"दुलालथोक" का संशोधनहरू बिचको अन्तर

+ map
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४४:
यहाँको बेसी क्षेत्रमा [[आँप]], [[लिची]], [[मेवा]], [[रूख कटहर|रूखकटहर]] जस्ता गर्मीमा पाइने फलफुलहरू पाइन्छ भने माथिल्लो भेगमा केही मात्रामा [[सुन्तला]]का बोटहरू पनि लगाउने गरेको पाइन्छ । त्यस्तै [[अम्बा]], [[आरू|आरु]], [[आरुबखडा]], [[नास्पाती]], [[हलुवावेद|हलुवाबेद]], [[केरा]] यस गाउँका मुख्य फलफूलहरू हुन् । त्यस्तै जङ्गली रूपमा पाइने [[ऐँसेलु]], [[खनिउँ|खनायो]], [[अमला]], [[डुम्री]], [[चिउरी]], [[अर्चल]], [[पिठौली]], [[क्यामुना]], [[जामुन]], [[फडिम]], [[तिमिलो]], [[भक्मिलो]] आदि प्रशस्तै पाइन्छ ।
 
[[इपिल इपिल|इपिल]], [[बकाइनो]], [[कुटमिरो]], [[खनिउँ|खनायो]], [[काभ्रो]], [[गायो]], [[नारायणपाती]], खस्रु यहाँका किसानहरूका लागि पहिलो छनौटका डालेघाँसहरू हुन् । [[फलाँट]], [[मौवा]], [[साल]], [[सल्लो|सल्ला]], [[साझ]], [[पैयुँ]], [[सिमतारा]] यहाँका मुख्य काठजन्य वनस्पतिहरू हुन् । दुलालथोकको माथिल्लो भेगमा प्रशस्त मात्रामा [[सिमल]]का रूखहरू पनि पाइन्छ । तल्लो भेगमा प्रशस्तै [[उतिस]]का रूखहरू पाइन्छन् । [[बर]], [[पिपल]]का रूखहरू केही मात्रामा पाइन्छ ।
 
[[सारौं]], [[ढुकुर]], [[भँगेरा]], [[काग]], [[जुरेली]], [[कालिज]], [[लाम्पुच्छ्रे]], [[कुथुर्के]] यहाँका मुख्य चराहरू हुन् भने ढाडे बिरालो, [[मलसाँप्रो]], [[स्याल (प्रजाति)|स्याल]], [[चितुवा]], [[न्याउरीमुसो|न्याउरीमुसा]], [[लोखर्के]] यहाँका प्रमुख वन्यजन्तुहरू हुन् ।
"https://ne.wikipedia.org/wiki/दुलालथोक" बाट अनुप्रेषित