"सिन्ध" का संशोधनहरू बिचको अन्तर

पृष्ठको सबै सामाग्रीहरू हटाइ पृष्ठ खाली गरीँदै
चिनोहरू: खाली गर्दै मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''सिन्ध''' ({{lang-sd|سنڌ}}); ({{lang-ur|{{nq|سندھ}}}}) पाकिस्तानका [[पाकिस्तानको प्रशासनिक एकाइ|चार प्रदेशहरू]] मध्येको एक हो। देशको दक्षिणपूर्वी भागमा अवस्थित सिन्ध [[पाकिस्तान]]को तेस्रो सबैभन्दा ठूलो प्रदेश हो। यो कुल क्षेत्रफल र पाकिस्तानी [[पञ्जाब, पाकिस्तान|पञ्जाब]] पछिको जनसङ्ख्या अनुसार दोस्रो ठूलो प्रदेश हो। यसले क्रमशः उत्तरमा पाकिस्तानी प्रदेश [[बलुचिस्तान, पाकिस्तान|बलुचिस्तान]] र पञ्जाब र पूर्वमा भारतीय राज्य गुजरात र [[राजस्थान]]सँग भूमि सिमाना बाँडेको छ। यसलाई अरब सागरले दक्षिणमा पनि छोएको छ। सिन्धको भू-भाग प्रायजसो सिन्धु नदी छेउछाउको बलौटे मैदान, भारतसँगको अन्तर्राष्ट्रिय सीमासँगै प्रदेशको पूर्वी भागमा रहेको थार मरुभूमि र प्रदेशको पश्चिमी भागमा किर्थर हिमाल पर्दछन्।
 
सिन्धको अर्थतन्त्र पञ्जाब प्रदेश पछि पाकिस्तानको दोस्रो ठूलो अर्थव्यवस्था हो। यसको प्रादेशिक राजधानी [[कराची]] देशकै सबैभन्दा बढी जनसङ्ख्या भएको सहर हो साथै यसको मुख्य वित्तीय केन्द्र पनि हो। सिन्ध, पाकिस्तानको ठूलो औद्योगिक क्षेत्रको हो र यसमा देशको सबैभन्दा व्यस्त कासिम बन्दरगाह र कराचीको बन्दरगाह गरि दुई व्यावसायिक बन्दरगाहहरू रहेका छन्। सिन्धको अर्थतन्त्र कृषिमा आधारित छ जहाँ देशका अन्य भागका लागि फलफूल, उपभोग्य वस्तु तथा तरकारी उत्पादन हुने गर्दछ।
 
यो भारतीय उपमहाद्वीपमा इस्लामी शासनको अधिनमा रहेको पहिलो क्षेत्र मध्ये एक थियो जसका कारण यसलाई कहिलेकाहीँ बब-उल इस्लाम (अनुवाद:इस्लामको प्रवेशद्वार) भनिन्छ। प्रारम्भिक मुस्लिम विजयको अवधिमा आधुनिक प्रदेशका केही भागहरूमा रशीदून सेनाद्वारा आक्रमण गरिएको थियो तर ७१२ ईशापूर्वमा मोहम्मद इब्न कासिमको नेतृत्वमा उमय्यद खिलाफतको नेतृत्वमा सिन्धमा अरब आक्रमण नभएसम्म यो क्षेत्र मुस्लिम शासनको अधीनमा परेको थिएन। जातीय सिन्धी जातिहरू यस प्रदेशका सबैभन्दा ठूलो समूह हुन्। सिन्ध सन् १९४७ मा बेलायती भारतको विभाजनपछि यस क्षेत्रमा बसाइँ सरेका भारतीय मुस्लिमहरूको बहुजातीय समूह, मुहाजिरको आवासस्थल पनि हो। यो प्रदेश आफ्नो विशिष्ट संस्कृतिको लागि प्रसिद्ध छ। यहाँ सुफीवादबाट बलियो प्रभाव पारेको छ। यो हिन्दू र मुसलमान दुवैको लागि सिन्धी पहिचानको महत्वपूर्ण चिह्न हो। सिन्धी सूफीका केही महत्वपूर्ण मठमन्दिरहरू यस प्रदेशभरि रहेका छन् जसले वर्षेनी लाखौँ भक्तजनलाई आकर्षित गर्छन्।
 
सिन्ध सिन्धु घाटी सभ्यता अन्तर्गत कास्य युगको बेलामा यसको इतिहासका लागि प्रमुख छ। यो युनेस्कोले नियुक्त गरेका दुई विश्व सम्पदा क्षेत्रहरूको घर हो जसमा [[मकली पर्वत]] र [[मोहन जोदडो]] पर्दछन्।
 
== सन्दर्भ सामग्रीहरू ==
{{सन्दर्भसूची}}
 
== बाह्य कडीहरू ==
{{Sister project links|voy=Sindh}}
* [https://web.archive.org/web/20121119234920/http://www.transport.gos.pk/ सिन्ध यातायात विभागको आधिकारिक वेबसाइट]
* [http://www.sindh.gov.pk सिन्ध सरकार]
* [http://dmoz.pk/Provinces/Sindh/ सिन्ध] सहयोगी
* [https://web.archive.org/web/20091126053250/http://www.lgdsindh.com.pk/districts1.htm सिन्धका जिल्लाहरूको नक्सा]
* {{curlie|Regional/Asia/Pakistan/Provinces/Sindh}}
 
{{सिन्ध विषय}}
{{पाकिस्तानको प्रशासनिक एकाइ}}
{{पाकिस्तान विषय}}
 
[[श्रेणी:सिन्ध| ]]
[[श्रेणी:पाकिस्तानका प्रदेशहरू]]
"https://ne.wikipedia.org/wiki/सिन्ध" बाट अनुप्रेषित