन, हामीसँग जम्मा सय–सवा सय नाल बन्दुक छन् ।
 
जुद्धशमशेर कहाँ (मेसिनगन, लुइसगन, ब्रेनगन, स्टेनगन, टमिगन र हजारौँ नाल सर्टइन–फिल्ड गन) राइफलहरूको साथै प्रशस्त मात्रामा गोलीगठ्ठा समेत [[सिंहदरवार|सिंहदरबार]]मा छन्, तसर्थ हामी कुनै अवस्थामा पनि विजयी हुन सक्दैनौँ । मलाई राम्रोसँग थाहा छ हाल जुद्ध शमशेरले आँटेपछि हामी कसैको केही लाग्दैन, हामी केही गर्न सक्दैनौँ। कल्याण यसैमा छ कि हामीले कुनै अप्रिय घटना नगरौँ। अहिले हामी निर्दोष भई जानु परिरहेछ, पछि दागी र बागी भएर जानु परेमा कलङ्क लाग्नेछ’ भनी आफ्ना चारै जवान छोरालाई सम्झाइ बुझाइ अप्रिय घटना गर्ने छैनौँ भनी शपथ समेत दिलाई विरोध गर्नबाट रोके ।<ref>[[पुरुषोत्तम शमशेर जबरा|पुरुषोत्तम शमशेर जबरा]]को ‘श्री ३ हरूको तथ्य वृत्तान्त’</ref><ref>रुद्रबाट खोसेर बहादुरलाई चारबुर्जा दरबार http://www.ghatanarabichar.com/80173</ref>
 
राणा शासन हटाउनु श्री ५ त्रिभुवनको र रुद्रशमशेर दुवैको पनि अभीष्ट भएकाले राणा शासन नहट्दै रुद्र शमशेरका जेठा छोरा ईश्वर शमशेर राजपरिवारको नजिक <ref>श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ २७७ </ref>) मात्र नभई श्री ५ त्रिभुवनका अघोषित परामर्शदाता भइसकेका थिए <ref>श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ २९५-२९६</ref> ।