"द्वारिकादेवी ठकुरानी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
२०१४ सालमा सिमराबाट काठमाडौँका लागि उडेको प्लेन दुर्घटनामा नेपाली काँग्रेस डडेल्धुराका युवा नेता नारायणीदत्त चटौत (एन.डी.प्रकाश चटौत)को दुःखद निधन भएको थियो । सोही कारण नेपाली काँग्रेसले २०१५ सालको आम निर्वाचनमा क्षेत्र नं. ६६ डडेल्धुराबाट द्वारिकादेवी ठकुरानीलाई उम्मेद्वार बनाएको थियो । २०१५ को आम निर्वाचनमा द्वारिकादेवीले पूर्वप्रधानमन्त्री डा. [[कुँवर इन्द्रजित सिंह|के.आई.सिंह]] नेतृत्वको [[संयुक्त प्रजातन्त्र पार्टी]] उम्मेद्वार लक्ष्मीदत्त भट्टलाई हराएर चुनाव जितेकी थिइन । द्वारिकादेवीसँग क्षेन नं. ६६ डडेल्धुराबाट चुनाव हार्ने अर्का वरिष्ठ राजनीतिज्ञ नेपाल प्रजा परिषद आचार्य गूटका पुष्करनाथ उप्रेती थिए । डडेल्धुरा हाँटगाउँ घर भएका पुष्करनाथ उप्रेतीको काठमाडौँ डिल्लीबजार बसाइ थियो ।
 
२०१५ को आम निर्वाचनमा विजय भएपछि द्वारिकादेवी २०१६ जेठ १३ गते प्रधानमन्त्री [[विश्वेश्वरप्रसाद कोइरालाकोकोइराला]]को सरकारमा उपमन्त्री र २०१६ असार १८ गते मन्त्रिमण्डल पुनर्गठन हुँदा स्वास्थ्य तथा स्थानीय स्वायत्त शासन सहायक मन्त्री बनेकी थिइन । वीपी कोइराला मन्त्रिमण्डलमा द्वारिकादेवी र उनका भाइ शिवराज पन्त सँगै मन्त्री बनेका थिए ।
 
२०१७ पुस १ गतेको कू मा पक्राउ परेकी द्वारिकादेवी पुस ८ गते छुटेर कलकत्ता पुगेकी थिइन । कलकत्तामा रहेका विघटित कोइराला सरकारका उपप्रधानमन्त्री सुवर्णशम्शेरलाई भेटेर द्वारिकादेवी नेपाली काँग्रेसले राजा महेन्द्रको सत्ताविरुद्ध चलाएको सशस्त्र संघर्षमा सामेल भएकी थिइन । आठ वर्ष प्रवासमा बिताएर आफमाफी पछि द्वारिकादेवी २०२५ सालमा नेपाल फर्केकी थिइन । जीवनको उत्तराद्र्धमा कैलालीको जुगेडामा बस्दैआएकी द्वारिकादेवीको २०५९ मंसिर २४ गते निधन भएको थियो ।