"युद्धप्रसाद मिश्र" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९:
| birth_name = युद्धप्रसाद मिश्र
| birth_date = वि.सं. १९६४
| birth_place =सोमलिङटार, [[भक्तपुर नगरपालिका|भक्तपुर]]
| death_date = वि.सं. २०४७ फाल्गुण ६ गते (८३ वर्ष)
| death_place = वीर अस्पताल [[काठमाडौँ]]
पङ्क्ति ५५:
}}
 
'''युद्धप्रसाद मिश्र''' (अङ्ग्रेजी: [[:en:Yuddha Prasad Mishra|Yuddha Prasad Mishra]]) (वि.सं. १९६४ - वि.सं. २०४७) नेपाली कविता क्षेत्रका स्वच्छन्दतावादी, प्रगतिवादी धाराका कवि हुन् । मिश्र वि.सं. १९६४ पौष शुक्ल अष्टमीका दिन [[भक्तपुर नगरपालिका|भक्तपुर]]को सोमलिङटारमा जन्मिएका थिए ।<ref name="NKRB">आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई</ref>
 
==जीवनी==
पङ्क्ति ६२:
===शिक्षा===
सानैमा बुबाको मृत्यु भएकोले उनले राम्रोसँग पढ्ने मौका पाएनन् । उनले प्रारम्भिक शिक्षा आफ्नी आमाबाट पाए । पछि आमा र मावली हजुरबाको प्रयासमा घरमै एकजना शिक्षकको व्यवस्था गरी प्राथमिक शिक्षाको बन्दोबस्त मिलाइएको थियो । प्रारम्भिक शिक्षा सकेपछि उनलाई त्यस बेलाको दरबार हाइस्कुलमा भर्ना गरियो । त्यहाँ उनले एक वर्षजति वेदको अध्ययन गरे । त्यसबेला सरकारी जागिर खानका लागि तीन पास भन्ने परीक्षा पास गर्नु पर्थ्यो । उनले [[दरबार हाई स्कुल|दरबार हाइस्कुल]]बाट तीन पास गरे । तीन पास गरेपछि जागिर खाँदै उनले चार पास गरे । त्यसैलाई आधार मानेर चौध पासको मान्यता दिइएको थियो ।<ref name="Agraj"/>
 
===कार्य जीवन===
[[दरबार हाई स्कुल|दरबार हाइस्कुल]]बाट तीन पास गरेपछि उनले १९८४ देखि कुमारी चोकमा नौसिन्दाको पदबाट जागिर खान थाले । नौ वर्ष जागिर खाएपछि उनले राजीनामा दिए । त्यसपछि उनले राणा प्रधानमन्त्री श्री ३ भीमशमसेरको दरबारमा कान्छी रानीको ढुकुटीमा बहिदारको जागिर खाए । तयहाँबाट पनि उनले १९९० मा राजीनामा दिएर आफ्नै जन्मथलोतिर लागे । त्यहाँ उनले जागिर खाए पनि पढ्न छाडेनन् । उनले केही विद्वानहरूको सहयोग र स्वअध्ययनबाटै संस्कृत भाषा र साहित्यको गहिरो अध्ययन गरे । उनलाई हिन्दी र अङ्ग्रेजी भाषाको पनि राम्रै ज्ञान थियो । वि.सं. २००० तिरबाट उनले फेरि [[वीरगञ्ज]] सर्कल अफिसमा सुवेदार पदको जागिर खान थालेका थिए । <ref name="Agraj"/>
 
===व्यक्तिगत जीवन===
पङ्क्ति ७७:
२०१०/११ सालतिर उनको आफ्नै पार्टी नेपाली काङ्ग्रेसले उनलाई भ्रष्टाचारको आरोप लगायो र धेरै वर्षसम्म उनलाई मुद्दामा दुःख दियो । केही समयपछि सरकारले भ्रष्टाचारको मुद्दा लागेको सबैलाई सफाइ दिएपछि उनी फेरि सुब्बा पदमा पुनः बहाली भए ।
 
२०१२ सालमा [[वाराणसी|बनारस]] निर्वासन भएपछि उनी नेपाली काङ्ग्रेसको विचार त्यागी कम्युनिष्ट सद्धान्ततिर आकर्षित हुँदै गए । बनारसमा उनको [[पुष्पलाल श्रेष्ठ|पुष्पलाल]]लगायत अन्य भूमिगत नेतासँग भेट भयो । २०१७ सालदेखि कम्युनिष्ट विचारतिर प्रभावित हुन थालेका थिए । तर त्यसबेला एउटा कम्युनिष्ट पार्टी थिएन । सबै कम्युनिष्ट एक भएर अगाडि बढ्नु पर्छ भन्ने उनको भनाइ थियो । त्यसैले उनी कुनै पनि कम्युनिष्ट पार्टी वा समूहको सदस्य बनेनन् ।
 
८२ वर्षको उमेरमा पनि उनले पञ्चायती तानाशाही व्यवस्थाको विरुद्ध २०४७ साल चैत्र ३ मा लेखक कलाकारहरूले चलाएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेले र गिरफ्तार भए ।<ref name="Agraj"/>