"अन्तरिक्ष दौड" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३:
चित्र:Gagarin in Sweden.jpg|अनरिक्षमा पुग्ने पहिलो मानव [[युरी गागरिन|युरी गगारिन]], १९६१
चित्र:Neil Armstrong pose.jpg|चन्द्रमामा हिड्ने पहिलो मानव, [[निल आर्मस्ट्रङ]], १९७९
</gallery>'''अन्तरिक्ष दौड''' [[बीसौं शताब्दी|२० औं शताब्दी]]मा दुई [[शीतयुद्ध]] विरोधी [[महाशक्ति]]हरू, [[सोभियत सङ्घ|सोभियत संघ]] र [[संयुक्त राज्य अमेरिका]]को बीचमा उत्कृष्ट स्पेसफ्लाइट क्षमता हासिल गर्नको लागी प्रतिस्पर्धा थियो। [[दोस्रो विश्व युद्ध|दोस्रो विश्वयुद्ध]]पछि दुई राष्ट्रहरूको बीचको ब्यालिस्टिक मिसाइलमा आधारित आणविक हतियार दौडको क्रममा अन्तरिक्ष दौडको उत्पत्ति भएको थियो। स्पेसफ्लाइट उपलब्धिले प्रदर्शन गरेको प्राविधिक लाभ राष्ट्रिय सुरक्षाको लागि आवश्यकको रूपमा देखिएको थियो, र यो त्यस समयको प्रतीकवाद र विचारधाराको अंशको रुपमा बिकास भयो। '''अन्तरिक्ष दौड'''ले [[उपग्रह|कृत्रिम उपग्रह]], [[चन्द्रमा]], [[शुक्रग्रह|शुक्र]] र [[मङ्गल ग्रह|मंगल ग्रह]]मा रोबोट अन्तरिक्ष अनुसन्धान यान को बिकास  र प्रक्षेपण, र मानवलाई [[पृथ्वीको तल्लो कक्ष]] र अन्त्यमा चन्द्रमासम्म पुर्यायो । <ref>[https://www.history.com/topics/cold-war/space-race history.com, Space Race]</ref>
 
अन्तर्राष्ट्रिय जियोफाजिकल इयरमा अमेरिकाले कृत्रिम उपग्रह प्रक्षेपण गर्ने आफ्नो योजना घोषणा गरेपछीको प्रतिकृयामा चार दिनपछी १९५५ अगस्ट २ मा सोभियत संघले निकट भविष्यमा उनीहरूले उपग्रह प्रक्षेपण गर्ने घोषणा गरेपछी अन्तरिक्षा दौडको प्रतिस्पर्धा सुरु भयो । सोभियत संघले सन् १९५७ मा अक्टोबर ४ मा पहिलो सफल कृत्रिम उपग्रह [[स्पुतनिक-१|स्पुतनिक १]] प्रक्षेपणको सफलता हासिल गर्‍यो । १९६१ अप्रिल १२ मा सोभियत संघले अन्तरिक्षमा पहिलो मानव [[युरी गागरिन|युरी गागारिन]]को उडान गरायो । सोभियत संघले प्रारम्भिक केही बर्षहरूमा पृथ्वीको सबैभन्दा ठूलो परिभ्रमण लिफ्ट क्षमता, घण्टाको सट्टामा दिनमा मापन गरिने उडान अवधिहरू, पहिलो बहु-व्यक्ति क्रूड् स्पेसलाइट,र पहिलो स्पेसवाक सहितको उल्लेखनीय प्रारम्भिक नेतृत्व प्रदर्शन गर्‍यो। । <ref name="Siddiqi 2003a, p. 460">Siddiqi (2003a), p. 460</ref>