"दार्जिलिङ" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:दार्जिलिङ जोडियो
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६४:
| footnotes =
}}
'''दार्जिलिङ''' ([[बङ्गाली भाषा|बङ्गाली]]:দার্জিলিং) [[भारत]]को [[पश्चिम बङ्गाल]] राज्यमा रहेको एउटा नगर र [[दार्जिलिङ जिल्ला]]को सदरमुकाम हो। यो नगर [[महाभारत पर्वत शृङ्खला]]को भागमा अवस्थित छ। यहाँको औसत उचाई २,१३४ मिटर (६,९८२ फिट) छ। दार्जिलिङ शब्दको उत्त्पत्ति दुई [[तिब्बती भाषा|तिब्बती]] शब्द, दोर्जे (चट्याङ) र लिङ्ग (स्थान)बाट भएको हो। यसको अर्थ 'चट्याङ स्थान' हो। भारतमा [[ब्रिटिस राज|ब्रिटिस शासन]]को समयमा अनुकूल मौसमको कारणले यो ठाउँलाई <s>हिल स्टेसन</s> बनाइएको थियो। बेलायती शासकहरू यहाँ [[ग्रीष्म ऋतु]]को गर्मीबाट छुट्कारा पाउनको लागि यहाँ आउने गर्दथे।
 
दार्जिलिङ अन्तर्राष्ट्रिय स्तरमा चियाको लागि प्रसिद्ध छ।{{sfn|Srivastava|2003|p=4024}} दार्जिलिङमा रहेको [[दार्जिलिङ हिमालयन रेलवे]] [[युनेस्को]]को [[विश्व सम्पदा क्षेत्र|विश्व सम्पदा सूची]]मा परेको छ। यहाँ [[चियाखेती]] सन् १८०० को मध्यबाट शुरु भएको थियो। यहाँको चिया उत्पादकहरूले कालो चिया र फर्मेन्टिङ प्रविधिको एक सम्मिश्रण तयार गरेका छन् जो विश्वको सर्वोत्कृष्ट चियाहरू मध्येको एक हो। दार्जिलिङ हिमालयन रेलवेले दार्जिलिङ नगरलाई समथर स्थलसँग जोड्ने काम गर्दछ, यसलाई सन् १९९९ मा विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको थियो। यो रेल वाफबाट सञ्चालन गरिन्छ जुन [[भारत]]मा एकदमै कम देख्न पाइन्छ।
"https://ne.wikipedia.org/wiki/दार्जिलिङ" बाट अनुप्रेषित