"ज्याक द रिपर" का संशोधनहरू बिचको अन्तर

→‎बाह्य कडीहरू: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎हत्या: सामग्री थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७१:
सन् १८९१ फेब्रुअरी १३ का दिन बिहान २ बजेर १५ मिनेट जाँदा अर्नेस्ट थम्पसनले ह्वाइटचापलको स्वालो गार्डनस्थित रेलमार्गको मुनि फ्रान्सेस कोल्स नाम गरेकी २५ वर्षीया वेश्यालाई फेला पारेका थिए।
उनको घाँटीलाई काटिएको थियो तर तिनको शरीर अङ्गभङ्ग गरिएको थिएन। अर्नेस्ट थम्पसनले उनलाई भेटाउँदा खेरीसम्म उनी जिवितै थिइन् भने चिकित्सा सहायता आउनुअघिनै उनको मृत्यु हुन्छ
एक जना ५३ वर्षीय स्टोकर जेम्स थोमस साडलर लेल्ससँग पिउँदै गरेको देखिएको थियो र उनको मृत्यु हुनुभन्दा लगभग तीन घण्टाअघि ती दुईले बहस गरेका थिए भन्ने कुरा पत्ता लागेको थियो। साडलरलाई प्रहरीले गिरफ्तार गरेर उनलाई हत्याको अभियोग लगाएको थियो। उनलाई केही समय ज्याक द रिपर ठानिन्थ्यो तर पछि ३ मार्च १८९१ मा प्रमाणको अभावमा उनलाई रिहाइरिहा गरिएको थियो।
 
=== अन्य घटनाहरू ===
 
एघार वटा ह्वाइटचापल हत्याको बाहेक अनुसन्धानकर्ताहरूले अन्य आक्रमणहरूलाई रिपरसँग जोडेर हेरेको पाइन्छ। "फेरी फे" एक अज्ञात महिलालाई दिइएको उपनाम थियो जसको शव कथित रूपमा सन् १८८७ डिसेम्बर २६ का दिन वाणिज्यिक सडक नजिक फेला पारिएको थियो। "फेरी फे" को सन्दर्भमा, यो आक्रमण वास्तविक थियो वा रिपरको नामलाई बढावा दिनका लागि गरिएको भन्ने स्पष्ट छैन। पीडित महिलाको पेटमा खम्बा ठोकिएको रूपमा शवलाई बरामद गरिएको थियो तर सन् १८८७ को डिसेम्बर वा त्यसको आसपास ह्वाइटचापलमा कुनै पनि हत्या दर्ता नभएको देखिन्छ। एमा एलिजाबेथ स्मिथको हत्याको भ्रमित प्रेस प्रतिवेदन मार्फत "फेरी फे" सिर्जना गरिएको देखिन्छ जसको गुप्ताङ्गमा अस्पष्ट वस्तु घुसाइएको थियो। अधिकांश लेखकहरू पीडित फेरी फे अस्तित्वमानै नरहेको भन्ने कुरामा सहमत छन्।
 
एनी मिलउड नामक एक ३८ वर्षीया विधवालाई सन् १८८८ फेब्रुअरी २५ का दिन खुट्टामा असङ्ख्य छुरा रोपी घाइते बनाइएको थियो भने ह्वाइटचापलको एक स्वस्थ्य चौकीमा भर्ना गरिएको थियोे। पीडित महिलाको बयान दिँदा उनलाई एक अज्ञात व्यक्तिले धारिलो चक्कुले प्रहार गरेको बताएकी थिइन्। मिलउड निको भएर घर फर्किए लगत्तै उनको प्राकृतिक कारणहरूले गर्दा मृत्यु हुन्छ। मिलउडलाई पछि रिपरको पहिलो सिकारको रूपमा लिइएको थियो यद्यपि यो आक्रमणले अपराधीसँग निश्चित रूपमा कुनैपनि सम्बन्ध राख्दैन।
 
अर्को शंकास्पद शिकार एडा विल्सन नामक एक जवान महिला थिइन्। उनी सन् १९८८ मार्च २८ का दिन आफ्नो घरको ढोकामा सानोखाले चक्कुले घाँटीमा दुई पटक रोपिँदासम्म पनि बचेकी थिइन्। थप सम्भाव्य सिकार ४० वर्षीया एनी फार्मर हुन् जो मार्था टअब्रामको घरमा बस्दै थिइन् भने सन् १९८८ नोभेम्बर २१ का दिन उनीमाथि आक्रमण भएको थियो।
 
सन् १९८८ अक्टोबर २ का दिन ह्वाइटहलमा निर्माण भइरहेको नयाँ महानगरीय प्रहरी मुख्यालयको छेउछाउमा एक महिलाको शिरबिहिन शरीर फेला पारिएको थियो जसलाई "ह्वाइटहल रहस्य"को रूपमा पनि चिनिने गरिन्छ। सेप्टेम्बर ११ का दिन पिम्ली नजिकै थेम्स नदीमा लाशको पाखुरा र कुम पानीमा तैरिरहेको रूपमा फेला पर्छ भने अक्टोबर १७ मा शिरबिहिन शरीर फेला परेको ठाउँ नजिकै बायाँ खुट्टा गाडिएको स्थितमा बरामद गरिएको थियो।
लाशको हातखुट्टा र टाउको नभेटिएपछि शरीर कसको हो भन्ने कुरा पत्ता लाग्दैन कहिल्यै। यस्तै प्रकारले अङ्गभङ्ग गरिएको स्थितिमा पिन्चिन सडकमा पनि महिलाको शव बरामद गरिएको थियो जहाँ खुट्टा र टाउको शरीरबाट छुट्टिएको स्थितिमा थियो तर पाखुरालाई काटिएको थिएन।
 
ह्वाइटहल रहस्य र पिनचिन सडकमा भेटिएको शवको मुद्दालाई "थेम्स रहस्य" भनेर चिनिने शृङ्खलाबद्ध हत्याको एक भाग भएको हुनसक्ने अनुमान लगाइएको थियो। शवबाट शिर र खुट्टा छुट्टाउने हत्यारालाई पछि टोर्सो हत्याराको सङ्ज्ञा दिइएको थियो। ज्याक द रिपर र टोर्सो हत्यारा एउटै व्यक्ति थिए वा एउटै क्षेत्रमा सक्रिय फरकफरक क्रमिक हत्याराहरू थिए भन्ने कुरामा बहस चलेको थियो। टोर्सो हत्याराको हत्या विधि रिपरको भन्दा फरक रहेकाले त्यतिबेला प्रहरीले ती दुईबीचको कुनै पनि सम्बन्धलाई बेवास्ता गरिरहेको थियो। टोर्सो हत्यारासँग सम्बन्धित चार जनामध्ये एक जना एलिजाबेथ ज्याक्सनको लाशको अन्य भागहरू मात्र पत्ता लागेको थियो भने अन्यको केही पत्ता लाग्न सकेन जो चेल्सीकी २४ वर्षीया वेश्या थिइन् जसको शरीरका विभिन्न अङ्गहरू ३१ मे देखि २५ जुन १८८९ को बीच तीन हप्ताको अवधिमा थेम्स नदीबाट बरामद गरिएको थियो।
 
सन् १९८८ डिसेम्बर २९ का दिन मा सात वर्षीय बालक जोन गिलको शव ब्राडफोर्डको म्यानिङघमस्थित स्थिर खण्डमा फेला परेको थियो। गिल डिसेम्बर २७ देखि हराइरहेको थियो। पीडित बालकको खुट्टा भाँच्चिएको, पेट चिरिएको, आन्द्राहरू आंशिक रूपमा बाहिर निस्किएको र शरीरबाट मुटु र एउटा कानलाई छुट्टाइएको थियो। रिपर हत्या प्रकरण तेजरूपमा फैलिएकाले रिपरलेनै उक्त बालकको हत्या गरेको अनुमान लगाइएको थियो। उक्त बालकको मालिक २३ वर्षीय दुग्ध व्यापारी विलियम बेरेटलाई हत्याको आरोपमा दुईपटक गिरफ्तार गरिएतापनि अपर्याप्त प्रमाणको कारण उनलाई रिहा गरिएको थियो। त्यसपछि कसैलाई पनि हत्याको अभियोग लगाइएको थिएन।
 
क्यारी ब्राउनलाई (सेक्सपियरद्वारा लेखिएको नाटकलाई राम्रोसँग उद्धरण गर्ने सक्ने भएकाले सेक्सपियर उपनाा दिइएको) सन् १८९१ अप्रिल २४ का दिन लुगाले घाँटी अँठ्याएर हत्या गरी न्युयोर्क सहरमा शरीरलाई अङ्गभङ्ग गरिएको थियो। उनको शरीरको तिघ्रा र खुट्टा बीचको भागमा केही चोटका निशानहरू देखिएका थिए। ओछ्यानमा उनको डिम्ब फेला परेको थियो तर यसलाई जानाजानी हटाइएको वा अनजानमा हटाइएको भएतापनि अन्य अङ्गहरूलाई निकालिएको थिएन। त्यतिबेला हत्यालाई ह्वाइटचापलका हत्याहरूसँग तुलना गरिएको थियो यद्यपि महानगरीय प्रहरीले यो घटना कुनैपनि घटनासँग सम्बन्धित नरहेको जनाएको थियो।
 
== अनुसन्धान ==
"https://ne.wikipedia.org/wiki/ज्याक_द_रिपर" बाट अनुप्रेषित