"ज्याक द रिपर" का संशोधनहरू बिचको अन्तर
नयाँ लेख सार्वजनिक गरियो। चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
(कुनै भिन्नता छैन)
|
१७:५०, २१ जुन २०२१ जस्तै गरी पुनरावलोकन
ज्याक द रिपर एक अज्ञात धारावाहीक हत्याराको सबैभन्दा प्रसिद्ध नाम हो। यो हत्यारा सामान्यतया सन् १८८८ मा संयुक्त अधिराज्यको राजधानी लन्डन, ह्वाइटचापल जिल्ला र त्यसको छेउछाउका क्षेत्रहरूमा सक्रिय रहेको विश्वास गरिन्छ। शृङ्खलाबद्धरूपमा केही महिलाको हत्या पश्चात् एक अज्ञात व्यक्तिले एउटा पत्रमा आफूनै वास्तविक हत्यारा भएको दाबी गरेका थिए। घटनापश्चात् तत्कालीन पत्रपत्रिकाहरू मार्फत प्रसारित यस पत्रमा पहिलो पटक ज्याक द रिपरको नाम फेला परेको थियो। धेरैजसोको भनाइहरूका अनुसार अनुसन्धानलाई भड्काउनका लागि यो पत्र लेखिएको र यो पत्र झुटो रहेको प्रतिवेदनहरू रहेका छन्। उक्त पत्र पत्रकारहरूद्वारा घटनालाई बढावा दिन र लोकप्रियता कमाउनका लागि लेखेको ठहर गरिन्छ। उक्त हत्यारालाई अपराध मुद्दाको प्रतिवेदनहरूमा "ह्वाइटचापलको हत्यारा" र "लेदर एप्रोन" जस्ता नामहरू पनि दिइएको थियो जुन समकालीन पत्रकारहरूको लेखनमा पनि भेटिन्छन्।
ज्याक द रिपर | |
---|---|
जन्म | अज्ञात |
अन्य नाम | "ह्वाइटचापलको हत्यारा" "लेदर एप्रेन" |
घटना विवरण | |
पीडित व्यक्ति | अज्ञात (५ वटा प्रमुख) |
मिति | सन् १८८८-१८९१ (?) (सन् १८८८: ५ वटा प्रमुख) |
स्थान | ह्वाइटचापल, लन्डन, संयुक्त अधिराज्य |
ज्याक द रिपरद्वारा गरिएका हत्याहरूमा प्रायः लन्डनको पूर्वी भूभागमा झुपडीका बासिन्दाहरू र त्यस क्षेत्रमा काम गर्ने महिला यौनकर्मीहरू समावेश थिए। सबै पीडित महिलाहरूको घाँटीको नली काटेर हत्या गरिएको र पेट च्यातिएको स्थितिमा लाशहरू फेला परेका थिए। पीडित महिलाहरू मध्ये कम्तीमा तीन जनाको पेट चिरि शरीरभित्रको आन्द्रा काटिएको पाइएको थियो जसअनुसार हत्यारालाई पेटको शल्यक्रियाबारे थाहा थियो भन्ने अनुमान गरिएको थियो। शृङ्खलाबद्ध हत्याबारे जानकारी सन् १९८८ को सेप्टेम्बर र अक्टोबर महिनाहरूमा केन्द्रीय थियो। एक वा एकभन्दा बढी संवाददाताहरूले आफू वास्तविक हत्यारा भएको दाबी गर्दै सञ्चार माध्यम र स्कटल्यान्ड यार्डलाई पत्र लेखेका थिए। ह्वाइटचापल सतर्कता समितिका जर्ज लास्कले प्राप्त गरेको "नरकबाट" पत्रमा लेखकले मृतकमध्ये एक जनाको लागि मृगौला आरक्षणको ठूलो अंश भएको दाबी गरेका थिए। "ज्याक द रिपर" नामक हत्याराले हत्या गरिरहेको छ भनेर सर्वसाधारणले विश्वास गर्न थालेपछि यस विश्वासको कारण हत्याराको क्रूर चरित्र प्रति सञ्चार माध्यमहरूले प्रतिक्रिया देखाउन सुरु गरेका थिए।
हत्या पश्चात् ज्याक द रिपरबारे थुप्रै लेखहरू पत्रिकाहरूमा छापिएका थिए जसकारण रिपरले अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्नुका साथै यो दन्त्यकथा ठोस आधारमै स्थापित भएको थियो। प्रहरीले सन् १८९१ सम्म ह्वाइटचापलमा ११ वटा क्रूर हत्याको अनुसन्धान गरेतापनि उनीहरूले सन् १८८८ मा भएको हत्यासँग कुनै सम्बन्ध भेट्टाउन विफल बनेका थिए। पाँच पीडित महिलाहरूमा; मेरी आन निकोलस, एनी च्यापमेन, एलिजाबेथ स्ट्राइड, क्याथरिन एडोएस र मेरी जेन केली थिए जो समग्रमा क्याननिक्याल फाइभको नाममा परिचित छन्। सन् १८८८ अगस्ट ३१ देखि नोभेम्बर ९ को बीचमा यी ५ महिलाहरूको हत्या भएको थियो। साधारणतया यी हत्याहरू एकआपसमा सम्बन्धित छन् भन्ने विश्वास गरिन्छ। तिनीहरू वरपरका दन्त्यकथाहरू शुद्ध ऐतिहासिक अनुसन्धान, लोककथा र छद्म इतिहासको संयोजनमा सृजना गरिएका छन्। रिपरका घटनाहरूको अध्ययन र विश्लेषणका लागि "रिपरतत्व" भन्ने शब्द को सुरुवात गरिएको थियो। हाल रिपरको परिचयबारे सयभन्दा बढी सिद्धान्तहरू रहेका छन्। यी हत्याहरूले थुप्रै काल्पनिक कृतिहरूलाई पनि प्रेरित गरेको छ।
पृष्ठभूमि
१९औँ शताब्दीको बीचतिर बेलायतमा आयरल्यान्ड आप्रवासीहरूको ओइरो लाग्न सुरु भएपछि लन्डनको पूर्वी भूभाग र अन्य प्रमुख सहरहरूको जनसङ्ख्यामा भारिमात्रामा वृद्धि भएको थियो। सन् १८८२ देखि रूस र पूर्वी युरोपका अन्य क्षेत्रहरूबाट भागिरहेका यहुदी शरणार्थीहरू पनि सोही क्षेत्रमा बसाइँसराइ गर्न सुरु गरेका थिए। सन् १८८८ सम्म यस क्षेत्रको जनसङ्ख्यामा भारीमात्रामा वृद्धि भई कुल जनसङ्ख्या झण्डै ८० हजार पुगेको थियो जसकारण काम र आवासको अवस्था झन् झनै नाजुक हुँदै गएपछि आर्थिक रूपमा कमजोर वर्गहरूको सङ्ख्यामा पनि वृद्धि हुन गएको थियो। लन्डनको पूर्वी भूभागमा जन्मिएका ५५ प्रतिशत बालबालिकाहरू पाँच वर्ष नपुग्दै मर्न थाले भने यस क्षेत्रका मानिसहरू डकैती, हिंसा र मद्यपानमा निर्भर हुनु सामान्य भैसकेको थियो। गरिबीका कारण यस क्षेत्रका थुप्रै महिलाहरू दिनहुँ वेश्यावृत्तिमा लागिरहन बाध्य भएका थिए।
सन् १८८८ को अक्टोबरमा लन्डन महानगरीय प्रहरी इकाईका अनुमानअनुसार ह्वाइटचापलमा रहेका कुल वेश्यालयहरूको सङ्ख्या ६२ र त्यहाँ यौनकर्मीको रूपमा काम गरिरहेका वेश्याहरूको सङ्ख्या १,२०० रहेको थियो जहाँ हरेक रात ह्वाइटचापलभित्र २३३ वटा सामान्य आवास गृहमा बसोबास गर्ने लगभग ८,५०० मानिसहरू थिए। वेश्यालयमा रात बिताउनका लागि आउने मानिसहरूका लागि एकल पलङको मूल्य चार पेन्स थियो भने झलुङ्गोमा सुत्ने खर्च प्रति व्यक्ति दुई पेन्स रहेको थियो।
ह्वाइटचापलको आर्थिक समस्यासँगसँगै सामाजिक तनावमा पनि निरन्तर वृद्धि भएको थि। सन् १८८६ देखि १८८९ को बीचमा बारम्बार जनप्रदर्शन हुँदै प्रहरीहरूले हस्तक्षेप गर्नुका साथै रक्त आइतबार (सन् १८८७) जस्ता जनअशान्ति मच्चिएको थियो। अपराध, जन्मोत्सव, जातिवाद, सामाजिक अशान्ति र चरम अभावका कारण ह्वाइटचापेल अनैतिकताको कुख्यात ओडार हो भन्ने जनधारणा सबैमा हावी हुँदै गएको थियो। सन् १८८८ को शरद ऋतुमा "ज्याक द रिपर"द्वारा गरिएको क्रूर तथा वीभत्स हत्याहरूको शृङ्खलाले सञ्चारमाध्यममा अभूतपूर्व जानकारी प्राप्त गर्दा यस्ता धारणाहरूलाई अझ बलियो बनाएको थियो।
हत्या
सन् १९८८ अप्रिल ३ देखि १३ फेब्रुअरी १८९१ सम्म गरिएको एघार फरकफरक हत्याहरू लन्डन महानगरीय प्रहरी सेवाद्वारा अनुसन्धान गरिएको थियो भने यी हत्याहरूलाई सामुहिक रूपमा डकेटमा "ह्वाइटचापल हत्या" भनेर चिनिन्छ। यस अवधिमा पूर्वी भूभागका महिलाहरू विरुद्ध गरिएको ठूलो आक्रमणमा एउटै व्यक्तिले कति जनाको हत्या गरे भन्ने कुरामा अनिश्चितता थप्दछ। यी हत्याहरू एउटै अपराधीसँग सम्बन्धित छन् वा छैनन् भन्ने विषयमा फरकफरक धारणाहरू रहेका छन् तर "क्यानोनिकल फाइफ" भनेर चिनिने एघार ह्वाइटचापेल हत्यामध्ये पाँचवटा रिपरको काम हो भन्ने विश्वास गरिन्छ। अधिकांश विशेषज्ञहरू घाँटीको गहिरो घाउलाई अङ्कित गर्छन् भने यसपछि पेट र गुप्ताङ्गको विच्छेदन, आन्तरिक अङ्गहरूको निस्कासन आदि पीडित महिलाहरूमा देखिएको थियो। ह्वाइटचापल हत्याको प्रतिवेदनमा एमा एलिजाबेथ स्मिथ र मार्था टब्रामको पहिलो दुई मामिला क्लोनिकल फाइभमा समावेश गरिएको थिएन।
सन् १९८८ अप्रिल ३ का दिन बिहानको लगभग १ बजेर ३० मिनेट जाँदा एमा एलिजाबेथ स्मिथलाई ह्वाइटचापलको ओस्बोर्न सडकमा लुटपाट गरी यौन दुर्व्यवहार गरिएको थियो। पछि उनलाई फेला पारिँदा उनको अनुहार फुलेको र कान काटिएको थियो भने गुप्ताङ्गमा अस्पष्ट बस्तु घुसाएर योनीलाई छेदविच्छेद गरिएको थियो। घटनाको भोलिपल्ट लन्डन अस्पतालमा स्मिथको मृत्यु भएको थियो। स्मिथले उनलाई दुई वा तीन जना पुरुषहरूले आक्रमण गरेको र तीमध्ये एक किशोर रहेको बताएकी थिइन्। यो आक्रमण प्रेसद्वारा पछि गरिएका हत्याहरूसँग सम्बन्धित थियो तर धेरैजसो लेखकहरू स्मिथको हत्याको श्रेय रिपर मामलासँग सम्बन्धित एक सामूहिक हिंसालाई दिन्छन्।
सन् १९८८ अगस्ट ७ का दिन ह्वाइटचापलको जर्ज यार्डमा मार्था टाअब्रामको हत्या भएको थियो। उनको घाँटी, फोक्सो, मुटु, कलेजो र पुटमा गरी कुल ३९ वटा चक्कु हानेको निशान रहेका थिए भने उनको स्तन र योनीमा थप चक्कुको चोट रहेको थियो। उनको शरीरमा लागेको एउटा चोटबाहेक सबैलाई जसो चोटहरू धारिलो चक्कु सहितको यन्त्रको प्रयोग गरिएको देखिन्छ। शरीरमा लागेका घाउका अनुसार यस हत्याको पछाडि दाहिने हाते व्यक्ति रहेको छ भन्ने पुष्टि हुन्छ। मार्था टाअब्रामको हत्या गरिएपनि उनको बलात्कार गरिएको थिएन। यस हत्याको कारण स्पष्ट मनसायको कमी र पछिको क्यानोनिकल रिपर हत्याको स्थान र मितिको घनिष्ठताले गर्दा प्रहरीले यस हत्यालाई पछि ज्याक द रिपरले गरेका हत्याहरूसँग सम्बन्धित हुनसक्ने भन्दै उक्त घटनाहरूलाई दाँजेका थिए। तथापि टाअब्राको हत्या पछि गरिएको क्लोनिकन फाइभ हत्या भन्दा फरक हुनुको कारण टाअब्रामाको शरीरमा बारम्बार छुराले प्रहार गरिएतापनि उनको घाँटी र पेटमा कुनैपनि चोटको निशान थिएन। थुप्रै विशेषज्ञहरूले घाउको ढाँचाका आधारमा टाअब्रामको हत्यालाई पछि भएको हत्यासँग जोडेका छैनन्।
क्लोनिकल पाँच
क्लोनिकन पाँचमा; मेरी एन नकोल्स, एनश्र च्यापमेन, एलिजाबेथ स्ट्रिड, क्याथरिन इडोवेस र मेरी जेन केली समावेश छन् जसको हत्या एकै प्रकारले भएको र यी सबै हत्याका पछाडि रिपरको हात रहेको विश्वास गरिन्छ।
मेरी एन निकोल्सको लाश लगभग ३:४० बजे शुक्रबारका दिन सन् १८८८ अगस्ट ३१ का दिन बक्स सडक (हाल डर्वार्ड सडक) ह्वाइटचापलमा पत्ता लागेको थियो। एमिली हल्यान्डले निकोल्सको लाश पत्ता लाग्नुभन्दा लगभग एक घण्टाअघि उनलाई अन्तिम पटक जिउँदै देखेको बताएकी थिइन्। उनीसँग उनले पहिले ह्वाइटचापल सडकको थ्राबल सडकको एक सामान्य आवासगृहमा ओछ्यान साझेदार गरेकी थिइन्। निकोल्सको घाँटीमा दुई गहिरो चोटहरू देखिन्छ जसमध्ये एक चोटले घाँटीमा रहेका सबै नलीहरू काटिएको थियो। उनको गुप्ताङ्गमा दुईपटक छुरा रोपिएको थियो भने पेटको तल्लो भागहरूमा केही हदसम्म गहिरो घाउले पेट च्यातिएको जसले गर्दा आन्द्रा फुटेको थियो। पेटको दुवैपट्टि अन्य थुप्रै घाउहरू पनि चक्कुको प्रहारबाट भएका थिए।
उक्त घटनाको एक हप्तापछि शनिबार ८ सेप्टेम्बर १८८८ का दिन २९ हानबरी सडक, स्पिटलफिल्ड्सको पछाडिपट्टी बिहानको ६ बजे एनी च्यापमेनको लाश फेला परेको थियो। मेरी एन निकोल्सको जस्तै उनको पनि घाँटीमा दुई गहिरा चोटहरू देखिएका थिए भने उनको पेट पुरै काटिएको र पेटभित्रका सबै अङ्गहरू निकालिएको थियो मुत्युको कारण पत्ता लगाउनको लागि शरीरको अङ्ग तथा तन्तुहरुको मरणोत्तर परीक्षण गर्दा च्यापमेनको गर्भाशय, मूत्राशय र गुप्ताङ्गका केही भागहरूलाई पनि निकालिएको थियो। च्यापमेनको हत्याको जाँच गरिँदा एलिजाबेथ लङले च्यापमेनलाई लगभग बिहानको ५:३० बजे हानबरी सडकमा उभिरहेको देखेको वर्णन गरेकी थिइन् भने उनको साथमा गाढा खैरो रङ्गको कपाल भएको र खैरो चुच्चे टोपी र गाढा रङ्गको कोट लगाएको एक व्यक्तिलाई देखेकी थिइन्। यी प्रत्यक्षदर्शीका अनुसार ती व्यक्तिले चेपम्यानलाई प्रश्न गरेका थिए, "के तिमी ?" जसको जवाफमा च्यापमेनले "हुन्छ" भनेर दिएकी थिइन्।
एलिजाबेथ स्ट्रिड र क्याथरिन एडोवेस दुवैजनाको सन् १९८८ सेप्टेम्बर ३० का दिन बिहान हत्या भएको थियो। स्ट्रिडको लाश ह्वाइटचापलको बर्नर सडक (हाल हेनरिक्स सडक) नजिकको डटफिल्डयार्डमा लगभग बिहानको १ बजे मा पत्ता लागेको थियो जसको मृत्युको कारण घाँटीमा छ इन्चको एक स्पष्ट घाउ थियो र दाहिने बङ्गारामुनि उनको देब्रे क्यारोटिड धमनी काटिएको थियो। उनको शरीर थप अङ्गभङ्ग नभएको कारण स्ट्रिडको हत्या रिपरले गरेको हो वा आक्रमणको बेला उनलाई बीचैमा रोकियो भन्ने अन्योल उत्पन्न भएको थियो। केही साक्षीहरूले पछि प्रहरीलाई बताए अनुसार उनीहरूले २९ सेप्टेम्बरको साँझ र ३० सेप्टेम्बरको बिहान बर्नर सडकभित्र वा नजिकको एक जना मानिसको साथमा स्ट्रिडलाई देखेका थिए। तर प्रत्येकले फरकफरक विवरणहरू दिइरहेका थिए।
एडोवेसको लाश एलिजाबेथ स्ट्रिडको लाश पत्ता लागेको एक ४५ मिनेट पश्चात् लन्डन सहरको मिट्रे स्क्वायरमा फेला परेको थियो। उनको मृत्युको कारण घाँटीमा चक्कुको प्रहार रहेको थियो भने उनको पेटलाई चिरफार गरी आन्द्राभुँडी र भित्री अङ्गहरूलाई निकालिएको थियो। यसबाहेक उनको बायाँ मिर्गौला र पाठेघरको मुख्य भाग निकालिएको थियो भने उनको अनुहार पनि छेदविच्छेद भएको थियो। उनको नाक काटिएको, धाँटी काटिएको र प्रत्येक आँखाको ढकनीबाट क्रमशः साढे एक इन्चको एक चौथाइ भाग ठाडो गरी काटिएको थियो। एडोवेसको आँखातिर औँल्याइएको त्रिकोणीय घाउ तिनको घाँटीमा रोपिएको र तिनको दाहिने कानको एउटा भाग र कानको एउटा भागलाई पनि विच्छेद गरिएको थियो। एडोवेसको मृत शरीरलाई परीक्षण गरिनुपूर्व प्रहरी शल्यचिकित्सकले आफ्नो विचार व्यक्त गर्दै शरीरलाई अङ्गभङ्ग गर्न कम्तीमा पनि पाँच मिनेट लाग्ने बताएको थियो।
जोसेफ लवेन्डा नाम गरेका एक स्थानीय चुरोट विक्रेताले हत्या हुनुभन्दा केही समयअघि उनका दुई साथीहरूसँग चोकमा टहलिरहेका थिए भने उनले एक जना पुरुषलाई एक महिलासँग देखेका थिए जो एडोवेस हुनसक्ने उनको भनाइ थियो तर उनका साथीहरूले उकणत विवरणलाई पुष्टि गर्न सकेका थिएनन्। अन्ततः स्ट्रिड र एडोवेसको हत्यालाई "दोहोरो घटना" भनेर चिनिन थालिएको थियो।बिहानको २ बजेर ५५ मिजेट जाँदा ह्वाइटचापलको गुल्सटन सडकस्थित बहालमा दिइएको एक घरको प्रवेशद्वारमा एडोवेसको रगताम्मे पोशाक भेटिएको थियो। पोशाक भेटिएको ठाउँ नजिकको भित्तामा चकद्वारा कुँदिएको अक्षर यस्तो थियो; "यहुदीहरू ती मानिसहरू हुन् जसलाई केहीको पनि दोष दिइने छैन।" यो सन्देशले साधारणतया एक यहुदी वा यहुदीहरू यस शृङ्खलाबद्ध हत्याका लागि जिम्मेवार थिए भन्ने सङ्केत गरेको जस्तो देखिन्थ्यो तर यो भित्ते लेखन हत्याराले पोशाकको केही टुक्रा छोड्ने विषयमा लेखेको थियो वा घटनासँग कुनै सम्बन्ध नराख्ने एक घटनात्मक मात्रै थियो भन्ने कुरा स्पष्ट हुन सकेन। ह्वाइटचापलमा त्यस्ता भित्ते लेखनहरू सामान्य थिए। प्रहरी आयुक्त चार्ल्स वारेनलाई यो भित्ते लेखनले यहुदी विरोधीको दङ्गालाई मच्चाउन सक्छ भन्ने डर रहेका कारण बिहान भन्दा अघि नै उनले उक्त लेखोटलाई मेटाउने आदेश दिएका थिए।
मेरी जेन केलीको बेवारिसे र अङ्गभङ्ग गरिएको शरीर सन् १८८८ नोभेम्बर ९ का दिन शुक्रबार बिहानको १० बजेर ४५ मिनेट जाँदा डोरसेट सडक स्पिटलफिल्ड्स नजिकैको १३ मिलर्स कोर्टको एक कोठामा ओछ्यानमा लडिरहेको स्थितिमा पत्ता लागेको थियो। केलीको मृत्यु घाँटीको नली काटिएकाले भएको थियो भने घाँटीको भागहरू छेदविच्छेद स्थितिमा पाइएको थियो। उनको पेटका प्रायः सबै आन्तरिक अङ्गहरू पेटबाट निकालिएको थियो। उनको गर्भाशय, मिर्गौला र एउटा स्तनलाई टाउको नजिक राखिएको थियो भने अन्य अङ्गहरूलाई खुट्टाको नजिक राखिएको थियो। उनको पेट र तिघ्राको केही भाग ओछ्यान छेउको टेबलमा राखिएको थियो भने अपराध स्थलबाट मुटु भेटाउन सकिएन। उक्त कोठामा फेला परेको खरानीले केलीको हत्याराले कोठामा उनको शरीरलाई अङ्गभङ्ग गर्दा उज्यालो पार्न धेरै दहनशील वस्तुहरूलाई जलाएको अनुमान लगाइएको थियो।
प्रत्येक क्यानोनिकल पाँच हत्याहरू महिनाको अन्तमा, एक हप्तापछि सप्ताहन्तमा वा त्यसको नजिक नजिक गरिन्थ्यो। निकोल्सको मामिला बाहेक एकपछि अर्को हत्याहरू अघि बढ्दै जाँदा शरीरको अङ्गभङ्ग झन-झनै गम्भीर हुँदै गएका थिए। पीडित पाँच महिलाहरू मध्ये निकोल्सको कुनै पनि अङ्ग निकालिएको थिएन; च्यापमेनको गर्भाशय, मूत्राशय र योनिको केही भाग निकालिएको थियो; एडोवेसकन्ह गर्भाशय र बायाँ मिर्गौला निकालिएको र अनुहारलाई छेदविच्छेद गरिएको; केलीको शरीरबाट लगभग सबै आन्तरिक अङ्ग निकालिएको, अनुहारलाई सबै दिशामा च्यातिएको र उनको घाँटीलाई पनि धेरै पटक काटिएको थियो। यद्यपि यस अपराध स्थलबाट हराएको शरीरको एक मात्र अङ्ग मुटु थियो।
ऐतिहासिक रूपमा यी पाँच क्लोनिकल हत्याहरू एउटै अपराधीले गरेका थिए भन्ने विश्वास समकालीन कागजातहरूबाट लिइएको हो। सन् १८९४ मा महानगरीय प्रहरी सेवाका सहायक मुख्य नायब उपरीक्षक तथा आपराधिक जाँच विभागका प्रमुख महोदय मेलभिल म्याकनागटेनद्वारा लिएको एक प्रतिवेदनमा "ह्वाइटचापल हत्याकाण्डमा ५ जना शिकार भए मात्र ५ जना"। त्यसै गरी सन् १९८८ नोभेम्बर १० का दिन लन्डन आपराधिक जाँच विभागका प्रमुख रबर्ट एन्डरसनलाई प्रहरी शल्यचिकित्सक थोमस बोन्डले लेखेको पत्रमा पाँच जना पीडितहरूलाई एकसाथ जोडेको थियो।
केही अनुसन्धाताहरूले केही हत्यामा पक्कै पनि एक हत्याराको संलग्न रहेको बताउँछन् तर अन्य अपराधहरूका लागि स्वतन्त्र भएर काम गर्ने अज्ञात हत्याराहरूको ठूलो सङ्ख्या थियो। लेखक स्टिवर्ट पि इभान्स र डोनाल्ड रम्बलोबले क्यानोनिकल पाँचलाई रिपर मिथ्याको रूपमा सङ्ज्ञा दिँदै तीन मुद्दाहरू (निकोल्स, च्यापम्यान र एडोवेस) निश्चित रूपमा एउटै अपराधीसँग सम्बन्धित हुन सक्छन् भन्ने तर्क गर्छन् तर स्ट्रिड र केलीको पनि एउटै व्यक्तिद्वारा हत्या गरिएको थियो कि थिएन भन्ने सन्दर्भमा कम निश्चितता रहेको छ। यसको विपरीत अरूको विचारमा टअब्राम र केलीबीचको छवटा हत्या एउटा हत्याराको काम थियो। डाक्टर पर्सी क्लार्क जो रोगविज्ञानी जर्ज बग्स्टर फिलिप्सका सहायक थिए, उनले मात्र ३ हत्याहरूलाई एकमुष्ट रूपमा हेरेका थिए। म्याकनाघनले हत्या पश्चात् एक वर्षसम्म पनि प्रहरी बलमा सामेल भएका थिएनन् भने उनको ज्ञापनपत्रमा सम्भावित सन्दिग्धहरूको बारेमा गम्भीर तथ्यात्मक त्रुटि रहेको भनिन्छ।
अन्य हत्या प्रकरणहरू
मेरी जेन केलीलाई साधारणतया रिपरको अन्तिम शिकार मानिन्छ भने अपराधीको मृत्यु, कारावासमा कैद वा बसाइँसराइका कारण अपराध समाप्त भएको अनुमान गरिएको थियो। ह्वाइटचापलको हत्याले क्यानोनिकल पाँच पछि घटेका अन्य चारवटा हत्याको विवरण दिन्छ जसमा रोज मिलेट, एलिस म्याकेन्जी, पिनचिन सडकमा पाइएको टाउको बिहिन शरीर र फ्रान्सेस कोल्स समावेश छन्।
२६ वर्षीया रोज मिलेटको शव क्लार्कको यार्ड, पोप्लारमा सन् १९८८ डिसेम्बर २० का दिन मा फेला परेको थियो भने उनको घाँटी थिचेर हत्या गरिएको थियो। हत्या गर्ने क्रममा सङ्घर्षको निशान नभएकाले प्रहरीले उनलाई संयोगवश मात्तिएको झुपडीमा झुन्डिएको वा आत्महत्या गरेको भन्नेमा विश्वास गरेकन थिए तथापि उनको घाँटीको एक छेउमा डोरीले कमजोर निशानले मिलेटको घाँटी अँठ्याएर हत्या गरिएको सङ्केत दिन्छ। मिलेटको मृत्युको जाँचगर्दा अदालतले यस घटनालाई हत्याको फैसला सुनाएको थियो।
एलिस म्याककेन्जीको हत्या सन् १९८९ जुलाई १७ का दिन ह्वाइ ह्वाइटचापलको क्यासल एलिमा मध्यरातको केही समयपछि गरिएको थियो। उनको घाँटीमा दुई चोटी छुरीले रोपिएको थियो भने उनको शरीरमा थुप्रै स-साना चोट तथा घाउहरू फेला परे जसमा उनको देब्रे स्तनदेखि नाभीसम्म सात इन्च लामो सतही घाउ पनि समावेश छ। एक शल्य चिकित्सक थोमस बोन्डले यो रिपरद्वारा गरिएको हत्या हो भन्ने विश्वास गरेतापनि उनका सहकर्मी जर्ज बस्टर फिलिप्सले यस कुरामा सहमति जनाएनन् जसले पहिलेका तीन जना शवहरूको जाँचेका थिए। म्याककेन्जीको हत्याराले ज्याक द रिपरको शैलीको नक्कल गरेर आफू र यो हत्यालाई ज्याक द रिपर लाई दोषी ठहर्याउन खोजेको कुरामा पनि लेखकहरूको धारणा विभाजित रहेको छ।
सन् १९८९ सेप्टेम्बर १० का दिन मा ह्वाइटचापलको पिनचिन सडकस्थित रेलमार्ग मुनि अन्दाजी ३० देखि ४० वर्षकी एउटी अज्ञात महिलाको टाउको र खुट्टा नभएको शरीर फेला पर्छ। उनको मृत्यु हुनुभन्दा केही समयअघिनै उनको ढाड, कम्मर र पाखुरामा हतियार प्रहार गरिएकाले चोट लागिसकेको थियो। शवको गुप्ताङ्गमा चोट नभएतापनि पेटलाई भने छेदविच्छेद गरिएको थियो। उनको अर्धशरीर पत्ता लाग्नु भन्दा १ दिन पहिलानै उनको मृत्यु भएको अनुमान गरिएको थियो। शरीरका टुक्रा-टुक्रा भएका खण्डहरू पुरानो केमिजमा लुकाइएको र रेल मार्फत अन्तै लगिएको विश्वास गरिन्छ।
सन् १८९१ फेब्रुअरी १३ का दिन बिहान २ बजेर १५ मिनेट जाँदा अर्नेस्ट थम्पसनले ह्वाइटचापलको स्वालो गार्डनस्थित रेलमार्गको मुनि फ्रान्सेस कोल्स नाम गरेकी २५ वर्षीया वेश्यालाई फेला पारेका थिए। उनको घाँटीलाई काटिएको थियो तर तिनको शरीर अङ्गभङ्ग गरिएको थिएन। अर्नेस्ट थम्पसनले उनलाई भेटाउँदा खेरीसम्म उनी जिवितै थिइन् भने चिकित्सा सहायता आउनुअघिनै उनको मृत्यु हुन्छ एक जना ५३ वर्षीय स्टोकर जेम्स थोमस साडलर लेल्ससँग पिउँदै गरेको देखिएको थियो र उनको मृत्यु हुनुभन्दा लगभग तीन घण्टाअघि ती दुईले बहस गरेका थिए भन्ने कुरा पत्ता लागेको थियो। साडलरलाई प्रहरीले गिरफ्तार गरेर उनलाई हत्याको अभियोग लगाएको थियो। उनलाई केही समय ज्याक द रिपर ठानिन्थ्यो तर पछि ३ मार्च १८९१ मा प्रमाणको अभावमा उनलाई रिहाइ गरिएको थियो।
अनुसन्धान
अभियुक्तहरू
पत्र
सञ्चार माध्यम
विरासत
सन्दर्भ सामग्रीहरू
स्रोतहरू
- Begg, Paul (2003). Jack the Ripper: The Definitive History. London: Pearson Education. आइएसबिएन ०-५८२-५०६३१-X
- Begg, Paul (2004). Jack the Ripper: The Facts. Barnes & Noble Books. आइएसबिएन ९७८-०-७६०-७७१२१-१
- Bell, Neil R. A. (2016). Capturing Jack the Ripper: In the Boots of a Bobby in Victorian England. Stroud: Amberley Publishing. आइएसबिएन ९७८-१-४४५-६२१६२-३
- Cook, Andrew (2009). Jack the Ripper. Stroud, Gloucestershire: Amberley Publishing. आइएसबिएन ९७८-१-८४८६८-३२७-३
- Curtis, Lewis Perry (2001). Jack The Ripper & The London Press. Yale University Press. आइएसबिएन ०-३००-०८८७२-८
- Eddleston, John J. (2002). Jack the Ripper: An Encyclopedia. London: Metro Books. आइएसबिएन १-८४३५८-०४६-२
- Evans, Stewart P.; Rumbelow, Donald (2006). Jack the Ripper: Scotland Yard Investigates. Stroud, Gloucestershire: Sutton Publishing. आइएसबिएन ०-७५०९-४२२८-२
- Evans, Stewart P.; Skinner, Keith (2000). The Ultimate Jack the Ripper Sourcebook: An Illustrated Encyclopedia. London: Constable and Robinson. आइएसबिएन १-८४११९-२२५-२
- Evans, Stewart P.; Skinner, Keith (2001). Jack the Ripper: Letters from Hell. Stroud, Gloucestershire: Sutton Publishing. आइएसबिएन ०-७५०९-२५४९-३
- Fido, Martin (1987), The Crimes, Detection and Death of Jack the Ripper, London: Weidenfeld and Nicolson, आइएसबिएन ०-२९७-७९१३६-२
- Holmes, Ronald M.; Holmes, Stephen T. (2002). Profiling Violent Crimes: An Investigative Tool. Thousand Oaks, California: Sage Publications, Inc. आइएसबिएन ०-७६१९-२५९४-५
- Honeycombe, Gordon (1982), The Murders of the Black Museum: 1870–1970, London: Bloomsbury Books, आइएसबिएन ९७८-०-८६३-७९०४०-९
- Marriott, Trevor (2005). Jack the Ripper: The 21st Century Investigation. London: John Blake. आइएसबिएन १-८४४५४-१०३-७
- Meikle, Denis (2002). Jack the Ripper: The Murders and the Movies. Richmond, Surrey: Reynolds and Hearn Ltd. आइएसबिएन १-९०३१११-३२-३
- Rivett, Miriam; Whitehead, Mark (2006). Jack the Ripper. Harpenden, Hertfordshire: Pocket Essentials. आइएसबिएन ९७८-१-९०४०४८-६९-५
- Rumbelow, Donald (2004). The Complete Jack the Ripper. Fully Revised and Updated. Penguin Books. आइएसबिएन ९७८-०-१४-०१७३९५-६
- Sugden, Philip (2002). The Complete History of Jack the Ripper. Carroll & Graf Publishers. आइएसबिएन ०-७८६७-०२७६-१
- Thurgood, Peter (2013). Abberline: The Man Who Hunted Jack the Ripper. The History Press Ltd. आइएसबिएन ९७८-०-७५२-४८८१०-३
- Werner, Alex (editor, 2008). Jack the Ripper and the East End. London: Chatto & Windus. आइएसबिएन ९७८-०-७०११-८२४७-२
- Whittington-Egan, Richard; Whittington-Egan, Molly (1992). The Murder Almanac. Glasgow: Neil Wilson Publishing. आइएसबिएन ९७८-१-८९७-७८४०४-४
- Wilson, Colin; Odell, Robin; Gaute, J. H. H. (1988). Jack the Ripper: Summing up and Verdict. London: Corgi Publishing. आइएसबिएन ९७८-०-५५२-१२८५८-२
- Woods, Paul; Baddeley, Gavin (2009). Saucy Jack: The Elusive Ripper. Hersham, Surrey: Ian Allan Publishing. आइएसबिएन ९७८-०-७११०-३४१०-५