"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १०:
|result =
* [[चिनियाँ कम्युनिष्ट पार्टी|कम्युनिष्ट]] विजय र चिनियाँ मुख्यभुमिमा शासन
* [[चीन|जनवादी गणतन्त्र चीन]]को घोषणा
* [[गणतन्त्र चीन सरकार]] ताइवान पलायन
|combatant1 = {{plainlist|
पङ्क्ति ३५:
}}
|commander2 = {{plainlist|
* {{flagdeco|ROC}} [[च्याङ काइ सेक|च्याङ काई सेक]]
}}
|strength1 = {{plainlist|
पङ्क्ति ५१:
}}
 
'''चीनको जनवादी क्रान्ति''' सन् १९४९ मा सफल भयो । यसलाई मुक्ति युद्ध ({{zh|t=解放戰爭|s=解放战争|p=Jiěfàng Zhànzhēng}}), भनेर पनि चिनिन्छ। यसको नेतृत्व [[चिनियाँ कम्युनिष्ट पार्टी]] र यसका अध्यक्ष [[माओ त्से तुङ्]]ले गरेका थिए। यसको नतिजा स्वरूप १ अक्टोबर १९४९ मा [[चीन|जनवादी गणतन्त्र चीन]]को घोषणा भयो। क्रान्तिको सुरुवात १९४६ मा दोश्रो चीन-जापान युद्ध (१९३७-४५) पश्चात भएको थियो र यो क्रान्ति चिनियाँ गृहयुद्ध (१९४५-४९)को दोश्रो संस्करण थियो। <ref>“Chinese Civil War of 1945–49”, ''Dictionary of Wars'' (2007), Third Edition, George Childs Cohn, Ed., pp. 121–122.</ref>
 
==पृष्ठभूमि ==
पङ्क्ति ७०:
देशको प्रगति एक व्यवस्थाको अन्त्य र अर्को व्यवस्थाको थालनीले मात्र नहुने रहेछ । देशको प्रगतिका लागि असल योजना र योजनाकारको आवश्यकता पर्दछ । गणतन्त्रको स्थापना भएर पनि चीनमा राजनीतिक स्थायित्व कायम हुन सकेन । फलतः चिनियाँ कम्युनिस्ट पार्टीले जनवादी क्रान्तिको थालनी गर्यो । जसका कारणहरू तल दिइएको छन्:
===च्याङ काई सेकको नीति ===
[[चित्र:Chiang_Kai-shek(蔣中正).jpg|alt=Chiang Kai-shek(蔣中正).jpg|thumb|[[च्याङ काइ सेक|च्याङ काई सेक]] Chiang Kai-shek(蔣中正)]]
[[च्याङ काइ सेक|च्याङ काई सेक]] प्रभावशाली, महत्वाकांक्षी, अवसरवादी, विश्वासघाती र अदूरदर्शी नेता थिए । यिनले अरूको सल्लाह स्वीकार गर्दैनथे । यिनले सुधारका कामहरू गर्नुभन्दा पनि विरोधीहरूलाई शक्तिको भरमा दमन गरेर मनपरि शासन चलाउन चाहन्थे । उनी सत्तमा आएपछि कोमिङताङलाई साम्यवादी विरोधी दलका रूपमा विकास गरे र साम्यवादी विचारका मानिसहरूलाई कारबाही गर्न सुरु गरे । सन् १९२७ मा उनले चिनियाँ कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धसमेत लगाए ।
 
पङ्क्ति ७८:
=== जापानसँगको युद्धमा पराजय ===
{{मुख्य|द्वितीय चीन-जापान युद्ध}}
चीनमा पहिलेदेखि नै विदेशी हस्तक्षेप कायम थियो। [[च्याङ काइ सेक|च्याङ काई सेक]]ले अमेरिकीहरूको सहयोग लिएका हुनाले जापान चीनसँग रुष्ट थियो। यसै बखत सन् १९३७ मा जापानले मन्चुरियामाथि आक्रमण गर्यो। [[दोस्रो विश्व युद्ध|द्वितीय विश्वयुद्ध]] कायम रहेसम्म नै यो युद्ध कायम रह्यो। यस बखत लाल सेना र राष्ट्रिय सेना संयुक्त रूपमा जापान विरुद्ध युद्धमा सहभागी भए। चिनियाँ जनताहरू यो युद्धमा आफ्नो पराजयले निराश भए। यस वेला चिनियांँ कम्युनिस्ट पार्टीले राष्ट्रिय सेना तथा जनसाधारणमा आफ्नो सङ्गठन र प्रभाव विस्तार गर्ने अवसर पनि पायो। यो युद्धको पराजयको दोष च्याङ काई सेक र उनको कोमिन्ताङ पार्टीमाथि लगाइयो। अतः यो पनि चिनियाँ जनवादी क्रान्तिको एउटा कारण बन्न गयो।
 
===मुद्रास्फिती र महङ्गी ===
पङ्क्ति ९३:
 
=== तत्कालीन कारण: लाल सेनामाथि राष्ट्रिय सेनाको आक्रमण ===
सन् १९२६ देखि नै क्रान्तिका रूपमा [[गृहयुद्ध]]को थालनी भएको थियो। सन् १९४८ मा राष्ट्रिय सेनाले मन्चुरियामा लाल सेनामाथि गरेको आक्रमण नै क्रान्तिको तत्कालीन कारण बन्यो। पछि यो युद्ध नै निर्णायक बन्न गयो। सुरुको अवस्थामा राष्ट्रिय सेनाले उत्साहजनक विजय प्राप्त गर्यो। लाल सेनाले गुरिल्ला रणनीति अवलम्बन गरे। यसले राष्ट्रिय सेनामा ठुलो क्षति हुन गयो। लाल सेनाको पहिलो पटकको गुरिल्ला हमलामा ३ लाख राष्ट्रिय सेनाले आत्मसमर्पण गरी लाल सेनालाई आफ्नो हतियार बुझायो भने सन् १९४८ को डिसेम्बरमा सुन्चो भन्ने स्थानमा भएको युद्धमा ५ लाख राष्ट्रिय सेनाको ज्यान गयो। यसै पटक [[लाल सेना]]ले [[पेकिङ]]समेत आफ्नो नियन्त्रणमा लियो । सन् १९४९ अक्टोबर १ मा माओत्से तुङले [[चीन|जनवादी गणतन्त्र चीन]]को घोषणा गरे।
 
== क्रान्तिको घटनाक्रम ==
पङ्क्ति १०७:
 
(घ) युद्ध बिराम गर्ने आदि ।
[[चित्र:PRCFounding.jpg|alt=PRCFounding.jpg|thumb|[[चीन|जनवादी गणतन्त्र चीन]]को घोषणा]]
चिनियाँ कम्युनिस्ट पार्टीले राखेका सर्तहरूलाई नानकिङ सरकारले अस्वीकार गर्‍यो । च्याङ काई सेकले नानकिङमा राजधानी बनाई देशको शासन चलाएको हुनाले यो सरकारलाई नानकिङ सरकार भनिएको हो। कुनै पनि देशका सरकारलाई राजधानीको नामबाट सम्बोधन गरिने चलन अहिले पनि छ। नानकिङ सरकारले [[लाल सेना]]का सर्तहरू अस्वीकार गरेपछि लाल सेनाले आफ्ना गतिविधिहरूलाई अझै तीव्र बनाउँदै लग्यो । सन् १९४९ को अप्रिलमा नानकिङ र [[साङ्घाई]] पनि लाल सेनाको नियन्त्रणमा आए। लाल सेनाले देशका विभिन्न स्थानहरूमा जनसरकार गठन गर्दै गयो । [[च्याङ काइ सेक|च्याङ काई सेक]] फारमोसा भन्ने टापुमा भाग्न सफल भए। फारमोसा टापुलाई हाल [[ताइवान]] भनिन्छ। हाल ताइवान एक स्वतन्त्र राज्य हो। माओत्से तुङले १ अक्टोवर १९४९ मा नयाँ सरकार गठन गर्दै जनवादी गणतन्त्र चीनको घोषणा गरे। यसप्रकार झन्डै २३ वर्षसम्मको युद्ध पनि समाप्त भयो। जनगणतन्त्रवादी चीनलाई सर्वप्रथम [[सोभियत सङ्घ|सोभियत संघ रुस]]ले मान्यता दियो।